कोरोनाको कारण २०७६ चैत ११ गतेबाट बन्द सीमा नाका डेडबर्ष पछि बल्ल खुलेको छ । सीमानाका बन्द हुँदा सीमा क्षेत्रमा रहेका होटल तथा पर्यटन व्यवसाय थला परिसकेका थिए । सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायका लागि सीमा पारीबाट आउने ग्राहक र पर्यटक नै आम्दानीका श्रोत हुन् । यो क्षेत्रका होटल तथा पर्यटन व्यवसायी ती ग्राहक र पर्यटक नआउँदा विलखबन्दमा थिए । त्यसैले अन्य व्यवसाय विस्तारै सबै संचालनमा आएपछि यो क्षेत्रका होटल व्यवसाय संचालन गर्न यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले नेपाल सरकारसँग पहल नै गरेर नाका खोल्न दवाव दिए । त्यस लगत्तै नेपाल सरकारले पनि नाका खोलिदियो । नाका खुलेपछि चाही यो क्षेत्रका होटल व्यवसायको अवस्था कस्तो छ ? भनी स्थानीय होटल संचालक तथा कर्मचारीहरुसँग लिएको प्रतिकृया :-
सिमानाका खुले पनि गाडीहरुको खासै आवतजावत नहुँदा होटल पनि चल्न सकेको छैन । हामी कहाँ गाडीमा नै चढेर ग्राहक आउने गर्दछन् । टाङ्गा, ई–रिक्सा चढेर कोही हाम्रो होटेलमा आउँदैनन् । सिमानाका नखुले यहाँ व्यवसाय नै हुन सक्दैन । तथापि अहिले सिमानाका खुले पनि खासै गाडीहरुको आवतजावत नहुँदा होटल व्यवसाय राम्रो चल्न सकेको छैन । भारतबाट गेस्टहरु नआउँदा होटलको कोठा नै भाडामा लाग्दैन । विगतकै लकडाउनदेखि हाम्रो होटल बन्द नै थियो । असार २० गतेदेखि सरकारले खोल्ने भने पछि खुलेको हो । अहिले होटल खुले पनि त्यति गेष्टहरु नआउँदा होटल व्यवसाय राम्रो छ । अहिले होटल संचालन गरिरहँदा पनि महिनाको करिब ३ लाखको घाटा छ । कोरोनाकालमा होटल बन्द गरेर पनि यहाँको कर्मचारीहरुलाई तलब दिएका छौं । बिजुली बिल पनि तिरेकै छौं । कर्मचारी हटाउन मिल्दै र भन्ने वितिकै मिल्न पनि सक्दैन ।
कोरोनाकालमा होटल नै बन्द थियो । अहिले खुले पनि पहिलेको अवस्थामा फर्केको छैन । खासै नचलेको कारण होटलमा फाइदा छैन । हाम्रो होटल भाडामा नभएकोले कर्मचारीको तलब, बिजुली बिल लगायतको खर्च अहिले होटल चलेर नै पुगिरहेको छ । अर्काे बैंकको ऋण छ । अहिले सिमानाका खुले पनि वडादशैं चाडपर्व रहेकोले पनि त्यति होटल चल्न सकेको छैन । तसर्थः बाहिर अर्थात भारतबाट आउने पर्यटक र विभिन्न पार्टी, शादी बिबाह जस्ता कार्यक्रमले नै होटल चल्ने गर्दछ । सिमानाका खुले पनि चाडपर्वको समय भएको हुनाले बाहिर पर्यटकको त्यति आगमन छैन । भर्खरै सिमानाका खुलेकोले पहिलेको तुलनाभन्दा हाम्रो होटल करिब २० प्रतिशत जति चल्न थालेको छ । हामी त बोर्डरको नजिकै छौं । त्यसैले विगत डेढ वर्षदेखि भारतीय गेस्ट आउन पाएका छैनन् । नेपालको अन्य ठाउँबाट घुमेर आउँदा पनि वीरगंज नाका भएर जाने प्रायः गेस्टहरु बस्ने, खाजासाजा, लन्च गर्ने गर्थे । तर अहिले भने त्यो भएको छैन । केही महिनापछि आवागमन बढ्ला जस्तो छ । अनि हेरौं त्यो बेलादेखि होटल व्यवसाय चल्छ कि ?
