वीरगंज । दलित समुदायको घर निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयद्धारा संचालित जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको घरको भुक्तानी रोक्न कर्मचारीहरु फाईल नै हराएको जवाफ फर्काएपछि आक्रोशित ठेक्केदारहरुले कर्मचारीलाई गोलि मार्ने सम्मको धम्की दिएका छन् ।
जनता आवाश कार्यक्रम अन्तर्गत रौतहटमा निर्माण भई घरको पाउँनु पर्ने भुक्तानी सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजले नदिदाँ काम गराएका ठेकेदारहरु मारमा परेका छन् । गतवर्षको जेठ महिना मै निर्माण भईसकेको घरको भुक्तानी माग्दा बजेट नै नरहेको भन्दै सघन सहरी विकासको कार्यालय वीरगंजले असार/साउन महिनासम्म बजेट नै नआएको बताउँदै आएका थिए ।
भदौंको अन्तिममा बजेट आएको बताए पनि अहिले भुक्तानी दिनेबेलामा फाईल नै हराएको कर्मचारीहरुले ठेक्केदारहरुलाई बताएका थिए । भुक्तानी नदिन विभिन्न बाहाना बनाउँदै भुक्तानी रोकेको रौतहट गढीमाई नगरपालिका–४ का महेश कुमार साहले बताए । कर्मचारीहरुले भदौंमा बजेट आएको बताए पनि कार्यालयलाई खाता नै खोल्न एक महिनासम्म लागेको बताएका थिए । दशैमा हामीले पैसा भुक्तानी पाउनु पर्ने आशा गरेपनि कर्मचारीहरुले विभिन्न बाहानामा भुक्तानी दिन १३/१४ दिनदेखी दौडधुप गराई रहेको प्रतिक्रिया दिएका छन् । चालु वर्षमा कार्यालय भुक्तानी गर्ने भनेकोमा हामीले काम गरेको सम्पूर्ण प्रकृया पुरा गरी कार्यालयमा फाईल बुझाउँदा भुक्तानी पाउनु पर्ने बेला फाईल नै गायब भएको कर्मचारीहरु बताउँदै आएको छ ।
ईन्जिनियर साईडमा गएर सबै हेरेर आवश्यक कागजात प्रकृया पुरा गरिसकेको भए पनि अब भुक्तानी पाउँनु पर्ने बेलामा कार्यालयले फाईल हराएको बाहानमा करोडौं रुपैया भुक्तानी रोकेकोे उनको आरोप छ । जनता आवाश कार्यक्रम अन्तर्गत करिब २५/३० करोडको लागतमा घर निर्माण भईसकेको छ । तर मन्त्रालयले भने करिब १४ करोड पठाएको उनले बताए । घर फाईनल भईसकेपनि पुरै भुक्तानी दिन नपुग्ने बताउँदै दोस्रो किस्तामा बाँकीको भुक्तानी दिने कार्यलयले जनाएको उनले बताए । लगातर १४ दिनसम्म दौडधुप गर्दागर्दै अहिले भुक्तानी दिनुपर्ने बेलामा कार्यलयमा फाईल नै नरहेको कर्मचारीहरु बताई एकअर्कालाई आरोप प्रंत्यारोप लगाईरहेका छन् ।
हामी सबै पिडित जनकपुर गएर मन्त्रालयल समेत घेराउ गर्दै आएका छौं । त्यसकारण मन्त्रालयलयले समेत प्रमख र लेखापाललाई बोलाएर भुक्तानी गर्न आदेश दिईसकेको पिडितहरुको भनाई छ । लेखापालले पहिलाको प्रमुख ल्याएर भुक्तानी गराई कमिशन खाने र वर्तमान निमित प्रमुखले आफ्नो लेखापाल ल्याएर भुक्तानी गराई कमिशन असुल्ने चलखेलले फाईल नै हराएको साहले आरोप लगाए । भुक्तानी बेला यहाँका कर्मचारीहरुले कमिशन खाने चक्करमा कर्मचारीहरुबिच नै कुरा नमिल्दा फाईल हराएको झुठो बाहाना गरेको उनले आरोप लगाएका छन् । फाईल हराएको बाहाना बनाउँदै कर्मचारीहरु कमिशनको लागि एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् ।
यस्तै, रौतहट निवासी दलित विकास महसंघको महासचिव धर्मेन्द्र पासवानले आईतबार (हिजो) हामी मन्त्रालायलमा जाँदा अर्थमन्त्री, अर्थ सचिव, वीरगंज कार्यालयका निमित कार्यालय प्रमुख (डि) र लेखापाल सबैलाई मन्त्रालयले भुक्तानी गर्न भनिसकेपनि सोमबार वीरगंजको कार्यालयमा आउँदा फाईल नै हराएको भन्दै कर्मचारीहरु दुःख दिईरहेको गुनासो गरे । जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा करिब १२ सय घर निर्माण भएको छ । भुक्तानी नपाएर केहीको घरमा जस्ता नलागेको हो तर अरु कार्य भने सबै सम्पन्न भईसकेको पासवानले बताए ।
