काठमाडौं — नेकपा एमालेले देशका सातै प्रदेश कमिटी अध्यक्षको टुंगो गरेको छ । चितवनमा मंसिर १०–१४ सम्म भएको दशौँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटी बैठकले प्रदेशको जिम्मेवारी हेरफेर गर्दै नेतृत्व पनि तय गरेको हो ।
प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् । प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा। कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव भएका छन् ।
बागमती प्रदेश अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्तौला चयन भएका छन् । गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएका छन् । कर्णाली प्रदेश अध्यक्षमा विनोदकुमार शाह चयन हुँदा उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा लालबहादुर महतरा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन भएका छन् ।
सुदुरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्ष कमल तिमिल्सिना, सचिव धर्मराज पाठक, सहसचिव बलदेव रेग्मी र भगिरथी योगी चयन भएका छन् । यस्तै उपत्यका विशेष अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन् । उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल चयन भएका छन् ।