अहिले प्रायः सबै होटल व्यवसायी घाटामा नै छन् । हामी प्रतिदिन बढिमा २०÷२५ हजारको जति मात्र कारोवार गर्दै आएका छौं । हामी मात्रै होइन । मलाइ लाग्छ करिब ९० प्रतिशत होटल व्यवसायीहरुको पनि यही अवस्था छ । तर हामीलाई अहिले हजार÷पन्ध्र सयको पनि अतिरिक्त कारोवार गर्न गाह्रो छ ।
लकडाउनभन्दा पहिले लाइभ म्युजिक, अलकोहल लगायतको बिक्री राम्रो थियो । तर अहिले हामीलाई केही ल्याएर बिक्री वितरण गर्न पनि गाह्रो नै छ । विभिन्न कारणले सोची सम्झी काम गर्नु परिरहेको छ । कोरोना अवधिमा हामी करिब १ करोडभन्दा माथि नै घाटामा छौं । हाम्रो स्टाफ, बिजुली बति आदि खर्च जोड्दा मासिक ३/४ लाखभन्दा बढिको खर्च छ ।
अन्नपूर्ण होटल फूल एसी भएकोले बिजुली बतिकै बिल ८०/९० हजारभन्दा कम आउँदैन । पहिलेको तुलनामा होटल चल्न अहिले पनि २ वर्ष जति समय लाग्न सक्छ । कोरोनाको जोखिम अहिले पनि रहेकै छ । मान्छेमा डरत्रास भएकोले त्यति आवागमन छैन । चाडपर्वमा मानिसहरु आफ्नै घरमा माछामासु खान्छन् । छठ, दिपावलीमा त माछा मासु नै खाइदैन । डेढ÷दुई महिना त यतिकै घाटा हुन्छ । पहिला भारतीय पर्यटकहरु नेपाल घुुम्न आउँदा वीरगंजमा एक दिन बसेर नै जान्थे । काठमाडौंबाट वीरगंज आउँदा एक दिन बसेर घूमफिर गरेर नै जान्थे । अन्य विभिन्न पार्टी, फन्सन, कार्यक्रमहरु पनि हुन्थ्यो । तर कोरोनाको कारण सबै कुरामा ्ब्रेक लागेको छ । जसले कतिपय होटल व्यवसायी बर्बाद नै भइसकेका छन्
होटल व्यवसायीको अवस्था एकदमै दयनीय छ । खोल्न पनि यस्तो समयमा खोल्यो कि चाडपर्व नै परेको छ । आउने दिनमा कस्तो प्रभाव पर्छ भने भन्न सकिदैन । तर अहिले चाडपर्वको बेला भने होटलहरुको अवस्था दैनीय छ । कोरोनाको बेला त होटल बन्द नै थियो । अहिले खुले पनि चाडपर्वकै बेला छ ।
अहिले लोकल ग्राहकहरुको कारण रेष्टुरेन्ट चल्ने हो । बाहिरबाट ग्राहक नअउँदा रुम नलागेर खाली नै रहन्छ । कोरोनाकालभन्दा अगाडी त विभिन्न पार्टी, बिहेबारी, इङगेजमेन्टहरु हुँदा होटल चल्थ्यो । तर अहिले सबै बन्द भएकोले धेरै समस्या छ । आफ्नै भवन भएकोले भाडा नतिर्दा समेत अहिले चलेको होटलको आम्दनीले घाटा नै व्यहोर्नु परेको छ । चाडपर्वको समय सकिएपछि लगनको दिन आउँदा राम्रोसंग होटल चलेपछि ठिक हुन्छ ।
आफ्नो होटल भए पनि खर्च त आफैले दिनु पर्ने हुन्छ नि । कोरोनाको कारण कतिपय साना होटल व्यवसायी बर्बाद भईसकेको अवस्था छ । कतिपय स्टाफहरुको त रोजिरोटी नै गुमेको अवस्था छ ।
