समाजमा महिला हिंसाका घटना न्यूनिकरण भएका खबरहरू सुन्न पाइएका छैनन् । अखबारहरूमा प्रकाशित, रेडियो र टेलिभिजनबाट प्रशारित हिंसाका घटनाहरुमा तथ्याँक ओरालो नलागेको पाइएको हो । विभिन्न तथ्याङ्कले हिंसा बढ्दो क्रममा रहेको देखिएको भन्दै लैंगिक हिंसा न्यूनिकरणका लागि काम गरिरहेका अभियन्ताहरु प्नि बताउन थालेका छन् ।
अभियन्ताहरुको कार्य सम्पादन लक्ष्यमा पुग्न नसकेको वा पुगेर पनि समाजमा हिंसा विरोधी गतिविधि घट्न नसकेको यो पनि अनुसन्धानको पक्ष होला । तर यो क्षेत्रमा क्रियाशील अभियन्ताहरू भने हिंसा बढेकोभन्दा पनि उजुरी गर्ने र न्याय खोज्ने क्रम चाँही बढेको दावी गर्न थालेका छन् ।
१६ दिने लैंगिक हिंसा न्यूनिकरण अभियान चलिरहेको यो सन्दर्भमा महिला हिंसा न्यूनिकरण गर्न के गर्नु पर्छ ? भनी स्थानीय सरोकारवाला निकायका सम्बन्धित व्यक्तिहरुसँग लिएको प्रतिकृया :-
महिला हिंसा न्यूनिकरण गर्न जनचेतनाकै विकास गर्नु पर्छ । जिल्लास्तरमा हुने कार्यक्रमहरुमा बुझेकाहरुको मात्रै सहभागिता छ । जसलाई यो विषयमा बुझाउनु पर्ने हो उहाँहरुको पहुँच वा सहभागिता यस्ता कार्यक्रमहरुमा हुँदैन । त्यसैले यस्ता कार्यक्रमहरु जिल्लास्तरमाभन्दा पनि समुदायस्तरमा गर्नु पर्छ । जनचेतना फैलाउन शिक्षालाई विस्तार गर्नु पर्छ । हिंसा भएमा मिलापत्रभन्दा पनि हिंसाको मूल जरा पत्ता लगाएर समाधान गर्न सक्नु पर्दछ । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजोप्रथा लगायतका कारणले हिंसा हुने गरेको देखिन्छ । सुरुमा शिक्षा अनिवार्य गर्नुपर्छ । विद्यालय जाने उमेर समूहलाई मात्र नभएर परिवारका सबै सदस्यहरूलाई औपचारिक र अनौपचारिक शिक्षा दिन जरुरी छ । साथै हिंसासम्बन्धी सचेतना जरुरी छ । छोरीहरूलाई शिक्षा दिइनुपर्छ ।
केटीभन्दा केटाहरू विद्यालयबाट ड्रप आउट हुने, कुलतमा लाग्ने जस्ता समस्या बढि देखिएको छ । त्यसलाई हटाउन सके हिंसामा कमी आउँछ । बेरोजगारहरूलाई रोजगार सृजना गर्ने । एक घर एक रोजगारी व्यवस्था गर्ने । हिंसा अन्त्य गर्ने कुरा सबैको सामूहिक कार्ययोजना, कार्यक्रम र नीतिमा पर्नु पर्छ । नयाँ प्रविधिले पनि हिंसा बढेको देखिन्छ । यसका फाइदा र बेफाइदाका बारेमा सचेतना जगाउन सकिएको छैन ।
लैङ्गिक हिंसा र समग्र हिंसाका विषयमा सहयोगी संस्था पहिचान गरी योजना बनाउने र उपलब्धीमूलक कार्यसम्पादन गरे मात्र लैंगिक हिंसा न्यूनिकरण हुन सक्छन् । प्रत्येक महिना विद्यालयले गाँउपालिकामा प्रतिवेदन बुझाउनु पर्ने गरी शिक्षा क्षेत्रबाटै कडाई सुरु गरिनु पर्छ ।
अहिले पनि हाम्रो घर परिवार, समाजमा बालविवाह, बहुविवाह, कथित बोक्सीको आरोप, घरेलु हिंसा तथा महिला भएकै कारणले महिला माथि हुने विभिन्न प्रकारका प्रताडना कायमै छन् । यी घटनामा महिलाहरू नै बढी मात्रामा पीडित भइरहेका छन् । यी घटना पुराना सामाजिक मुल्य मान्यताको नाममा भइरहेका छन् ।
अहिले महिला पनि पुरुष सरह रहेको र उनीहरूले पुरुष सरह हरेक अधिकारको उपभोग गर्न पाउने संवैधानिक व्यवस्था भए पनि कार्यान्वयनमा विभिन्न किसिमका बाधा अड्चन कायम नै छन् । यसलाई तोड्दै जान अति अवश्यक छ । महिला हिंसा न्यूनिकरण आफ्नो परिवारबाटै सुरु गर्नु पर्छ । किन भने आफ्नो घरमा हिंसा गरिरहेका छौ भने हामीले अरुलाई कसरी सचेत गराउने ?
