दशैंको धुमधाम सिद्धिए पछि दीपावलीको रमझम सुरु हुन्छ । पहाडको गा“उ ठा“उमा सर सफाइ तथा र·–रोगन दशैंभन्दा पहिल नै भइ सकेको हुन्छ भने तराइका गा“उहरुमा सो कामहरु दशैं पछि र तिहार भन्दा पहिले मात्र हुन्छ । तराइका गा“उहरुमा पक्की घरहरुमा र· रोगनको,सर सफाइको काम सुरु हुन्छ भने कच्ची घरहरुको लीपाइ पोताइ तथा वरिपरिका घा“स–पात, झाड़–खरको सफाइको काम सुरु हुन्छ ।
धेरै बर्षात हुने नक्षत्रहरु हालैमा सिद्धिएको तथा पर्याप्त वर्षात भएको हुनाले बर्षातको कारणले बिग्रिए, भत्किएका फुसका पर्खाल(टाटी) मा माटोले लीप्ने पोत्ने काम आवश्यक भएको हुन्छ । फुसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ । मटखोनाबाट माटो ओसार्ने काममा गा“उघरका आईमाई, युवती तथा किशोरीहरुलाइ भ्याइ न भ्याइ भइ रहेको हुन्छ । माटो ओसारेर त्यसमा पराल वा गहुंको भुस मिसाइ पानी हालेर कादो तयार हुन्छ र त्यहि कादोले फुसको पर्खाल(टाटी) लीप्ने (मसिनल) काम हुन्छ । त्यो लेवार सुके पछि गोबर र माटोको महिन हिलो बनाएर छेवछल (९उबिकतभच० गर्ने काम हुन्छ । त्यस पछि पहेलो माटोको घोल बनाएर पोत्ने काम हुन्छ । यस प्रकारले पुरानो घर पनि नयां जस्तो भएर आउछ ।
कार्तिक महिनाको कृष्ण पक्षको तेरस तिथी देखि यमपञ्चक सुरु हुन्छ । तेरसको दिनलाइ ‘धनतेरस’ भन्दछन र यस दिन सुन, चा“दी, पित्तल, ताम्बा, स्टील वा अल्युमुनियम जस्ता गच्छे अनुसारको धातुको भा“डो वा गर गहना घरमा भिœयाउंदा शुभ हुन्छ भने जनविश्वास रहेको छ । चतुर्दशी तिथीलाइ नरक चतुर्दशी वा जमदियरी भन्दछन । यस दिन रात्रिको समयमा खान–पिन पछि एउटा सि·ो दियो बालेर गोबरको मानमाथि(गोबर थुपार्ने राश) अक्षता फूल तथा सिक्काका साथ राखिन्छ । भोलीपल्ट बिहानै कसैले न देख्ने गरि त्यो सिक्का टिपेर खल्तीमा राखि जुवा खेल्न गएमा हारिदैन भने अन्ध बिश्वास रहेको छ ।
तेश्रो दिन लक्ष्मी पुजा हुन्छ । सांझपख घर घरमा पाकेको माटाको दियरी घरको कुना काप्चा तथा कौसीमाथि लहरै बालिन्छ । गच्छे अनुसारका विभिन्न किसिमका पटाका, छुडछुडी, बम तथा राकेट उडाएर मनोरञ्जन हुन्छ । गृहस्थको घर घरमा दाल भात दही तथा विभिन्न किसिमका तरुवा, पकौडी, पापड, अ“चार जस्तो परिकार तयार हुन्छ जसलाइ सबै भन्दा पहिले गाई–गोरुलाइ ख्वाएर मात्र घरका मानिसहरुले खान्छन । गृहस्थहरुको हली आएर गाइ गोरुका सिङगमा तेल लगाइ दिन्छ । यसै बेला कुनै गोठबाट भोजपुरी गीतको आवाज आउंछ–भइया रे...! केकर खोनावल हउंअे सागर पोखरवा , केकर बन्हावल हउंअे आ“ट रे..बाजन बोल..। गीतको कडी सुनि सके पछि अर्को गोठबाट जवाफ आउंछ– भइया रे..! आरे भाइ...! राजाके खोनावल हउंअे सागर पोखरवा , रानी के बन्हावल हउंअे आ“ट रे.. बाजन बोल । यस प्रकारले घण्टौं प्रश्न उत्तर चलिरहन्छ । अन्त्यमा हली, हलीका छोरा, नातीहरु गृहस्थकै घरमा साथैमा खाना खान्छन र घरमा रहेका आइमाइहरुका लागि खाना घर लग्दछन । हलीले ल्याएको तेलको भा“डोबाट गृहस्थको कपालमा तेल लगाउन अनिवार्य हुन्छ किनकि त्यसो गर्दा शुभ हुन्छ । यसलाइ सिङग माथको तेल भन्दछन ।
