हाम्रो सामाजिक संरचनामा दलित र अछूत मानिएका समुदायले बनाउने ढिक्की, डागरा (नाङ्लो), सुपली छठमा नभई हुँदैन । कुमालेले बनाउने माटोका भाँडाकुँडा पनि नभई हुँदैन । प्रकृतिमा भएका हरेक वस्तुको महत्व छ छठ पर्वको सुरु भएसँगै छठ पर्वका लागि चाहिने पुजाको सामाग्री बनाउने मरिक समुदायहरु भने विभेदको शिकार हुने गरेका छन् । उनीहरुले बनाएका बाँसका सम्पूर्ण सामाग्रीहरु पुजाका लागि प्रयोग भए पनि उनीहरु भने नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशय र घाटमा समेत विभेद झेल्नुपर्छ ।
छठ पर्व शुरु भएसँगै वीरगंज महानगरपालिका वडानं. १३मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । उनीहरुले बनाएका बाँसका सामाग्रीहरु किनेर लागे पनि आफुहरुमाथि विभेद हुने गरेको वीरगंजका मरिक समुदायहरुले बताएका छन् । छठ समावेशी पर्व भने पनि छठमा डोम जातिले बनाउने सुपलीदेखि किसानको सुथनीसमेत छठ पर्वका लागि प्रयोगमा ल्याइन्छ । तर जलाशयमा दलित समुदायका लागि छुट्टै घाट निर्धारण गरिएको हुन्छ। दलितले एउटा कुनामा ठाउँ पाउँछन्। एकै ठाउँमा बसेर छठ मनाउने छुट नरहेको डोम समुदायका आशिष मलिक बताउँछन्।
‘हाम्रो हातबाटै बनेको डाला, चगेरा, सुपलीमा सबै जातकाले छठको सामग्री सजाउँछन्,’ सुनेना मलिकले भनिन्, ‘हाम्रो शरीरमा के लागेको छ र यत्तिको भेदभाव गरिन्छ ? ’‘भगवानले सबैलाई एकनास मानेको छ,’ उनी भन्छिन्, ‘तर, मानिसले भेदभाव गरेका छन्। भाषणमा समान व्यवहारको कुरा गरे पनि प्रवृत्ति पुरानै छ।
’“लोग मानी त देव आ न मानी त पत्थर ना कहल जाला ओहीङ्गे बा” बिहारी मरिक डोम ले टाउको कनाउदै न्याउरो स्वरमा भने पहिले
लागुऔषधमा कारोवारीमा फसेको थिए । जेलबाट निस्केर यही सामान (बाँसका छैठी, सुथनी) बनाउदै छु ।” वीरगंज महानगरपालिका वडा नं. १३ का ३४ वर्षिया विहारी मरिक डोमले भने । उनी २ वर्ष अघि लागुऔषध कारोवारीको आरोपमा जेल परेका रहेछन । उनका अनुसार लगभग एक महिना जति भएछ उनी जेल बाहीर आएको । बाँसका छैठी, सुपली, लगायतका सामान बनाउने र बेच्ने उनको पुस्तेनी पेशा हो अझ उनको भन्दा पनि उनका समुदाय (डोम) को भन्दा फरक नपर्ला । तराई क्षेत्रमा तिहार र छठमा बासको चोयाले बनेका डाली, छिटी, नाङ्गलो, पङ्कख, लगायतका सामाग्रीको माग हुने भएकोले बाँसको चोयाबाट त्यस्ता सामान बनाएर बेच्ने पूख्यौली पेशा अंगालेका डोम समुदायलाई अन्य समयमा भन्दा छठको समयमा भ्याइ नभ्याइ हुन्छ । उनी भन्छन् ः “बाँस कटाते बा । बनावल सामान लोगके बेचल जाइ तब त हमनीके घरमे छठ होई । हमनीके कमनीए इ हे बा । हातमे सिप बा त इहे नु करल जाइ । दोसर त सिप बा ना ।” (बनाउदै छौ । बनाएको सामान बेच्छौ तब पो हाम्रो घरमा छठ आउँछ । हाम्रो कमाइ खाने भाडो नै यही हो । हातमा यही सिप छ त यही काम नै गर्नु पर्छ । अरु त सिप छैन् ।)
पुस्तेनी पेशा हुनुका साथै यही आफ्नो सिप भएकोले आम्दानीको बाटो यही रहेको उनी बताउँछन । पाँच छौ गो दौरा हो जाइ आ दश बाह्र गो सिपुली । लगभग तीन चार दिने तयार हो जाला ।” चार दिनको मेहेनपछि तयार भएका सामान बजार लगेर बेच्ने चटारो उतिकै रहन्छ किनभने यही सिजनको समय हो । तर अहिले बजारमा पितल र प्लाष्टिकका सामाग्री छ्याप छ्याप्ती पाइन थाले पछि भने व्यापार खस्केको उनको अनुभव छ ।