आफ्नो बुहारीलाई पनि छोरी जस्तो व्यवहार गर्न सक्ने महिलाहरुमा पनि चेतनास्तरको विकास हुन जरुरी छ । महिला हिंसामा महिलाहरु नै हिंसाको बिउ रोप्ने हुनु हुन्न ।
नेपाली समाजमा महिलाहरु उत्पिडन हुनुको कारण अशिक्षा, गरिबी, बेरोजगारी जस्ता कारण छन् । शिक्षाको कमीले गर्दा आफू आत्मनिर्भर नभएर पनि हिंसाको शिकार हुनु परेका उदाहरण भेटिन्छन् । मधेशी समाजका महिला अझै पूर्ण रुपमा खुलेर अघि आउने वातावरण निमार्ण भइसकेको छैन । छोरी बुहारी बाहिर निस्किए भने बिग्रन्छन्, इज्जत जान्छ भन्ने संकीर्ण मानसिक्ता परिवर्तन भइसकेको छैन ।
महिलालाई पालणपोषणको जीम्मेवारी बढी दिने भएकाले पनि उनीहरुको स्वतन्त्रता खोसिएको छ । कानुनतः उनीहरु यस्ता कुराको जनाकार छैनन् । राज्यले बनाएको कानून कडा र निश्ष्पक्ष रुपमा कार्यान्वय गरिनु पर्छ । सक्षम भए पनि प्रभावित छ नातावाद कृपावाद । शिक्षित समाजले यस विषयलाई गम्भिर रुपमा उठाउनु पर्छ । यस्ता कार्य गर्नेलाई त्यसै छोड्नु हुदैन । सामाजिक बहिष्कार गर्नु पर्छ । कानूनी कारवाहीको अलावा सामाजिक कारवाही नभएसम्म यस्ता कुराले निरन्तरता पाइरहन्छन् ।
यसमा महिला आफै सचेत हुन जरूरी पनि छ । महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो । महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा सिकाउनु पर्दछ । जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणाममुखी योजना कार्यक्रममा ल्याउन जरूरी छ । जुन योजना र कार्यक्रम, सदरमुकाममा मात्रै सिमित छन् ।
ती कार्यक्रम गाउँमुखी बनाउन पनि जरुरी छ । महिलालाई हिंसाविरुद्ध वैचारिक तथा भौतिक प्रतिकार गर्न सक्ने बनाउन उनीहरुलाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच गराउन सक्नु पर्छ । राज्यको उपस्थिति पनि पूर्वाग्रही नभई न्यायोचित हुनु पर्छ ।
प्रदेश नं. २ मा हिंसाले बढावा पाएको छ । मान्छेमा सचेतना हुनु प¥यो । हिंसा गर्दा यो कानुनी कारवाहीको भागिदार हुनु पर्छ भन्ने चेतना धेरैमा छैन । परिवारमा समाजमा र स्वयम् महिलामा पनि आफूलाई कसैले दुव्र्यवहार गरे के गर्ने भन्ने चेतना छैन । दाइजो, वालविवाह लगायतका गलत प्रथालाई हामीले हटाउनन सकेको छैन । जो महिला पीडित छन् । उनीहरुले पनि आफ्नो समस्या राख्न सक्ने गरि जागरुक हुन पर्छ ।
महिला हिंसाको विरुद्धमा सञ्चार माध्यमले सत्य, तथ्य समाचार दिइरहेका छन् । जुन राम्रो कुरा हो । सञ्चारमाध्यम, विकसित, सभ्य, सुरक्षित चेतनशील समाज निर्माण गर्ने स्तम्भ हो । सञ्चारले आफ्नो भूमिकालाई अझ तल्लो तहसम्म पु¥याउन सकनु पर्छ । महिला सवाललाई समाज र राज्यका हेरक तहमा समन्वयात्मक भूमिकामा पु¥याउन सक्नु पर्छ । महिला हिंसा न्यूनिकरण गर्न पुरुषको भुमिका पनि अहम हुन्छ ।
महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । जसरी सवारी साधन गन्तव्यमा पु¥याउन एउटा पाङ्ग्राले अर्को पाङ्ग्रालाई सहयोगीको भूमिका खेल्छ । त्यसरी नै महिला हिंसा न्यूनिकरण गर्न पुरुषको भूमिक सहयोगी हुन आवश्यक छ । मौखिक सहानुभूति नभई, व्यवहारिक रूपमा रचनात्मक सहयोग गर्दै प्रभावकारी र जबाफदेही कार्यसम्पादन गर्न जरुरी छ । सबै खाले हिंसा न्यूनिकरण गर्न विशेषतः घर परिवार समुदायबाट ऐन कानुन र नीति नियम पालनामा जोड दिनु पर्छ । एक व्यक्ति र निकायले मात्र सम्भव हुँदैन ।
दिन प्रतिदिन बलात्कार, जिउँदै जलाइने, लगायतका घटनाहरु भइरहेका छन् । त्यसमा पुरुषकोे पनि कमी नै छ । अझै पनि हाम्रो घर समाजमा वुबाको दाजुको कुरा नकाट्ने आमा दिदी कम बोल्नु पर्ने सहेरे बस्नुपर्ने अवस्था छ । त्यसमा पनि कुनै हिंसा हुँदा सामान्य सोच्ने परम्परा कायमै छ । त्यसले गर्दा महिला हिंसा बढाएको अवास्था छ ।
चेतनाको पनि कमी छ । कानून भए पनि राम्ररी कार्यान्वयन हुन सकको छैन । समाज पनि पुरातनवादी सोचकै छ । बेटी बचाउ बेटी पढाउ भन्ने कार्यक्रमहरु भइरहेको छ । तर त्यो कार्यक्रमको सार्थकता देखिदैन । कानूनको कार्यान्वय पक्ष दरिलो र बलियो बनाउनु पर्छ । घरको स्कूलिङ्ग पनि राम्रो हुनुपर्छ । किनकि शिक्षत व्यक्तिले पनि हिंसा गरिरहेको छ । आम मानिसको पनि मानसिकता परिवर्तन हुन जरुरी छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानलाई हरेक वर्ष हामी २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म मनाउँदै आएका छौँ । यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिइरहेका छौँ । यस अभियानमा विशेष गरी महिला माथि हुने हिंसा अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने तथा अभियानहरु मार्फत् निति कार्यान्वयनको लागि दवाव दिने कार्यक्रमहरु गर्ने गरिएको छ । अहिले हामीले भाषणभन्दा पनि व्यवहारमा लागू गर्नुपर्ने र आफुले दोहोराउदै आएको व्यवहार परिवर्तन गर्नुपर्ने कुरा प्रमुख हुन थालेको छ ।
लैंगिक हिंसा अन्त्य गर्नको लागि आफूबाट नै सुरु गर्नुपर्छ । अरुले गरेपछि म गर्छु भनेर अरुको बाटो हेर्नेभन्दा पनि स्वयम् नै परिवर्तनको सुरुवात गर्छु भन्ने अठोट साथ काम गर्न जरुरी छ । लैंगिक हिंसा अन्त्य गर्नको लागि एक दिवसीय कार्यक्रहरुमा मात्र सिमित नभएर हरेक दिनलाई अभियानको रुपमा मनाउनु पर्छ । अनि मात्र परिवर्तन हुन सक्छ । यस्ता अभियानहरुलाई शिक्षित वर्गमा पनि पुराउनु अति अवश्यक छ । नजानेका मानिसहरुलाई सिकाएपछि थाहा हुन्छ । तर जानेबुझेकाहरुले थाहा हुँदाहुँदै पनि आफ्नो व्यवहार परिवर्तन गर्न सकेका छैनन् । त्यसैले व्यवहार परिवर्तन गर्नको लागि पहल गर्न आवश्यक देखिएको छ ।