बढ्दो आधुनिकीकरण र कोरोना महामारीसँगै माटोका दियो लगायतका सामग्रीको व्यापार सुस्ताएको छ । आधुनिकीकरण तथा कोरोना संक्रमणबाट बच्न लगाइएको लकडाउनसंगै स्थानीय कुम्हाल समुदायले बनाउने दियो लगायत माटोका सामग्रीको व्यापार सुस्ताएको हो ।
फूलबुट्टा सहितका विभिन्न किसिमका झालर बत्ती र रेडिमेट दियोका सामग्री बजारमा छ्यापछ्यापी भएपछि घरेलु निर्माणका माटोका दियो सहितका सामग्रीको व्यापार हुन छोडेको कुम्हाल समुदायका पुराना व्यापारी वीरगंज महानगरपालिका वडा नं. १६ का राजेन्द्र पण्डित कुम्हालले बताए । उनी माटोका सामग्री उत्पादन गर्न अहिले व्यस्त त छन् । तर विगतमा दिपावली तथा छठ पर्वको बेला जस्तो घरेलु माटोमा सामग्रीको व्यापार नहुने उनको तर्क छ ।
अहिले भारतको कोलकत्ताबाट माटोकै पनि फरक खालका फुलबुट्टे दियोहरु आयात भएकोले स्वदेशी उत्पादन र व्यापारी मारमा परेको उनको भनाइ छ । बढ्दो आधुनिकतासँगै रेडिमेट झालरबत्ती, कोरोना प्रभाव र विदेशी उत्पादन आयातले स्थानीय व्यापारी लोप हुने अवस्थामा पुगेको माटोका सामग्री व्यापार गर्ने व्यापारी कुम्हालले तर्क गरे ।
माटोका दियो लगायतका सबै सामान बिक्री वितरण गर्दा बर्षेनी घर परिवारको सम्पूर्ण खर्च व्यहोरेर बार्षिक ३÷४ लाखको आम्दनी गर्ने कुम्हालको तर्क छ । दिपावली र छठपर्वमा करिब २ महिनाको निरन्तर मेहनतले करिब डेढ लाख आम्दनी गर्ने गरेको कुम्हालले बताए । कलशा, ढकना, चमुख दियो, हात्ती, खपरी, दियो लगायतको माटोको भाडाको दिपावली तथा छठपर्वमा बढि मांग हुने गरेको छ । तर पछिल्ला बर्ष विभिन्न प्रकारका विधुतीय झिलीमिली बत्ती तथा माटोकै आकर्षक दियोहरु बजारमा भेटिदा यसले स्वदेशमा उत्पादित सामान ओझेलमा पर्दै जान थालेको उनको गुनासो छ ।
यता, पर्साको रानीगंज रहरिया घर भई हाल वीरगंजको रानीघाटमा माटोका सामग्रीको पसल संचालन गरी बसेका सुनिल प्रजापतिले पनि साढे ७ हजार प्रति टेलर ट्रयाक्टरमा गाउँबाट माटो किनेर ल्याई विभिन्न सामान बनाएर बिक्री गर्दा पनि खासै फाइदा नभएको बताए । केही सीप नभएर पूर्खाहरुले बर्षाैदेखि गर्दै आएका काम आम्दनी नभए पनि जिविकोपार्जनका लागि मात्र गर्दै आएको उनको तर्क छ ।
बाराको विश्रामपुर गाउँपालिका वडा नं. २ कान्तिपुर बरैनियाका ७२ वर्षीया चनरदेव पण्डित (कुम्हाल) ले विगत ४२ वर्ष देखि माटोका भडाकुडा बनाउदै आएका छन् । यो उनको सिजनल व्यवसाय हो । अन्य समयमा खासै बिक्री नहुने र राख्ने ठाउँको पनि अभाव भएकोले गर्दा अन्य समयमा भने उनले खेतीपातीमा समय विताउने गरेको उनको भनाइ छ । तर दशै सुरु भएलगतै भने माटोका भाडा बनाउने काममा लाग्छु उनले भने । नजिकैको बङ्गरी खोलाबाट एक हजार रुपैया तिरेर ल्याएको एक टेलर माटोले वर्षदिन पुग्ने कुम्हालले बताए । पहिलाभन्दा अहिले मूल्य बढे पनि अनुपातमा समग्र आम्दानी बढ्नु पर्नेमा त्यो हुन नसकेको उनको भनाइ छ । सरकारले संरक्षण नगरेको र यूवा पुस्ताको पनि यसतर्फ आकषर्ण नभएकोले अब घर बसेर गर्ने यो पेशालाई निन्तरता दिने गाह्रो हुने उनको तर्क छ ।
