तराईवासिको महान पर्व छठको तयारी पुरा भएको छ । तराई मधेशमा उत्सवको रुपमा मनाइने छठपर्वका लागी नदी, पोखरी, ताल र स्व्मिङ्ग पोखरीलाई समेत झकिझकाउ पारिएको छ । लाखौँ खर्च गरेर आधुनिक तथा विधुतिय बतिका साथ सजाईएको एउटा छठघाटमा लाखौँ खर्च गरिएको छ । यसवर्ष घडीअर्वा पोखरी सजावटका लागि मात्रै १६ लाख रुपैयाँको लागतमा पंडाल तथा झिलिमिलि बतिहरु जडान गरि सजाइएको छ । निकै धुमधुमधामका साथ मनाउने वीरगंजको छठले निकै महत्व लिने गर्दछन् ।
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रत, चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले समे यो व्रत गरेको वर्णन महाभारतमा समेत पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको पाइन्छ ।
निकै उत्साहले मनाउने छठपर्व पहिला तराईवासीमा मात्र सीमित थिए तर अहिले राजधानी काठमाडौँको रानि पोखरी, पहाडी क्षेत्र र अन्यत्र ठाउँमा पनि लोकप्रिय हुदै गएको छ । प्रतिस्पर्धात्मक रुपमा वीरगंजको घडिअर्वा, मुर्ली, रानीघाट, स्वीमिङपुल, छपकैया, नगवा आदिमा बासँ, पंडाल लगायतका सजावटको काम गरिएको छ । लाखौँ खर्च गरेर आधुनिक तथा विधुतिय बतिका साथ सजाईएको एउटा छठघाटमा लाखौँ खर्च गरिएको छ ।
पहिला तराईवासीमा मात्र सीमित छठपर्व तर अहिले राजधानी काठमाडौँको रानि पोखरी, पहाडी क्षेत्र र अन्यत्र ठाउँमा समेत लोकप्रिय हुदै गएको छ । दुईवर्ष कोरोनाले प्रभाव भएकाले डरले मनाउन नपाएको छठपर्व यसवर्ष हर्षित भएर मनाउन पाएकोमा अत्याधिक खुशी मिलेको ब्रतालुहरु बताउँछन् ।
छठपर्वको प्रमुख स्थल घडिअर्वा पोखरी परिसरमा पुजामा यसवर्ष मात्रै २ लाखबढी श्रद्धालुहरु आउने लक्ष्यका साथ पुजा समितिले पानि, एम्बुलेन्स, दमकल, सिसि टिभि क्यामरा लगायतको व्यवस्थापन मिलाएको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ । वीरगंजको यस पोखरिमा मात्रै ५ देखि ७ हजार सम्म ब्रतालुको दउरा आउने गर्दछन् उनिहरुका आफन्त, घर परिवार र छिमेकी भारतका मोतिहारी, बेतिया, दरभंगा लगायत चितवन, मकवानपुर, धनुषा, रौतहट, बारा लगायतका जिल्लाबाट आउने दर्शनार्थिहरुको ध्यानमा राखेर तयारी गरिएको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर मिलेको पाइन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको संस्कृति विदहरु बताउँछन् । सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिए जस्तै सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा अर्थात छठ पर्व गरिन्छ ।
छठपूजामा शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिईन्छ । ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरु गीतबाटै बुझ्न सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ । जसले छठ आएको भान हुन्छ । गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन् ।
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । कृषि प्रधान देश मुलुक हाम्रो देशमा विभिन्न प्रचाजीका धान लाप हुदैँ गइरहेको अवस्थामा गवडी धान (साठी) को परिकार, सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको घरी, उखु, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ ।
छठको चार दिनः
नहाए खाएः
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी रहरको दाल, लौकाको तरकारी लगायतमा शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन– ‘म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’
खरनाः
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास गर्दछ ।
सझिया घाटः छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार वर्त बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई दुलही झै सिंगारिएको हुन्छ ।
पारणः छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठेकुवा, फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।
यसरी छठ समपन्न हुने गर्दछ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)