३९ औ पर्यटन दिवसको अवसरमा होटल व्यवसायी संघ बाराले आयोजना गरेको ३ दिने कार्यक्रम अन्तर्गत शनिवार अन्तिम दिन साईकल यात्रा सम्पन्न गरेको छ ।
जितपुरको गढिमाई मन्दिर परिषरबाट सुरु गरीएको साईकल यात्रा झण्डै २५ किमि दुरी पार गर्दै पर्सा राष्ट्रिय निकुञ्ज र हात्तिसार पुगेर टुगिंएको थियो ।
राईड टु पर्सा नेसनल पार्क नाम दिईएको साईकल यात्रामा सिमरा, निजगढ र हेटौडा मकवानपुरका गरी ८७ जना साईकल चालकहरुले सहभागीता जनाएका थिए ।
जसमा सिमराबाट मात्रै ४० जनाको सहभागीता रहेको साईकल चालक टोलीका संयोजक निराजन थापाले बताए । साइकल यात्रामा बाराकि प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिरा चौधरी र मकवानुपुरबाट २ जना महिला गरी तिन जनाको सहभागीता रहेको थियो ।
उत्साहजनक साईकल यात्रीहरुको सहभागीता र सर्वसधारण तथा अतिथिहरुको हौसलाका कारण बारामा पनि साईकल चालकहरुको संगठनको आवश्यकता महसुस भएको थापा बताईन् ।
बारा खाना तथा दशै महोत्सवलाई लक्ष्ति गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा सशस्त्र प्रहरीका डिआईजी देखि शिक्षकसम्मले साईकिलिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो ।
साईकलिङमा सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षक डिआईजी कबिन्द्रमान श्रेष्ठसहित १० जना सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार शोभाकर पराजुली, राजन पौडेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश राई, नेता अनिल श्रेष्ठ, समाजसेवी निरु रायमाझी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गरेका थिए ।