इटियाहीका शम्भु पडित ( कुम्हाल ) पनि सिजनको समयमा भाँडा बनाउँछन् । तर उनी एक राजमिस्त्री पनि हुन् । पुस्तेनी पेशा भएकोले पनि यसलाई निरन्तता दिएको उनले पनि बताए । एक ट्याकट्र माटो बराबरा चार हजार तिरेर एक लाखसम्मको आम्दानी हुने उनको तर्क छ । ठूला ठूला माटाका भाडा बनाउने समय नभएकाले गर्दा माटाका साना भाडाहरु बनाउँदै समय कट्ने उनले पनि बताए ।
पर्साको पोखरिया नगरपालिका वडा नं.७ रानीगंजकै दिनेश पण्डित प्रजापतिले विगत १५ वर्षदेखि माटोकै भाडाकुडा बनाउदै बिक्री गर्दै आएका छन् । दिपावली र छठपर्वको बेला बिक्री अलि राम्रो हुने भए पनि अन्य समयमा भने खासै सामान बिक्री नहुने उनको तर्क छ । पुर्खौदेखि माटोको दियो, घइँटो तथा छठ पर्वको बेला चाहिने माटोको हात्ती बनाउने कार्य गर्दै आएका कुम्हाल समुदायका व्यक्तिहरु अहिले माटोको भाँडो विक्री गर्न तयारी अवस्थामा छन् । तर उनीहरुले उत्पादन गरेको माटोको दियोभन्दा भारतबाट आयातित माटोको दियो, घइटो तथा हात्तीको व्यापार बढि भइरहेको स्थानीय व्यापारीहरुले बताए ।
भारतबाट आयातित दियोमा विभिन्न प्रकारका आकर्षित फुलबुट्टाहरु बनाएको हुनाले सर्वसाधारणहरु साधारण दियोभन्दा फुलबुट्टासहितको दियोप्रति आकर्षित हुँदै गएको स्वदेशी दियो उत्पादनकर्ताको भनाइ छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्र सुर्जाहाका अधिकांश कुम्हाल समुदायका व्यक्तिहरु यो सिजनमा माटोको भाँडो बनाएर वीरगन्ज बजारमा विक्री गर्न आइपुग्थे । तर यो बर्ष उनीहरुमा विगतका बर्षहरुमा जति जाँगर देखिदैन स्थानीयले भने ।
माटोको विक्री गर्ने व्यापारीहरु नेपाली भए पनि अधिकांश व्यापारीहरु भारतमा उत्पादित दियो विक्री गरिरहेका छन् । कतिपयले आफैले उत्पादन गरेको माटोको भाँडाकुँडा विक्री गरिरहेका छन् भने कतिपयले भारतको कोलकत्ताबाट फुलबुट्टे सहितको आयातित माटोको भाँडाकुँडा महँगोमा खरिद गरी विक्री गर्न थालेका छन् । यसले पनि स्वदेशीभन्दा विदेशी उत्पादनका माटाका भाँडाकुँडा पनि महंगो मूल्यमा विक्री भइरहेता पनि सर्वसाधारणको आकर्षण भने विदेशी उत्पादनतर्फ नै देखिन्छ ।
स्वदेशमा उत्पादित माटोको दियो रु ८० देखि ९० रुपैयामा १०० पीस विक्री भइरहेको छ भने विदेशी उत्पादिन दियो प्रति रु १० रुपैयामा विक्री भइरहेको छ । तै पनि सर्वसाधारणको आकर्षण विदेशी उत्पादन तर्फ नै छ । जसले गर्दा स्वेदशी उत्पादनकर्ताहरु मर्कामा पर्ने गरेका छन् । कतिपयले कुम्हाल समुदायका व्यक्तिहरुले आफूले उत्पादन गरेर विक्री गर्नुभन्दा भारतबाट किनेर ल्याएर विक्री गर्दा फाइदा हुने गरेको बताउँन थालेका छन् ।
आफूले उत्पादन गरेर प्रति दियो रु १ मा पनि विक्री गर्न गाह्रो छ । तर विदेशी उत्पादित दियो किनेर भन्सार तिरेर पनि प्रति दियो रु ३ रुपैयाँ थपेर विक्री गर्दा मज्जाले विक्री हुने गरेको कारण उनीहरु उत्पादन भन्दा पनि आयात गरेर विक्री गर्न रुचाउने गरेको स्थानीय कुम्हाल जातीका व्यापारीले बताए । माटोको भाँडो विगतमा आयात गर्दा भन्सार शुल्क नलागेता पनि केही वर्षयतादेखि भन्सार पनि तिर्नु परिरहेको उनीहरुको भनाई छ । यता २ लाख बराबरको दियो आयात गर्दा १० देखि १३ हजारसम्म भन्सार शुल्क तिर्ने गरेको उनीहरु बताउँछन् । भारतबाट आयातित माटोको दियो जस्तो नेपालमा उत्पादन गर्न नसक्ने भएको हुनाले उनीहरुले भारतबाट आयात गरेर नेपालमा विक्री गर्दै आएको दावी गरे ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)