वीरगंज महानगरपालिकामा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जसपा वीरगंज महानगर–११ ईकाइ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सोमवार सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दिलीप प्रधानको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एमालेका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी समाजिक अगुवा एवं कार्यकर्ताहरुलाई संघीय सांसद प्रदीप यादवले स्वागत तथा बधाई दिनुका साथै जमछा र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले आफ्नो क्षेत्रसहित जिल्लामा नै जसपाप्रति आम जनताको लहर बढ्दै गएको बताए । अब जसपालाई देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने सांसद यादवले दाबी गरे ।
सांसद यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु(स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।
जसपा वीरगंज महानगर वडा नं.११ का ईकाइ अध्यक्ष प्रशन महतो अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, वीरगंज महानगरपालिका वडा न. १३ का वडाध्यक्ष तुफान अंसारी, पर्सागढी नपाका वडा नं.५ का अध्यक्ष अस्लम आलम, क्षेत्र नं. १ का सांसद प्रतिनिधि घन्शयाम गुप्ता , समाजवादी युवा संघ पर्साका अध्यक्ष गौरव वर्मा, लगायतका कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।