समिति मार्फत काम गरेका किरब ४०/४५ जनाले पाउँनु पर्ने करोडौं रुपैया भुक्तानी पाएका छैनन् । पहिलाको डि सरुवा हुँदा यस कार्यालयको लेखापालले पहिलाकै डि आएपछि मात्रै काम गर्ने कारण भुक्तानी रोकिएको बताएको पासवानले बताए । । हामीले सुने अनुसार पहिलाको डि साहेब कामठमाडौंमा बसेका छन् र अहिले रोकेर राख्नुस् उनी आएपछि मात्रै भुत्तानी हुन्छ भने कुरा सुेनेका छौं । त्यही सिलसिलामा कर्मचारीले फाईल हराएको बाहाना बनाएको उनको आरोप छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवले मेरो सरुवा गराउँन त्यहाँको डि लागेको र त्यो डि लाई कारबाही गर्न म लागेछु र म सरुवा गराएर आएपछि भुक्तानी गर्ने बताएको पासवालले प्रतिक्रिया दिएका छन् ।
दशैमा भुक्तानी नै नपाएपछि दिपावली र छठ पर्वको बेला काम गरेका कामदारहरुले गरेको गालीका कारण हामी घरपरिवार छोडेर बाहिर बसिरहेको महेश कुमार साहले बताए । उनले भने, ‘काम गरेका कामदारहरुलाई घरपरिवारको लत्ताकपडा लगायतको सामान खरिद गर्नुछ, हामीसंग पैसा माग्दैछन् तर हामीले भएजतिको लगानी गरिदिदा भुक्तानी नपाएर बर्बाद नै हुने अवस्था आएको छ ।’’ आवेशमा आएर निमित प्रमुखले राखेको कार्यलय सहयोगीले नै फाईल गायब गरेको भन्दै प्रमुखकै कार्यालयमा उनका सहयोगीलाई साहले फाईल नभेटे गोली हान्ने धम्की समेत दिएका छन् ।
यता सहरी विकास तथा भवन कार्यालय वीरगंजका निमित कार्यालय प्रमुख रुद्र नारायण दासले गत वर्ष भएको जनता आवाश अन्तर्गत काममा तत्कालिन कार्यालय प्रमुख राजेन्द्र साहले उधारोमा काम समपन्न गराएको बताउँदै हामी पं्राविधिकहरु रौटहटको घरघरमा पुगेर सबै बिल बनाएका थियौँ । पहिला करारमा काम गरिसकेका बिरेन्द्र साहलाई प्राविधिक सहयोगीको रुपमा राखेर सबै काम गराएको प्रमुख दास बताउँछन् ।
नाममात्रैको सहयोगी राखेर स्वयम कार्यालय प्रमुख दासले नै रौतहटमा भएको कामको आवश्यक कागजात पुरा गरि भुक्तानी दिनुपर्ने मात्रै बाँकी रहदा उक्त फाईल आफ्ना सहयोगी बिरेन्द्र साहलाई दिएको बताउँछन् । भुक्तानीको सबै प्रकृया पुरा गरेर हस्ताक्षर पनि गरी प्रमुख दासले आफ्ना सहयोगी बिरेन्द्र साहलाई फाईल दिएको र बिरेन्द्र साहले लेखापाललाई फाईल दिएको बताउँदै आएको प्रमुख दास बताउँछन् । तर यता, कार्यालयका लेखापाल राजेश्वर प्रसाद कुशवाहाले प्राविधिक कर्मचारी बिरेन्द्र साहले मलाई फाईल ल्याएर दिदाँ त्यसमा सबै प्रकृया नपुगेर हस्ताक्षर बाँकी रहेकाले मैले फाईलको काम पुरा गरेर ल्याउन फाईल उनलाई नै दिएको दाबि गर्छन् । फाईल दिईसकेपछि मलाई अर्जेन्ट काम परेर म कार्यालयबाट घर गएको बताउँदै भोली आउँदा फाईल नै हराएको सुनिएको प्रतिक्रिया दिए ।
प्रमुख कै कार्यालयमा आवेशमा आई महेश कुमार साहले बिरन्द्र साहलाई गोली मार्ने धम्कीको विषय बारे कार्यालय प्रमुखसंग सोध्दा काम गरेपछि भुक्तानी नपाएर आवेशमा आई त्यसो भनिएको बताउँदै यो सामान्य कुरो रहेको बताए । तर उनले आफू फाईल खोजतलास गरिरहेका बताउँदै फाईल कहाँबाट के भयो भन्ने बारे आफूलाई थाहा नभएको प्रमुख दासको भनाई छ ।
निमित प्रमुख दास र लेखापाल कुशवाहाले करिब ६/७ करोड भुक्तानी दिनुपर्ने बाँकी रहेको बताउँछन् भने समितिले करिब १३/१४ करोडसम्म बाँकी रहेको बताउँदै आएको छ ।