न्यु भवानी मेडिकल हलका चिकित्सक तथा मानसिक रोग विशेषज्ञ डा. भारत गाईतसंग गरिएको कुराकानीः
१) लकडाउनपछि कस्ता बिरामी बढी चेकजाँच गराउन आउँछन् ?
लकडाउनपछि बिरामीहरुको संख्या बढेको छ । बिरामी त सबै पहिले जस्तै हो । पहिलेदेखि नै डिप्रेशनका बिरामी भएकाहरु कोरोनाले गर्दा अझ बिरामी भएका छन् । यो अवधिमा आर्थिक, समाजिक समस्या अझ बढेर गएको छ । अझ बाहिरफेर वा समाजमा घुमघाम गरी काम व्यवहार गर्दै आएका पुराना बिरामी मानसिक दवावमा परेका छन् । सामाजिक व्यवहारको कमी लगायत विभिन्न समस्याले गर्दा पहिलेका बिरामीहरुमा डिप्रेशन लगायतको समस्या पनि बढि भएर आएको देखिन्छ ।
२) महिला र पु्रुषमा को बढि बिरामी उपचार गराउँन आउँछन् ? खास समस्या कस्तो देखिन्छ ?
बढी त पुरुषहरु नै आउँछन् । तर बिरामी भई आउने महिलाहरुको पनि नम्बर पुरुषभन्दा कम छैन । तर तुलनात्मक रुपमा पुरुषहरु नै बढि छन् । उनीहरुमा साधारण किसिमको मानसिक रोगदेखि कडा किसिमको मानसिक रोग देखिन्छ । जस्तै, एन्जाइटिक, डिप्रेशन, हाड र निन्द्राको समस्या, भोक नलाग्ने बिरामीदेखि लिएर एकदमै कडा किसिमको बिरामी जसलाई हामी पागलपन भन्छौं । धेरै बोल्ने, रातभरी नसुत्ने, शंका लाग्ने, जाडरक्सी खाने, मारपिट झै–झग्डा गर्न खोज्ने र लागु पदार्थमा लाग्ने । यी सबै किसिमका बिरामी मानसिक रोगी अन्तर्गत नै पर्छन् ।
३) कुन कुन उमेर समूहमा यो समस्या बढि देखिन्छ ?
उमेर अनुसार फरक फरक रोगहरु हुन्छन् । तर १५ वर्षदेखि ६०/६५ वर्षसम्मको उमेर समूहलाई यो रोग लाग्छ । बच्चाहरुमा पनि बेग्लै किसिमको रोग छ । ६५ वर्ष कटेका अर्थात बुढेसकालमा हुने समस्या भनेको डुमेन्सिया, डिप्रेशन, निन्द्राको आदि समस्याहरु बढी छ । मानसिक रोगको बायोसाइकल सोसल मोडल भन्छौ । यो भनेको बायोजिकल कारणले हुन्छ । दिमागमा केमिकल व्यालेन्स कम बढि भएपछि बायोलोजिकल हुन्छ । साइक्लोजिकल समस्याले गर्दा पनि हुन्छ । कुनै कुनै व्यक्तिमा बच्चादेखिकै खेलेको हुर्केको, देखेको अवस्था, अभिभावहरुको बच्चाहरुलाई सही टे«निङ्ग दिन नसकेको, फरक फरक सोसाईटीको व्यक्तिहरुसंग बोल्न नसिकाएको, सुरुदेखि नै बच्चाहरुलाई इकोनोमिक्स र सोसल क्लास नगराएको आदि विभिन्न कारणहरु छन् ।
४) यो रोगबाट बच्ने उपायहरु के के हुन सक्छन् ?
पूर्ण रुपमा मानसिक रोगबाट बच्न सम्भव छैन । तै पनि धेरै किसिमको रोगबाट बच्न हामीलाई चेतना हुनु प¥यो । रोगबारे सूरु मै थाहा पाइयो भने साधारण अवस्थाबाटै बच्न सकिन्छ । हामीले बच्चालाई सुरुदेखि नै अप्टिमिस्टिक लाईफ, सेयरिङ्ग लाईफ लगायतका क्रियाकलाप गर्ने, बच्चाहरुसंग कुरा गर्ने, उनीहरुको कुरा सुन्ने, समस्यालाई बुझ्ने, हप्तामा एक दिन भए पनि सबै समाज र परिवारको बारेमा जानकारी दिने र राम्रो नराम्रो कुरा बारे सिकाइयो भने यस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
५) डिप्रेशनबाट बचाउँन घर परिवारको कस्तो भूमिका हुनुपर्छ ?
