पहाडि समुदायले मनाईदै आएको दशैँ टिका मधेसका मधेसी समुदायले समेत मनाउन थालेका छन् । जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठ पर्व पहाडि समुदायमा समेत मनाउन थालियो त्यसरी नै तराई मधेसमा मधेसी समुदायले समेत टिका मनाउन थालेको हो ।
मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाईचारा वृद्धि हुनु प्रज्ञा प्रतिष्ठानका प्राज्ञा तथा भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेद्वि बताउँछन् । यस पहिचानलाई फराकिलो गर्दै टिका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ ।
नवमीको दुवै भुगोलमा आआफ्नै विशेषता छ । पहाडमा मनाउने दशैँ उत्सव र चाडपर्वको हिसाबले पहाडि समुदायले मनाउने गर्दछ भने, मधेसमा भिन्न खालको दशैँ मनाउने गरिन्छ । तराई मधेसमा निराहार ब्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ । नवरात्रिको नवदिन फराहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवति माताको पुजा गर्ने गर्दछ ।
मधेसमा मन्दिरमा ढोग्ने गरेको र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दशैँ टिका थाप्ने गरेको छ । दशैँ माता भवानी कै पुजा भएकाले तराई मधेसको अलग्गै यसको पहिचान रहेको उनको भनाई छ । टिकामा महाकालि, महालक्ष्मी र महासरस्वतिको पुजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको अध्यक्ष उमाशंकर द्विवेदिले बताए ।
आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गासप्तशती चण्डी पाठ गरि नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा र आराधाना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ। शान्ति र सद्भावको सन्देश बोकेर आउने दशैं पर्वले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ ।
कोरोना महामारीको दुईवर्ष पछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिन पाएकोमा असाध्यै खुशि देखिन्छ ।
गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)