तराईवासिको महान पर्व छठको तयारी धुमधामका साथमा अहिले भईरहेको छ । वीरगंजको घडिअर्वा पोखरीमा निकै धुमधामका साथ मनाउने यसपर्वका लागि सजावटको काम ८० प्रतिशत सम्म भईसकेको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष घडीअर्वा पोखरी सजावटका लागि मात्रै १६ लाख रुपैयाँको लागतमा पंडाल तथा झिलिमिलि बतिहरु जडान भईरहेको छ । निकै धुमधुमधामका साथ मनाउने वीरगंजको छठले निकै महत्व लिने गर्दछन् वीरगंजको घडिअर्वा पोखरीको सजावटकै लागि मात्रै बंगाल, कोलकता, मोतिहारी र बेतिया लगायतका कारिगरहरुले काम गरिरहेका छन् ।
निकै उत्साहले मनाउने छठपर्व पहिला तराईवासीमा मात्र सीमित थिए तर अहिले राजधानी काठमाडौँको रानि पोखरी, पहाडी क्षेत्र र अन्यत्र ठाउँमा पनि लोकप्रिय हुदै गएको छ । छठपर्वकै लागि नदी, तलाउ, पोखरीहरु सजाउने कार्य अन्तिम क्रममा रहेको छ । प्रतिस्पर्धात्मक रुपमा वीरगंजको घडिअर्वा, मुर्ली, रानीघाट, स्वीमिङपुल, छपकैया, नगवा आदिमा बासँ, पंडाल लगायतका सजावटको काम भईरहेको छ । लाखौँ खर्च गरेर आधुनिक तथा विधुतिय बतिका साथ सजाईएको एउटा छठघाटमा लाखौँ खर्च गरिएको छ ।
छठपर्वको प्रमुख स्थल घडिअर्वा पोखरी परिसरमा पुजामा यसवर्ष मात्रै २ लाखबढी श्रद्धालुहरु आउने लक्ष्यका साथ पुजा समितिले पानि, एम्बुलेन्स, दमकल, सिसि टिभि क्यामरा लगायतको व्यवस्थापन मिलाएको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ । वीरगंजको यस पोखरिमा मात्रै ५ देखि ७ हजार सम्म ब्रतालुको दउरा आउने गर्दछन् उनिहरुका आफन्त, घर परिवार र छिमेकी भारतका मोतिहारी, बेतिया, दरभंगा लगायत चितवन, मकवानपुर, धनुषा, रौतहट, बारा लगायतका जिल्लाबाट आउने दर्शनार्थिहरुको ध्यानमा राखेर समेत तयारी भईरहेको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए ।
दुईवर्ष कोरोनाले प्रभाव भएकाले डरले मनाउन नपाएको छठपर्व यसवर्ष हर्षित भएर मनाउन पाएकोमा अत्याधिक खुशी मिलेको स्थानीय प्रसान्त साहले बताए । कोरोना महामारीलाई ध्यानमा राखेर छठपर्व मनाउन उनको सुझाव छ । यसवर्ष दशैँ तिहार र छठले पनी खुशहालि ल्याएको अर्का स्थानीय राजन श्रीवास्तव बताउँछन् । संस्कृतिलाई ध्यानमा राख्दै पर्व मनाउने युवाहरु लगेकाले समेत यस पर्वमा अझै बढि सु सजित हुन गएको उनको भनाई छ ।
सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वास अनुरुप परस्पर आत्मीयता र सदभावको प्रतिकका रुपमा यो पर्व मनाईने गरिन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यसपर्वमा धनी, गरिब, उचँनिचको भेदभावलाई छोडेर सबै वर्ग समुदाय एउटै सांस्कृतिक पुष्ठभुमिमा पुजाअर्चनाका लागि उभिने गर्छन जो समान्य र परस्पर सदभावले उन्मुख हुने प्रेरणात्मक सङकेत हो । छठपर्व तराईसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।
छठपर्वको पहिलो दिन व्रतालु उपासकहरुले नहाए खाए अर्थात नुहाएर खाने विधिपुरा गरी छठपर्वको शुभारम्भ गर्ने गर्दछन् । छठपर्वको दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति चामल, दुध र सख्खर (चिनी) मिसाएको खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई बिना नुनको खानेकुरा खान्छन् । त्यस्तै यसपर्वको तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफनो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याऊ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।
त्यसदिन रातभरि नदी, तलाऊ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई सम्पुर्ण पकवान तथा खाद्ययवस्तुको अर्घ दिदै छठपर्वको समापन गर्ने गरिन्छ । पर्व संस्कृति संग कोरोना महामारी र सुरक्षालाई समेत ध्यानमा राखी पर्व मनाउँदा अझै सुरक्षित हुने देखिन्छ । तराईमा मनाईने छठ अहिले देशैभर मनाउन थाले जस्तै ज्यानलाई सुरक्षित राख्दै पर्व मनाउन सकिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)