जसरी फूल हुन कोपिला बन्नु पर्छ त्यसरी नै मानवले पनि वाल्यकाल पार गरेर आएको हुन्छ । सायद वाल्यकालको यस्तै महत्वपूर्ण मिठा यादहरुका कारणले होला एक फारसी कविले लेखिका छन् । यो सम्पत्ती नि लैजाउ, यो नाम अनि सम्मान पनि लैजाउ, तर..मलाई फर्काइदेउ त्यो वालापनको श्रावन, त्यो कागजको डुङ्गा अनि.वर्षाको त्यो बलेसी । साँचै वालापन कति मिठो, प्यारो हुन्छ अनि अझ अविष्मरणीय पनि । वालापनको त्यो चञ्चलता, त्यो कौतुहलता र जिज्ञासा बढो अच्चमको हुन्छ । त्यही बालापनको रमझममा रम्दै छन् वीरगन्ज १५ भिस्वास्थित नवदीप एकेडमीको कक्षा १ मा अध्ययनरत सम्राट ज्ञावाली ।
चञ्चल अनि जिज्ञासु स्वभावका सम्राट सात वर्षका छन् । उनका बुबा सुनिल ज्ञावाली ट्रक व्यवसायी हुन भने आमा अल्का प्रधान व्यूटीसियन हुन् । उनका बुबा प्रायः बाहिरै हुन्छन् । त्यसैले उनकी आमाले सम्राट कै नामबाट व्यूटि पार्लर खोलेकी छन् । हाल उनी आफ्नी आमासंगै भिस्वास्थित आफ्नै घरमा बस्दै आएका छन् । उमेरले सानो तर प्रश्न गर्न सिपालु सम्राट जिज्ञासु स्वभावका छन् । विद्यालय जान भनेपछि हुरुक्कै हुन्छन उनी । तर पढाइभन्दा पनि डान्स तर्फ उसको रुची छ ।
बच्चाहरु सानोमा धेरै नै प्रश्न गर्ने हुन्छन् । तर विद्यालय जान थालेपछि भने उसले अझ बढी प्रश्न गर्न थालेको उनकी आमा अल्का बताउँछिन् । “पहिला पनि प्रश्न गथ्र्याे । तर अहिले अलि बढी नै पश्न गर्छ । पाको मान्छेले बोल्ने जस्तै बोल्छ उ उनले भनिन् । धेरै चित्रहरु हुने भएकोले जिके विषय मन पर्ने र लेख्न गाह्रो लाग्ने गणित विषय मन नपर्ने सम्राटले बताए । ¥याम्स पढाउने, माया गर्ने र राम्ररी पढाउने स्वेता मिस उनलाई मनपर्ने बताउँछन् । अनि कहिल्यै झगडा नगर्ने, नआएको उत्तर बताउने अमित उनको मिल्ने साथी भएको पनि उनले बताए ।
बालक भए पनि आफ्नो भविष्यबारे निकै तानाबाना बुनेका छन् उनले । उनलाई नेपाल आर्मी निकै मनपर्ने र आकाशमा उड्न पनि मन पर्ने बताए । तर आर्मीबन्दा बन्दुक बोक्न सक्दिन धेरै गाह्रो हुन्छ भन्छन् उनी । फेरि हवाइजहाजमा चढी आकाश घुम्न पनि मन छ । तर खसिने हो कि भन्ने लाग्छ पनि भन्दै उनले अन्तिममा डाक्टर बन्ने बताए । डाक्टर भएपछि बन्दुक बोक्ने र हवाइजहाज चलाउने पनि म भएकै ठाउँमा चेक गराउन आउँछन् नि उनले बडो बुद्धिमतापूर्ण जवाफ दिए । छोराले चाहे डाक्टर नै पढाउने योजना उनका बुबा आमाको छ । हामीले पनि उसलाई डाक्टरी नै पढाउने सोचेका छौ आमा अल्काले भनिन् । उसकै भविष्यको लागि पि जि देखिनै राम्रो विद्यालय रोजेको आमा अल्काले बताइन् । विद्यालयले पनि विद्यार्थी अनुकुल नै व्यवस्थापन गरिरहेको छ उनले भनिन् ।
कोभिडपछिको समय भएकोले पनि विद्यालयले विद्यार्थी र विद्यालयको सरसफाइ, विद्यार्थी र शिक्षकहरुमा अनिवार्य माक्सको प्रयोग लगायतको कुराहरुलाई विषेश प्राथमिक्तामा राखेको उनको विद्यालयकी प्रधानाध्यापक शुसिला साहले बताइन् । हामीले हाम्रा विद्यार्थीहरुको अध्ययन संगसंगै स्वास्थ्यलाई पनि विशेष प्राथमिकता दिएका छौं उनले भनिन् । विद्यार्थीको स्वास्थ्य परिक्षण, सरसफाइमा विषेश जोड दिएका छौ ।
हरेक फ्लोरमा केटाकेटी र शिक्षकको लागि अलग्गै शौचालयको व्यवस्था छ । विद्यार्थीहरुलाई क्रियाशिल बनाउन विभिन्न अतिरिक्त कार्यक्रमहरुको आयोजना गछौ । सम्राटको सवालमा पनि उ एकदमै चञ्चले र जिज्ञासु छ प्रधानाध्यापक साहले भनिन् । कक्षामा पनि शिक्षकहरुसंग प्रश्न गर्ने, शिक्षकहरुलाई हसाउने स्वभावको छ । उसको पढाइ पनि ठिकै छ । डान्स भनेपछि भने हुरुक्कै हुन्छ उनले भनिन् ।