रात्रि प्रहर वा शुभ साइतमा लक्ष्मी माताको श्रद्धा र बिश्वासका साथ पुजा अराधना हुन्छ । भगवती महालक्ष्मी चल–अचल,दृश्य–अदृश्य सबै सम्पत्तिहरु, ऋद्धि–सिद्धिहरु तथा निधिहरुको अधिष्ठात्री साक्षात नारायणी हुन । भगवान श्रीगणेश सिद्धि–बुद्धिका तथा शुभ–लाभका स्वामी तथा सबै अम·ल र बिघ्नहरुका नाशक हुन । श्रीगणेश सत–बुद्धि प्रदान गर्ने देउता हुन । अतः महालक्ष्मीका साथै गणेशको पूजनले कल्याण, म·ल, समृद्धि तथा आनन्द प्राप्त हुन्छ । महालक्ष्मी तथा श्रीगणेशको पूजनका साथै श्रीदेहलीविनायक,मसिपात्र,लेखनी,सरस्वती,कुबेर, ढक–तराजू, तथा दीपमालाको पनि विधिवत पूजन गर्ने परम्परा रहेको छ ।
तराइमा रहेको बिश्वास अनुसार माता लक्ष्मीको यस प्रकारले पुजा अराधना गर्दा लक्ष्मीजीका साथै उनकी बहिनी ‘दरिद्रा’ पनि आइ पुग्दछिन । लक्ष्मी पुजाको रात भरि दुइटै दिदी बहिनीलाइ घरमै बास गराएर रात्रिको तेश्रो प्रहरमा दरिद्रालाइ घरबाट धपाइन्छ । यस कामको लागि घरमुली आईमाई (गृहस्थीन) नाङलोलाइ उल्टो पारेर हसियाले ठोकि ठटाएर– इशर रहस , दलिदर भागस... इशर रहस , दलिदर भागस... इशर रहस , दलिदर भागस...!–भन्दा भन्दै र ना·लो ठटाउंदै घरको कुना काप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मानमा हसिया गाड़पछि दरिद्राको प्रभावबाट मुक्ति पाइन्छ भने जन बिश्वास छ ।
चौथो दिन गोवर्धन पुजा हुन्छ । घरको द्वारमा घर मूलीले, घरमा रहेको गाइ–गोरु, बे¥ही–भखारी, सिलौटो–जातो, आदिको प्रतिकको रुपमा गाइको गोबरले आकृति बनाउछिन, सिन्दुर अक्षताले पुजा गर्छिन् । त्यहि दिन केहि मानिसहरुले भैंसीको डाढ खेलाउन्छन् । सु·ुरको पुजा गर्ने बेलामा भोजपुरीको लग्न सुरु हुन्छ–सगुनी से सगुनी सगुनी सऽऽरा ..हिने, .. सगुनिया भल पावल, लगनिया अगुताइल हे...। ताहि सगुनी चलेलन ब्रह्म बाबा... बिहसत पइसिने आवास.. सगुनिया भल पावल ... , लगनिया अगुताइल हो...। चौथो दिन बिहानै गोधन कुट्ने काम हुन्छ । गा“उ भरिको गोबरको आकृतिलाइ उखेलेर एक ठा“उमा ल्याएर हलोले कुटिन्छ । नानाथरि गीत गाउंदछन, भाइलाइ, दाइलाइ सराप्दछन , जिभ्रोमा का“ढा रोप्द छन र पुनः आशिर्वाद दिन्छन् । पा“चौं दिन बजडी ख्वाएर भाइ टीका र यम पञ्चक समाप्त हुन्छ ।
यस पाली को दीपावलीलाइ स्वागत गर्दै हामीहरु माता लक्ष्मीलाइ प्रसन्न पारौं –
त्वं ज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः ।
सर्वेषां ज्योतिषां ज्योतिर्र्दीपावल्यै नमो नमः ।।