“छैटवा दु सो रुपैया आ सिपुली पचास रुपैया बेचाला । लोग त देख्ले बा इना (बाँसको सामान) रही त थोरी होइ लेकीन अभिन कोही पितरके किनता कोही प्लाष्टीओके किनता । लेकीन सबसे शुद्ध त इहे बा । सिपुली दौरा यी भि बिक्री हो जाला । खाए पिएला हो जाँला बच्चा बच्चीके कपडा हो जाला दोसर काथी चाही ? हमनी के सामान त बाह्रौ मास चलेला । और बेर दुवारेपर आके ले जाला । लेकीन छठके सामन हमनी बजारमे जा के बेचेनी ।
” एउटा बाँसबाट पाँच वटा दौरा (छैठी) दश देखि बाह्र वटा सुप्ली तयार हुन्छ । यती बन्न चार दिन लाग्छ । एउटा छैठी दुई सय र सुप्ली पचास रुपैयामा बिक्री हुन्छ । सबैलाई थाहा छ यी सामान नभइ हुँदैन । हुन त अहिले पित्तल र प्लाष्टीका सामानहरु बढी किन्न थालेका छन् । तर शुद्ध त यही हो । बिक्री त हुन्छ । खान बच्चाहरुका लागि कपडा पुग्छ । त्यो भन्दा बढी अरु के चाहियो र ? हाम्रो सामान त बाह्रै मास बिक्री हुन्छ । अरु समय घरमै आएर लैजान्छन तर छठको सामान हामी बजारमै लगेर बेच्छौ । ) उनले व्यापारको अवस्था र आम्दानी बारे खुलस्त पारे ।
नेपालको संविधानले जातिय विभेदको अन्त्य गरेपनि व्यवहारिक रुपमा भन्े जातिय विभेद कायमै छ । तर पहिलेको तुलनामा अहिले विभेद मान्नेहरुको संख्या कमी आएको बताउँछन बिहारी ।“पहिले के लोग रहे त छुवाछुत मानत रहे अब के छुवाछुत मानी । जमान बदलगइल छुवाछुतके ।
मनमे भावना ना उ लोगके रहेला ना हमनीके । यि डोम है यी दुसार है एकरा देह ना छुवाला इकर कलके पानी नापियाला सारा मनके भावना, सब वात अब बिसर जाला से भि होई । कही कही त लोग उइसने बा । लोग मानी त देव आ न मानी त पथर ना कहल जाला ओहीङ्गे बा ।
” (पहिलाका मान्छेहरुले छुवाछुत मान्थे तर अब कसले मान्छ र ? जमाना बदलिसक्यो न त उनीहरुको मनमा छुवाछुतको भावना छ नत हाम्रो । तयो डोम हो त्यो दुसार हो उलाई छुनु हुन्छ उनीहरुको कलको पानी पिउनु हुन्न भन्ने कुराहरु अब बिस्तारै बिर्सदै जाँदा पनि हुन्छ । कहि कतै त उस्तै छन । माने देव नमाने ढुङ्गा भने जस्तै त हो । )
बास मंहगो भइसक्यो मान्छे हरु सस्तोमा खोज्छन्् । बेच्ने बाध्यता हुन्छ । किन्नेले पनि बुझिदिनु पर्छ । महंगाइको जमाना छ । दुई सय देखि दुई सय पचास सम्म बिक्री हुन्छ । मेहेनत उत्तिकै छ । कति हात काट्छ दिनभरी बसेर बनाउनु पर्छ ।
यो काममा उनलाई उनकी श्रीमती राधा देवीले पनि सहयोग गर्छिन । राधाको माइती भारतमा छ । नहा खाएका दिन से बेचाला सझियाँ घाट के दिन तकले बेचाते रहेला । नेशनल ट्रेडिङ्ग से किन के । जइसन बाँस मिलेला वहीसे बनावेनी । टिकाउ ना होला त । कोनो बास बासेनु ह ।
(नुहाएर खाने दिन देखि नै बिक्री सुरु हुन्छ र साझ घाटको दिन सम्म मात्रै बिक्रिी हुन्छ । बाँस नेशनल टे«डिङ्ग एरियाबाट किनेर ल्याउँछौ । आफूले छानेर ल्याएको जस्तो राम्रो बाँस त पाइन्दैन तर जुन सुकै भएपनि बाँस त बाँस नै हो । फेरि टिकाउ पनि त हुन्छ ।)
नगवा १६ कै संगिता डोमी पनि बाँसका सामान बनाउँनमा व्यस्त छिन । “छठके सौदा बनावतानी कप्टी चिरके । एगो बास तीन सौ मे मिलेला । एक दिन चिराला, दोसरा दिन सुखेला, तीन चार दिन पर तयार हो जाला । कहाँ ज्यादा बनेला इसिमे कचिया जाला, झिगर जाला । दशगो बन जाला । एगो छैटा बिकाला दु तीन सौ मे ।
