वीरगञ्जमा पहिलो पहिलो पटक ‘युवा महिला उद्यमी’ सम्मेलन हुने भएको छ । नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको आयोजनामा कात्तिक ५ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो ।
सम्मेलन बिहान ११ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । होटल भिस्वामा हुने सम्मेलनको बारेमा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्मेलनमा वीरगञ्ज र आसपास क्षेत्रका ५ जना सफल महिला उद्यमीलाई सम्मान समेत गरिने आयोजकको भनाई छ । उद्यमी भईसकेका महिलालाई प्रोत्साहन गर्न र बन्न चाहानेलाई उत्प्रेरित गर्न सम्मेलनको आयोजना गर्न लागिएको नेपाली यूवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।
‘उद्यम गरिरहेका महिलाले केहि सिकुन, उनीहरुलाई थप उत्प्रेरणा भन्ने पहिलो उद्देश्य हो ।’ उनले भने ‘ साथै महिलालाई उद्यमी बन्न प्रोत्साहित गर्ने हो, सम्मेलनले एक जनालाई उद्यमी बन्नलाई प्रेरित गर्छ भनेपनि ठूलो उपलब्धी हो ।’ सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरुको बारेमा दक्ष अनुभवी व्यक्तित्वहरुबाट सिक्ने अवसर मिल्ने उनको दावी छ ।
सम्मेलन मार्फत युवा महिला उद्यमीले सामना गर्नुपर्ने समस्या तथा चुनौतीहरुको बारेमा चर्चा गर्नुको साथै ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने एनवाईइएफ वीरगञ्जको कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनिषा सुनुवार श्रेष्ठले बताईन् ।
सम्मेलनमा बुटिक, मेहन्दी, होम मेड फुड्स लगायत महिला उद्यमीले उत्पादन गरेका विविधि सामाग्रीको १० वटा स्टल राखिनेछ । बिक्रिका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको बस्तु वा सेवाको बारेमा जानकारी स्टलहरु मार्फत दिईने तयारी आयोजकले गरेको छ । सह आयोजक संस्था लेडीज सर्कल अफ नेपालको निर्वतमान अध्यक्ष रश्मी दासले सम्मेलनबाट संघर्ष गरेर सफल भएका महिला उद्यमीको अनुभवबाट सिक्ने अवसर मिल्ने बताईन् ।
‘ सफल उद्यमी महिलाको अनुभव आदान प्रदानले अरुलाई प्रेरणा मिल्छ, ५ जना नयाँ उद्यमीलाई पुरस्कृत गर्दा उनीहरुलाई हौसला मिल्नेछ ।’उनले भनिन् ‘ सँगसँगै उद्यम तथा व्यवसाय शुरु गर्न केके कुरा आवश्यक पर्छ, महिलाका लागि राज्यले दिएका सेवा सुविधाको बारेमा पनि चर्चा गर्नेछौं ।’
नेपाली महिला उद्यमी सम्मेलनमा १ सयभन्दा बढी सहभागिता रहने
नेपालमा नेपाली यूवा उद्यमी मञ्च गठन सन् २००३ मा तत्कालिन यूवा व्यवसायी सौरभ ज्योतिले शुरुवात गरेका हुन् । त्यसपछि सन २०१० मा वीरगञ्जका युवा व्यवसायी अरबिन्द्र आमात्यले नेपाली यूवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टर गठन गरेका थिए । बीचमा उद्यमी मञ्चको गतिविधि सुस्त थियो । गत वर्षदेखि वीरगञ्जका यूवा व्यवसायीले यसलाई पूर्नजीवन दिएर सक्रिय बनाएका छन् ।

गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)