विद्यालयको समयमा अध्ययन र बाँकी समयमा आफ्नो वुवाको छापाखानामा डिजाइनिङ्गको काममै व्यथ रहन्छ आशुतोष मिश्र । उमेरले १३ पुगेका आशुतोष कक्षा सातमा अध्ययनरत छन् ।
वीरगंज महानगरपालिका वडा नं. ११ स्थित रोयल एकेडेमीमा उनी अध्ययन गर्छन् । हुनत उनको दैनिकी अन्य जस्तै सामान्य नै छ । तर अरु अध्ययन पश्चात काम सिक्छन, उनी अध्ययनसंगसंगै वुवाको काममा सघाउँदै आएका छन् । उनका वुवा लालवावु मिश्रा प्रेस (छापाखाना) संचालक हुन । उनकी आमा पुनम मिश्रा भने गृहणी हुन । वुवा जय दुर्गा अफसेट प्रेस चलाउँछन् । जसको डिजाइनिङ्ग गर्ने काम उनका छोरा आशुतोष गर्छन् । नामले उनी डिजाइनर भने होइनन् । फूर्सदको समयमा मात्रै उनले वुवालाई सघाउने काम गरेको उनले आशुतोषले बताए ।
खासमा उनका उमेरका बच्चा पठनपाठन र मोवाइल लगायत खेलहरुमै व्यस्त रहन्छ । तर आशुतोषको दैनिकी उसको कामले अरुकोभन्दा फरक बनाइदिएको छ । आफ्नो अध्ययन, र वुवाको कामनै प्रेस भएकोले उनको दैनिकीमा पनि केही फरक पाइएको हो । लकडाउको सयममा विद्यालय जान नपाए पनि लकडाउनको समय उनको लागि फलदायी रहेको उनी तर्क गर्छन् । अनलाइन कक्षा हुन्थ्यो रमाइलो लाग्थ्यो । त्यो बाहेक म वुवालाई प्रेसमा डिजाइन बनाउन सघाउथेँ । डिजाइनिङ्ग प्रति मेरो रुची पनि छ । अरु समयमा त काम गर्ने दक्ष मानिस छन् । म त फूर्सदको समयमा मात्रै जान्छु आशुतोषले भने ।
अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउने आशुतोष मिलनसार छन् । हिसाब बनाउन रमाइलो लाग्नुका साथै पढ्न सजह र धेरै याद गर्नु नपर्ने भएकोले गणित र विज्ञान विषय आफ्नो मन पर्ने विषय रहेको उनको भनाइ छ । विद्यालयमा हुने खेलहरुमध्ये फूटबल असाध्यै मन पर्छ । गित गाउन र नाँच्नमा पनि उत्तिकै अग्रसर छन् । कम्प्यूटर चलाउन रुचि रहेकोले भविष्यमा आफू सफ्टवेयर इन्जिनियर बन्ने सपना रहेको आशुतोषको भनाइ छ ।
आफूसंग मिल्ने र सबै कुराहरु भन्ने नितेश उनको मिल्ने साथी हुन् । त्यसै गरी सुमन श्रेष्ठ सर उनलाई मन पर्ने शिक्षक हुन् । घरमा बनेको पनिर, चना, र हरियो सागपात मिठो लाग्ने उनले तर्क छ । गुलियो खानेकुराहरु त्यति मन नपर्ने आशुतोषले बताए । अध्ययन र व्यवहार दुवै राम्रो रहेको विद्यालयका सह–प्रधानाध्यापक सुमन श्रेष्ठ बताउँछन् । उनि भन्छन्ः आशुतोषको पढाइ पनि राम्रो छ ।
अन्य विषयमाभन्दा कम्प्यूटर विषय पढ्न अलि बढी नै रुचि छ उसको । विद्यालयमा हुने फुटबल, हाजिरीजवाफ लगायतका खेलहरुमा पनि सहभागिता जनाउने गरेको छ । यसको राम्रो पक्ष भनेको समयको एकदमै ख्याल गर्ने हो । उ अलि स्मार्ट पनि छ ।