पहिले खानी बिक्रि होला । जेङ्गे भाउ देखल जाला ओङ्गे बिकाजाला । चारुवरि बेचाला उही भाउमे बेचाला, । अभि त बजारमे पितराके सामान बिके लागल बा । उ से बहुत दिक्कत होखेला । उ रेट दाम गिराके बेची त हमनी ओके दाम गिराके बेची उ महंगा दाममे बेचाला त हमनी भि महंगा दाममे बेचेनी ।”(छठको सामान बनाउदै छु । बाँस चिरेर । एउटा बाँस तीन सय रुपैयामा पाइन्छ । एकदिनमा बाँस फोडेर चिर्छौ, दास्रो दिन सुकाउछौ । चार दिनमा तयार हुन्छ ।
काँटछाट गरेर दश वटा जति तयार हन्छ । एउटा छिटी दुई सय पचास देखि तनि सय सम्म बिक्री हुन्छ । पहिला जस्तौ भाउँमा बिक्रि हुन्छ । बजार भाउ हेरेर बिक्री हुन्छ । अहिले बजारमा पाउने पितलको सामानले गर्दा धेरै समस्या भइरहेको छ । उनीहरुले कम दाममा बेचे हामीले नि दाम घटाउनु पर्छ । उनहिरुले महंगोमा बेचे भने हामलिे पनि भाउ बढाउँछौ । )
“जेतना बनायम सन उत्ने नु कमीनी होई । जेतना आदमी रही उतने बनी बेस आदमी रही त बेसी बनी । एकेले बानी त १५ बिस गो बनाइ बेची ।” (जति बनाउँन सकिन्छ त्यती नै कमाइ हुन्छ । थोरै मान्छे हुन्छन् त थोरै बन्छ धेरै मान्छे हुन्छन भने धेरै बन्छ । पन्ध्र बिस वटा जति बनाउछु ।)
अरु समयमे डोम है हमनीके छुवाला नचलेला लोग कही छठ आ लगनाके समयपर हमनी सन दौरी देवेनी । हमनी कुछो ना बोलेनी सन । काहे लोगले बकवास सुने जाइ) अरु समयमा डोम हो छुवाछुत हुन्छ । छठ, लगन, विवाह सादीमा दौरा दिन्छौ । त्यो बेला छोइदैन । त्यो समयमा मलाई सामान चाहियो भन्छन् । डाला बनाएर दिन्छौ । हामी केही बोल्दैन । डोम भएर ठूलो कुरा ग¥यो भन्छन भनेर कसैको मुख लाग्दैनौ । आफ्नो काम गर्छौ । किन व्यर्थ अरुको वक्वास सुन्नु )
सामान्य रुपमा जीविका निर्वाह गर्द आएका डोम समुदायलाई लकडाउनले गर्दा व्यापवारमा असर गरेको बताउँछन् । “यी लकडाउनके चलते त असर परगइल बा बहुत । पहिले दोसर भाउ रलख । पितरीयाके डगरा, सुप्ली, काठारा, कम बिक्री हुन थाल्यो । पहिल् लोग पितरीयाके काठारा डगरा कहाँ बेचातरलख अब त बेचाता । उ ना निमन ह । इहे निमन ह । इहे शुद्ध होखेला पितरीया से ।” (लकडाउनका कारण धेरै नै असर प¥यो । लकडाउन पहिला र अहिलेको भाउ पनि फरक छ । फेरि बजारमा पितलका सामान बढी बिक्री हुन्छ । पहिला हुँदैन थियो । तर बाँस कै सामान शुद्ध हुन्छ । )
उनले थपिन।हाम्रो सामाजिक संरचनामा दलित र अछूत मानिएका समुदायले बनाउने ढिक्की, डागरा (नाङ्लो), सुपली छठमा नभई हुँदैन । कुमालेले बनाउने माटोका भाँडाकुँडा पनि नभई हुँदैन । प्रकृतिमा भएका हरेक वस्तुको महत्व छ भन्ने मान्यता छठसँग जोडिएको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं संस्कृतिविद् डा. विश्वम्भर शर्माले बताए । ‘सुथनी, साठी धान, बिमिरो, अदुवा, बोडी, फर्सी र उखुजस्ता प्रसाद यसैका उदाहरण हुन् ।
जीव र प्रकृति एकअर्कासँग अद्वैत छन् भन्ने यसले जनाउ दिन्छ,’ शर्माले भने, ‘यसमा सूर्यको पूजा गरिन्छ जो जीव, वनस्पति दुवैको अस्तित्वको कारक हो ।’यस पर्वमा कलाको पनि त्यत्तिकै महत्व रहेको शर्माले बताए । उनले भनेजस्तै ठेकुवा बनाउने अर्घउती (साँचा) मा मयूर, फूल, सूर्य, चन्द्र, तारा आदिको बुट्टा बनाइएको हुन्छ । माटोको हात्तीदेखि चौमुखसम्म र बाँसका अनेक सामानमा कला देख्न पाइन्छ । ‘उदाउँदोको मात्र होइन, अस्ताउँदोको पनि त्यत्तिकै महत्व छ, कस्ट सहेर अनि रातभरि कुरेर भए पनि प्रतीक्षा गर ! जीवनमा सूर्य अवश्य नै उदाउँछ भन्ने सन्देश छ छठमा,’ शर्माले छठसँग जोडिएको जीवनदर्शन प्रस्ट्याए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)