लकडाउनभन्दा पहिले र अहिलेको स्थितिमा धेरै फरक छ । २०१९ अफ्रिलमा दियालो लटस् वीरगंज होटल संचालनमा आयो । नेपाल टुरिज्म बोर्ड र नेपाल सरकारको तर्फबाट होटल व्यवसायीलाई धेरै सहुलियत गरिएको छ । यहाँ घरेलु अतिथिहरुलाई बढावा दिन धेरै प्रयत्न गरिएको देखिदैछ । तर केही दिन पहिले खुलेको सिमानाकाले भारतीय लगायत अन्य ठाउँबाट आउने अतिथिहरुको आगमन धेरै नै कम छ । जसकारण हाम्रोे होटल लगायत वीरगंजमा नै धेरै फरक परेको छ । १५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय फ्लाईट थालेपछि आन्तरिक र बाह्य पर्यटकमा बढावा हुने हुँदा वीरगंजका होटल व्यवासायच चल्न टेवा पुग्ने अपेक्षा गरिएको छ । वीरगंज, रक्सौल, मोतिहारी लगायतको ठाउँबाट सानो सानो पार्टी, शादी बिबाह, बर्थ डे भईरहँदा केही सहुलियत भइरहेको छ । अहिले सिमानाका खुल्दा यस्ता कार्यहरुबाट होटल चलाउन धेरै नै टेवा पुगेको छ । अगाडी जनवरी फेब्ररीको महिनामा ठूल्ठूला शादी बिबाह, इङगेजमेन्ट लगायतले हामीलाई फाइदा हुने अपेक्षा छ । अहिलेदेखि केही बुकिङ्ग आउन सुरु भइसकेको छ । हाम्रो लट्स ग्रुप भएको हुनाले वेबसाईट, अनलाइनको माध्यमबाट हाम्रोमा धेरैै गेस्ट भारतबाट आउन थाल्ने विश्वास छ । दोस्रो चरणको कोरोना कहरमा कुनै तलब नकाटिएको र बिजुलीको पुरै भुक्तानी पनि गरिएको छ । तर पहिलेदेखि जुन बिक्री वितरण थियो । त्यो अहिले छैन । अहिले लोकल पार्टी जस्तैः कसैको घरमा छोराछोरी हुँदाको पार्टी, बर्थ डे जस्ता कामले होटल चलिरहेको छ । हामीले कर्मचारी राखेर मार्केटिङ्ग पनि गराइरहेका छौं । हामीले गेस्टलाई सहुलियत हुने दरमा विभिन्न पार्टी गर्न सुविधा पनि दिएका छौं ।
कोरोनाकालमा सिमानाका बन्द हुँदा होटल व्यवसायीको तहसनहस अवस्था थियो । वीरगंजका होटल व्यवसायी भारतीय पर्यटकमा निर्भर रहने हुँदा त्यसतो अवस्था आएको थियो । लकडाउन खुलेपनि बोर्डर नखुल्दा स्थानीय तहदेखी केन्द्रसम्म बोर्डर खोल्ने बारे हामीले पटक पटक भनेका थियौं ।
बोर्डर खुलिसकेपछि यहाँका होटल तथा पर्यटन व्यवसाय पहिलाभन्दा अलि केही माथि आएको अवस्था छ । तर जति भारतीय पर्यटक आउनु पर्ने त्यती आईसकेको अवस्था छैन् । काराण हो दशै तिहार र भारतीय गाडीमा प्रशासनको केही कडाई । तर दशै, तिहार सकेपछि भारतीय पर्यटकको आवागमन भई फेरी होटल व्यवसाय फड्को मार्छ भन्ने विश्वास लिएका छांैं । किन भने धेरै होटलहरुमा दिपावली, छठको १०÷१५ दिनपछि होटलहरु बुक भईसकेको अवस्था छ ।
