अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाई बेटी बचाई’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार भएको बताईरहदा यता मधेशी दलको लोकतान्त्रिक समाजवादी पार्टीले नैतिकताको अधारमा मुख्यमन्त्रिले राजिनामा दिनुपर्ने बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल खरिदमा भ्रष्टाचार भएको भनिसकेपछि नैतिकताको अधारमा राजिनामा दिनुपर्ने बताए । नेतामा नैतिकता हुनुपर्ने भन्दै उनले मुख्यमन्त्रि लालबाबु राउत गद्दीले राजिनामा दिएर अनुसन्धानको लागी बाटो खुल्ला गर्नुपर्ने बताएका हुन् ।
प्रदेश २ को लोकप्रिय मानिएको कार्यक्रम ‘बेटी पढाई बेटी बचाई’ मा वितरण गरिएको साइकलमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महिनादिन अगाडी मुख्यमन्त्रिको कार्यालयमा छापामारी गरि फाइलहरु नियन्त्रणमा लिएको थियो ।
निर्वाचनको माहौल बनिरहदा नेता महतोले आउदो निर्वाचनमा उपेन्द्र यादवको जनता समाजवादी पार्टिसंग एकता नहुने बताए । मेहनत गरेर बनाएको एकता भाड्ने काम उपेन्द्र यादवले गरेकाले उनको पार्टीसंग एकता नगर्ने प्रतिक्रिया दिएका थिए ।
अधिकार प्राप्तिका लागी भइरहेको संघर्ष अब काठमाडौँ केन्द्रित हुने बताएका थिए । ६ महिनाको आन्दोलनमा वीरगंज केन्द्रित आन्दोलन भएपनि अब सिंह दरबार केन्द्रित हुने उनले बताएका थिए । अबको हुने राष्ट्रिय मुक्ति आन्दोलनको तयारी भईरहेको नेता महतोले बताए ।
विभिन्न कार्यक्रममा सहभागि हुन वीरगंज आएका नेता राजेन्द्र महतोले आउदो चुनावमा एमाले, माओवादी, कांग्रेस लगायतको दलसंग सहकार्य भएपनि मधेश केन्द्रित दलसंग सम्झौता नहुने ठोकुवा गरेका थिए ।
कार्यक्रममा लोसपाका कार्यकारणि सदस्य लक्ष्मण लाल कर्ण, प्रदेश संसद प्रहलाद गिरी, रमेश पटेल, नेताहरु शिव पटेल, निजामुद्दिन समानि, रामचन्द्र पंडीत, राजेश साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण वीरगंज महानगरका संयोजक ओम प्रकाश सरार्फले गरेका थिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)