जनता आवास कार्यक्रम अन्तर्गत गतवर्ष निर्माण भएको घरको दिनुपर्ने करोडौं रुपैयाँको भुक्तानी कमिशनका लागि रोकिएको खुलेको छ ।
दलित समुदायको घर निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यक्रमद्वारा संचालित जनता आवास कार्यक्रम अन्तर्गत रौटहटमा निर्माण भएको घरको दिनुपर्ने करिब ७ करोड बढीको भुक्तानी कमिशनको लागि सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजका कर्मचारीहरुले रोक्का गरेको खुलेको हो । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको घरको सबै कागजात प्राविधिकहरुले तयार नगरि कार्यालय प्रमुख रुद्र नारायण दासले आफै तयार गरेको लेखापाल राजेश्वर प्रसाद कुशवाहा बताउँछन् ।
एउटै व्यक्तिले तिन ठाउँमा हस्ताक्षर गरेको बिलमा नितीगत समस्या हुँदा आफूले टिप्पणी आदेश उठाउँदा प्रमुखले हस्ताक्षर नगरेको लेखापाल कुशवाहाको दाबी छ । कामको चेक गर्ने, बिल बनाउने र प्रमाणित गर्ने तिनवटै ठाउँमा कार्यालय प्रमुखकै हस्ताक्षर रहेकाले भुक्तानी गर्ने कि नगर्ने भने स्पष्ट निर्देशनको लागि कार्यालय प्रमुखसंग टिप्पणी पेश गर्दा प्रमुखले नै टिप्पणी स्विकृत नगरेर भुक्तानी रोकिन गएको लेखापाल कुशवाहाले दाबी गरे ।
यता कार्यालय प्रमुख रुद्र नारायण दासले लेखापाल कुशवाहालाले उक्त भुक्तानी नियम संगत गर्न नसकिने टिप्पणी पेश गरेकाले मैले हस्ताक्षर नगरेको आरोप लगाउँछन् । अख्तियारी मैले गरेर पठाएपनी लेखापालले नगरेकाले भुक्तानी हुन नसकेको प्रमुख दासले बताए ।
प्रमुख दासले आफूले सबै कागजातमा हस्ताक्षर गरिसके पनि पहिलाको प्रमुख (डि) राजेन्द्र साह आएपछि मात्रै भुक्तानी गर्छु भनेर लेखापाल कुशवाहाले रोकेर राखेको वर्तमान कार्यालय प्रमुखको आरोप छ । लेखापालले मलाई तपाई मेरो कार्यालय प्रमुख नै होईन, पहिलाको प्रमुख आउनेवाला हुनुहुन्छ भनेर कुरा नियम संगत मिल्ने काम नगरेपछि आफूले मन्त्रालयसहित सबन्धीत निकायमा कारबाहीको लागि निवेदन दिएको कार्यालय प्रमुख दासले बताए । केही दिनमै अर्काे लेखापाल आएपछि चाँडै भुक्तानी हुने समेत प्रमुख दासको भनाई छ । यता लेखापाल कुशवाहाले प्रमुख दासले अर्काे लेखापाल ल्याएर भुक्तानी गराउने पक्षमा रहेको बताउँछन् ।
एकले नियमसंगत भएको र अर्काेले नियम विपरित भएको बाहानामा भुक्तानी रोक्दा काम गरेका ठेक्कदारहरु दशैँ, दिपावली तथा छठ जस्तो पर्वको बेलामा समेत मारमा परेका छन् ।
दशैमा भुक्तानी नपाएपछि दिपावली र छठको बेला पाईन्छ भन्ने आशामा रौटहटका करिब ४० भन्दा बढी समतिका व्यक्तिहरु जनकपुरस्थित मन्त्रालय र वीरगंजको कार्यालयमा दौडधुप गर्दै आएका छन् । घर निर्माणमा काम गरेका कमादारहरुको ज्याला बाँकी रहेकाले चाडबाडमा घरमा आएर गाली दिने गरेको कारणले आफूहरु लुकेर बसेको रौतहटको गढीमाई नगरपालिका–४ का ठेकेदार महेश कुमार साहले दुःखेसो पोखे ।
काम भएको ठाउँमा इन्जिनियर गएर सबै हेरेर आवश्यक कागजात पुरा गरिसकेको भएपनि भुक्तानी पाउनु पर्ने बेलामा कर्मचारीहरु एक अर्कालाई आरोप प्रत्यारो लगाई भुक्तानी रोकेको रौतहट निवासी दलित विकास महासंघको महासचिव धर्मेन्द्र पासवानको पनी आरोप छ । मन्त्रालयले समेत लेखापाल र प्रमुखलाई बोलाएर भुक्तानी गर्न आदेश दिईसकेपनि प्रमुख र लेखापालले नै भुक्तानी रोकेको देखिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)