घर परिवारकै माया र सहयोग नपाएर डिप्रेशन हुने भनेको हुँदैन । मानिसलाई साधारण उदाशिनताको जस्तै, प्रेगनेन्सीमा बच्चा पाइसकेपछि उनीहरुलाई जुन माया र स्नेह चाहियो, श्रीमान्को केयर, खानपिनको, मेडिकल चाहियो । त्यस्तो गर्न सकिएन भने सरक्षित महसुस हुँदैन र डिप्रेशन हुन सक्छ । अन्यथा परिवारमा सबैले सहयोगको भावना राख्यो र समाजमा आफ्नो परिवाारलाई समावेश र मान्छेको दुःख पीडामा सबैले साथ सहयोग गर्न मान्छेमा छुट्टै किसिमको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । दुःख परेको बेला अरुलाई साथ दिनु पर्छ । यस्तो सोच भयो भने मान्छेमा आफूलाई शक्तिशाली र सुरक्षित महसुस हुन्छ । त्यसरी नै केही हदसम्म डिप्रेशनबाट बच्न सकिन्छ ।
६) डिप्रशनको बिरामीलाई उचित व्यवस्थापन गर्ने वीरगंजमा हस्पिटल पनि छैन, यसको व्यवस्थापन गर्न के को आवश्यकता पर्छ ?
यो वीरगंजकै मात्र समस्या होइन । मेन्टरको बारेमा जनचेतना हुने कार्यक्रम नेपालमै धेरै कम देखेको छु । मैले आफैले त पब्लिक लेबलमा कुनै कार्यक्रम भएको देखेकै छैन । कुनै ठाउँमा २/४ जना डाक्टर साहेबहरुले सेमिनार कार्यक्रमहरु नगरेका होइनन् । तर त्यो लेबलभन्दा पनि पब्लिकमै ड्रामा र पम्पलेटिङ्ग, टेलिभिजन, रेडियो मिडियामा खासै भएको छैन । मानसिक रोग भनेको के हो ? भनेर पब्लिकमा २/४ प्रतिशतलाई पनि थाहा छैन । वीरगंजको कुरा गर्दा वीरगंज महानगरपालिकामा मानसिक रोग सम्बन्धी कुनै कार्यक्रम छैन । काउसिलिङ्ग सेन्टर छ भनेर भन्छन् । तर कहाँ छ भने मलाई थाहा छैन । किन भने वीरगंजमा सबैभन्दा बढि मानसिक रोग मैले नै हेर्ने हो । ह्वाटसप, भाईबर, म्यासेन्जरमा धेरै जसो मलाई नै कन्सल गर्ने हो । अरु पनि साथीहरु छन् । तर म अलिकति समाजिक संजालमा एक्टिभ हुने भएकाले विभिन्न समस्याबारे भन्छन् । तर कही पनि बिरामीलाई वीरगंज महानगरमा सहयोगको रुपले उपचार गर्ने देखिन्न ।
७) यसको लागि यहाँले के के पहल गर्नु भएको छ ?