अहिले तत्कालन नजिक नजिकको पर्यटकहरु आएको अवस्था छ । विभिन्न संचारमाध्यमसहित नेपाल सरकारले पनि आफ्नो माध्यमबाट सिमानाका खुलिसकेको छ भन्ने बारे जानकारी पनि गराउन सहयोग गर्नु पर्छ । बिना कुनै बाधा अवरोध सजिलै भारतीय पर्यटकहरु र सावरी साधनहरु नेपाल प्रवेश गर्न सक्छ भन्ने म्यासेज मिडिया र सरकारले दियो भने केही दिनमै होटल व्यवसाय पहिलेको अवस्थामा चल्न थाल्छन् ।
कोरोनापछि होटल व्यवसायीहरुको अवस्था खासै ठिक छैन् । लकडाउन खुलेपनि सिमानाका बन्द नै थियो । अहिले सिमानाका खुले पनि होटल व्यवसायीलाई खासै उपलब्धि छैन् ।
तुलनात्मक रुपमा भन्नु पर्दा पनि पहिलेको भन्दा धेरै कमजोर नै अवस्था छ र तर पहिलेभन्दा अहिले केही राहत भएको छ ।
सन्तोषजनक नभएपनि अहिले अलि अलि ठिक छ । कोरोनाकालमा होटल व्यवसयालाई मात्र नभई सबै क्षेत्रमा प्रभाव परेको छ । अहिले वीरगंज बजार क्षेत्र बाहेकबाट कोही आउने अवस्था छैन् । विभिन्न अनजिओ, आईएनजिओको कार्यक्रम र भारतीय गेस्टहरुले होटल व्यवसाय चल्ने हो तर अहिले यिनीहरु आएको अवस्था छैन् ।
धेरै मान्छेले भ्याकसिन लगाई सकेकाले विस्तारै विस्तारै भारतीय गेस्ट लगायत लोकल मानिसहरुले बजार चलायमान भएपछि होटल व्यवसाय पनि पहिलेको जस्तो चल्छ भने विश्वास छ ।
सिमानाका खुलेपछि होटल व्यवासयीलाई अलि ठिकैठाक भएको थियो । दशैंमा भन्नुपर्दा होटलहरु ठिकै चलेका हुन् । तर विचमा परेको बेमौसमी पानीले गर्दा २/४ दिन फेरी लकडाउन नै भयो कि भन्ने जस्तो रहयो ।
पानीले गर्दा भारतबाट आउने गाडीहरु पनि ठप्प छ । ठाउँ ठाउँमा ठुबान खेतीबाली नष्ट र मान्छे समेत बेपता र मरेका छन् । त्यसले गर्दा फेरी केहीदिन थप प्रभाव परेको छ । तर अब दिपावली र छठपर्व आउँदै छ । यो बेला होटलहरु त्यति चल्न सक्दैनन् ।
नेपाल सरकारले सहुलियत दिन भनेको थियो तर अहिलेसम्म कहिकतैबाट पनि दिएको छैन् ।
कोरोना संक्रमण बल्ल घट्दै छ । सिमानाका पनि खुलेको छ । दशैं पनि सकियो । अब दिपावली र छठ पर्व सकेपछि होटल व्यवसाय पनि राम्रोसंग चल्छ भने आशा छ ।
पहिला त सुन्य अवस्था थियो । तर अहिले भने पहिलेको तुलनामा २५/३० प्रतिशत होटल चलिरहेको छ । अझै दिन प्रतिदिन क्रमिक सुधार हुँदै जान्छ । कोरोनाको संक्रमण अझै घट्दै जादा नेपाली र भारतीय मानिसहरुको आवागमन बढ्ने विश्वास छ ।
कोरोनाकालभन्दा पहिलेको दशैमा त काठमाडौं, पोखरा, नारायणघाट लगायत भारतको विभिन्न ठाउँहरुबाट पनि मानिसहरु आउने गर्थे । तर यो वर्ष कोरोनाको प्रभाव कायमै रहेकोले एकातिर बोर्डर बन्द, अर्काेतिर कोरोना । यी दुबैको कारण मान्छेहरु आउन सकेनन् । तर भोलीको दिनमा अलि सहज भयो भने सुधार हुँदै जाने विश्वास छ ।