वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा जनता समाजवादी पार्टी बहुदरमाई नगर कमिटीको भेला सम्पन्न भएको छ । सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीस्थित बिहीबार एक कार्यक्रमका बिच जसपा बहुदरमाई नगर कार्य समितिको भेला सम्पन्न भएको हो ।
भेलामा स्वतन्त्र चुनाव लडेर संघीय र प्रदेश चुनावमा जसपा प्रवेश गरेका सिंघशन साहको पक्षले टिकट आफूले नै पाउनु पर्ने कुरामा जोड दिएको थियो भने पार्टीबाट चुनाव लडेका पन्नालाल साह पक्षले पार्टीको संगठनलाई बलियो बनाउने कार्यमा जोड दिएका थिए । जसपाको बहुदरमाई नगर कमिटि अध्यक्ष रहेका सिंघाशन साह पछिल्लो समय नगरपालिकामा बलियो देखिए पनि अहिले जसपा जिल्ला सदस्य रहेका पन्नालाल साह बलियो देखिन थालेपछि गुटबन्दी सुरु भएको हो । जसपाको बहुदरमाई नगर कमिटिका अध्यक्ष साह बाहेक कमिटिका उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, लगायत अधिकांश वडाक वडा कमिटि अध्यक्ष पन्नालाल साहको पक्षमा उभिन थालेपछि गुटबन्टी सुरु भएको एक नेताले बताए ।
यस अघि पनि नगर सचिव बिरेश यादवले वडा नं. १ बिश्रामपुरमा राखेको वडा कमिटिको कार्यक्रम नै हुन नदिन अध्यक्ष साहले षडयन्त्रमुलक खेल खेलेका थिए । कार्यक्रममा वडाका सम्पूर्ण कार्यकर्ता कमिटि गठन गर्न तयार भएपनि उनी आफ्ना निकट जिल्लाका सचिव तबरेज अहमदसंग हस्तक्षेप गराएको एक नेताले बताए ।
भेला मै जसपाका केन्द्रीय सदस्य जनार्दन यादवले स्थानीय चुनावमा पार्टीलाई बडादेखि मेयरसम्म जिताउन प्रत्येक वडाको सङ्गठन बिस्तार गरी पार्टीलाई थप बलियो बनाउने कार्यमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
बहुदरमाई नगरपालिकामा जसपा बलियो रहेकोले बडादेखि मेयरसम्म पुरै प्यानल नै विजयी हुने प्रबल सम्भावना रहेको उनले बताए । अहिले कसैको पनि टिकट फिक्ट गर्न नसकिने बताउँदै नेता यादवले संगठनमा इमन्दारीपूर्वक काम गर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता यादवले जसपा देशकै वैकल्पिक शक्ति भएको बताउँदै मधेश आन्दोलनकै कारण मुलुकमा संघीयता आएको प्रस्ट पारे ।
जसपाको बहुदरमाई नगर कमिटी अध्यक्ष साहको अध्यक्षतामा भएको बैठकमा प्रदेश नं. २ को प्रदेश समिति सदस्य महाराज यादव,जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य प्रेम चन्द्र कुशवाहा, पन्नालाल साह, वीरेन्द्र यादव, रामरेखा सिंह, नगर सचिव बिरेश यादव, बहुदरमाई शिक्षक संघका अध्यक्ष जवाहर प्रसाद, वडा नं. ५ का वडा कमिटी अध्यक्ष रामकिसुन यादव लगायतको सहभागिता रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)