एउटा बाईक लिएर पुरै वीरगंज महानगरपालिका घुम्दा मानसिक रोग सम्बन्धी जनचेतना फैलाउने एउटा होडिङ्ग बोर्ड पनि राखिएको देखिदैन । कहि पनि राखिएको भेटिदैन । डिप्रेशनका लक्ष्ण यो यो हुन् ? आत्महत्या र लागु पदार्थ सेवन रोक्न यो–यो गर्न पर्छ भन्ने कहि पनि देखिएको छैन । एउटा चिकित्सकले पब्लिक सामु कोटेशन लेखेर वा मेयर, सिडिओ वा अन्य प्रशासनसंग भेटेर भन्ने कुरा सम्भव छैन । यो कही पनि हुँदैन । यहाँको निकायले डाक्टर साहेब हामीलाई सहयोग गरिदिनु भनेर भन्दा समय मिलाएर चिकित्सले सहयोग गर्ने हो । नत्र म आफ्नो योजना लिएर गई दिने हो । यो मेरो काम होइन । बरु हामीले विभिन्न सञ्चारको माध्यमबाट यो यो काम भएको छैन, आवश्यकता छ,, गर्नु पर्छ भन्ने मात्र हो । तर मैले कोटेशन वा प्रोपोसल बनाएर बुझाउने काम होइन । यहाँका जनताले भोट दिएर नेता जिताउँछन् । तर त्यो कुराको ख्याल नेताहरुले नि गर्ने हो ? हरेक घरमा एउटा मानसिक रोगी हुन्छन् । तथर्सः विश्व स्वास्थ्य संगठनका अनुसार ४ जनामा एक जनालाई मानसिक रोग छ । कुनै पनि व्यक्तिको घर ४ जनाको सदस्यभन्दा कम हुन्छ त ? हुँदैन नी । त्यसमा एक जना मानिसमा साधारणदेखि कडासम्म मानसिक रोग हुन्छ । अब यति कुरा थाहा हुँदा हुँदै वहाँहरुले पहल गर्नुहुन्न भने हामीले के भन्ने ? म अहिले पनि आफ्नो क्लिनिक र विभिन्न समाजिक संजालमार्फत जनचेतना फैलाउँदै आएको छु ।
मैले आफैले वीरगंजमा २/३ चोटी जनचेतना फैलाउने कार्यक्रम गरेको छु । तर महानगरबाट भएको छैन । यो एक वर्षमा मात्रै खाली प्रदेश नं. २ मा करिब ७ हजार जति मानिसले सुसाईट गरेका छन् । र हामी कहाँ २÷३ जना आत्महत्या प्रयास गरेका बिरामी दिनहुँ आउँछन् । हाम्रो जीवनको धेरै महत्व हुन्छ, । आत्महत्या गर्नुहुदैन भनेर जनचेतना फैलाउने पुरै पर्सा जिल्लामा कही बार्ड छ त । तसर्थः पब्लिक लेबलमा मानसिक रोगलाई अहिले पनि छुवाछुतको रुपमा लिइएको छ । मानसिक रोगका बिरामीहरु झाँक्री र मौलाना कहाँ गई लाखौं रुपैया खर्च गरिरहेका छन् । बरु झाँक्री, धामी र मौलानाले त्यस्ता व्यक्तिलाई हामी कहाँ पठाई दिन्छन् ।
८) अन्त्यमा के भन्नु हुन्छ ?
आफू मानसिक रोगी भएको बेला मानसिक रोगको हस्पिटल, डाक्टर खोज्छन् । तर अरु मानिसलाई समस्या परे कसले खोजिदिने भन्दा त्यसैको लागि जनप्रतिनीधि बनाइएको हो । जनताकै लागि सांसद, प्रदेश सांसद र स्थानीय सरकार हुन्छन् । यी तिनवटै लेबलबाट समन्वय गर्न सकियो भने प्रदेश नं. २ मै २ सय बेडको मानसिक अस्पताल खोल्न सकिन्छ । लागु पदार्थमा १२ वर्षदेखि ७० वर्षका मानिस लागेका छन् । यहाँ १२÷१४ वटा ल्याब छ । म सबैमा काम गर्छु । उनीहरुको अवस्था हेर्दा आँखाबाट आसु झर्छ । १२ वर्षको बच्चा गुलस्टिप गर्ने, ब्राउन सुगर, गाँजा खाने, रक्सी, चुरोट खाने जस्ता एक किसिमको महामारीकै रुपमा फैलिएको जस्तो लाग्छ । यसलाई कसरी रोक्न सकिन्छ भने योजना बनाएर कार्यन्वयन गरियो भने मात्रै रोक्न सकिन्छ । नत्र अझ केही बर्ष पछि यो समस्या व्यापक बढेर नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)