वीरगंज । कोरोनाको कहरका कारण लकडाउन रहेको गतवर्ष पर्सामा धेरै आत्महत्या र जबर्जस्ती करणीको मुद्दा दर्तामा बृद्धि भएको पाइएको छ । कोरोना कहरको बर्ष पर्सा प्रहरीमा दर्ता भएका मुद्दाको तथ्याँकले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षमा लकडाउन सहित खुकुलो भएको समयमा पर्सामा मात्रै ७४ जनाले आत्महत्या गरेकाको पर्सा प्रहरीले जनाएको छ । ३९ वटा जबर्जस्ती कर्णीको उजुरी परेको जिल्ला प्रह।री कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै १५ जनाले आत्महत्या गरिसकेको पनि उनको भनाइ छ । लकडाउनले बेरोगार भए पछि घरपरिवार चलाउने चिन्ताले अधिकांश मानिस आत्म हत्याको बाटो रोजेका हुन । चालु वर्षको यो अवधीमा १५ वटा जबर्जस्ती करणीको उजुरी परिसकेको पर्सा प्रहरीले जनाएको छ ।
यस्तै, गतवर्ष ७ मटा जवर्जस्ती करणी उद्योग अर्थात ७ जना बलात्कारै भएर आएको मुद्दा परेको पनि प्रहरी तथ्याँकमा छ । त्यसै गरी चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अघिल्लो चार महिनामा ५ वटा जबर्जस्ती करणी उद्योग मुद्दा भएका, ५ जना बलात्कार भएको घट्नापनि प्रहरीले तथ्याँकमा दर्ज गरेको छ । यो अनुपातमा गतवर्षको तुल्नामा चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा बलात्कारको घट्ना चाही बढेको प्रहरीले बताएको छ ।
गतवर्ष २ वटा मानव वेचविखनको उजुरी परेको थियो भने चालु वर्षको कात्तिक मसान्तसम्म ४ जना मानव वेचविखन भएको जनाइएको छ । गतवर्ष कर्तव्य ज्यान मुद्दातर्फ ७ वटा उजुरी परेको र चालु वर्षको हालसम्म सो मुद्दा तर्फ एउटा पनि दर्ता नभएको प्रहरीले जनाएको छ । गत वर्ष बोक्सीको आरोपमा २ जना माथि उजुरी परेको थियो भने चालु वर्षको हालसम्म २ वटा नै उजुरी परिसकेको छ । गत वर्ष बाल विवाह, अपराध तथा बालविवाह तर्फ ३ वाटा उजुरी परेको थियो भने चालु वर्षको कात्तिक महिनासम्म एउटा उजुरी परेको प्रहरीले जनाएको छ ।
गत वर्ष अपहरण तथा शारिर बन्धक जबर्जस्ती करणी तर्फ मुद्दा ३ वटा मुद्दा परेकोमा बाल यौन दुरुपयोग सम्बन्धी ७ वटा मुद्दा परेको प्रहरीले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरेको छ । चालु वर्षको कात्तिक महिनासम्म अपराध अपहरण तथा शरिर बन्धक जबर्जस्ती करणीतर्फ भने २ वटा मुद्दा परेको पनि उल्लेख गरिएको छ । त्यस्तै, गतवर्ष एक वटा गर्भपतनको मुद्दा परेको थियो भने चालु वर्षको चार महिनाको अवधिमा सो मुद्दा २ वटा परेको जिल्ला प्रहरी कार्यालय पर्सा अन्गर्तत महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
गत वर्ष १९६ वेपता, १०८ जनाको उद्धार
गत वर्ष एक सय ९६ जना महिला महिला बालबालिका तथा ज्येष्ठ नागरिक हराएको उजुरी परेको महिला तथा बालबालिका कार्यालयको तथ्याङकले जनाएको छ । तथ्याङकका अनुसार एक सय ५५ जना फेला परेका थिए । एक सय ८ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । गत वर्ष ६५ जना महिला हराएका थिए भने ८५ जना महिलालाई उद्धार गरिएको थियो । ४७ जना फेला परेका थिए । सोही वर्ष ३१ जना बालक हराएका थिए भने २५ जना बालकलाई फेला पारिएको र एक जनालाई उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । ९३ जना बालिका हराएको उजुरी परेकोमा ७७ जना बालिका फेला परेका र २२ जना बालिकालाई उद्धार गरिएको तथ्याँक छ । यस्तै, ७ जना ज्येष्ठ नागरिक हराएको उजुरी परेकोमा ६ जना ज्येष्ठ नागरिक फेला परेका थिए ।
चालु वर्षको कात्तिकसम्म २६ जना बेपता ७० जनाको उद्धार
चालु वर्ष कात्तिक महिनासम्म ९५ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिक वेपता भएको उजुरी परेकोमा ५७ जना फेला परी ७० जनालाई उद्धार गरिएको छ । चालु वर्षको चार महिनासम्म ४३ जना महिला, ५ बालक, ४५ बालिका, २ ज्येष्ठ नागरिक वेपता भएको उजुरी परेको थियो । जस्मा २६ महिला, ३ बालक, २६ बालिका र २ जना ज्येष्ठ नागरिक फेला पारेको प्रहरीले जनाएको छ । यस्तै, ५२ जना महिला र १८ बालिकालाई उद्धार गरिएको तथ्याङकमा पनि उल्लेख गरिएको छ ।
यस्तै, पर्सामा घरेलु हिंसाका ५ सय १६ उजुरी परेकोमा ३ सय ३७ वटा फर्छयौट भएको छ । चालु वर्षमा भने घरेलु हिंसातर्फ पछिल्लो ४ महिनामा २ सय २५ वटा उजुरी परेकोान एक सय २ वटा फर्छयौट भएको छन् ।
यस्तै, महिला झै झग्डा, कुटपिटतर्फ गतवर्ष ६ सय ३८ वटा उजुरी परेकोमा ३ सय ६८ वटा फर्छयौट भएका छन् भने चालु आर्थिकवर्षमा ४ सय ६१ वटा उजुरी परेका मध्ये १ सय ८० वटा फर्छयौट भएको पनि प्रहरी तथ्याँकमा जनाइएको छ ।