आदिम मानिसले हातले फ््या“क्ने शस्त्रको खोजी, कृिष तथा पशुपालन गर्नुको साथै एउटा महत्वपूर्ण कुराको खोजी गर्नमा सफल हुन पुगेको थियो । यो थियो गुड्ने पा·ा्र । पा·ा्रको खोजी पछि मानव विकाशको धारा त्यसै पा·ा्रको सहायताले गुड्न थाल्यो । संभवतः पा·ा्रको अविष्कार नभएको भए विश्व आज यति छिटो यति विघ्न विकाशको फड्को मार्न कदापि सफल हुंदैन्थ्यो भने ठोकुवा गर्न सकिन्छ । अतितका दिनहरुदेखि पा·ा्रमाथि निकै अनुसन्धान, परिमार्जन र सुधार हुंदै आएर आजको अवस्थासम्म आइ पुग्न निकै समय लाग्यो । पा·्रा्र सर्व प्रथम काठको बाटुलो मुढामा प्वाल पारेर बनाइएको थियो । सामान किसिमका दुइटा मुढाको बीचमा प्वाल पारेर बनाइएको पा·ा्रको प्वालहरुमा काठकै धुरा (बहभि) छिराएर त्यसमाथि काठकै हर्षा (चेसिस) राखी त्यसमाथि (बडि) बनाएर त्यसमा मानिस वा अन्य कुनै जानवर जोतेर हांकि त्यसवाट सवारी वा ढुवानी गर्ने काम लिइन्थ्यो । यस प्रकारले गुड्ने गाडीमा बाहिरी शक्तिको आवश्यकता पर्द थ्यो जुन शक्तिले त्यसलाइ तान्ने काम गर्दथ्यो । त्यसकै बलले पा·ा्र गुडेर गती प्राप्त गर्दथ्यो । यस प्रकारको शक्ति त्यति बेला पशुधन यथा घोडा, गोरु वा पाडावाट प्राप्त गरिन्थ्यो ।
कालान्तरमा मानिस फलाम युगमा प्रवेश गर्यो । यस युगमा पा·ा्र पनि फलामद्वारा निर्मित हुन थाले तर फलामले बनेको पा·ा्र काष्ठपा·ा्र भन्दा ग¥हौ वजनका हुनाले गुडेर गती पाउनमा निकै शक्तिको आवश्यकता पर्दथ्यो । त्यसको निम्ति मानवको खोजी मस्तिष्कले वाष्पशक्तिको प्रयोग गर्नमा सफल भयो । पशुधनको का“धवाट यो जुओ उत्रेर वाष्पइन्जनको का“धमा बिसियो । एवं प्रकारले हुंदै जांदा वाष्पइन्जनवाट परिमार्जजन हुदै वाष्पको सट्टा खनिज तेलको ज्वलन शक्तिबाट आधूनिक मोटर इन्जनको अविष्कार भयो । पा·ा्र पनि हलुका फलाम तथा रबरको टायर र हावा भर्न मिल्ने ट््यूबको हुन पुग्यो ।
इन्जनहरुमा गती तथा कार्यक्षमता त निकै थियो तर त्यसको लागि इन्धनको आवश्यकता पर्दथ्यो । कोइला र खनिज तेल इन्धनको रुपमा प्रयोग हुन थाल्यो । यस इन्धनको शक्तिले पा·ा्र अब गुड्न मात्र होइन उड्न पनि थाल्यो तर प्राकृतिक खनिजको रुपमा कोइला तथा तेलको मात्रा पृथ्वीमा सिमित थियो, जसको अन्धाधुन्ध दोहनले सम्पूर्ण खनिज भण्डार नै रितिने भयले मानव मस्तिष्कले एउटा अलगै किसिमको प्रविधीको अनुसन्धान गर्नमा सफल भयो । दा“या बा“या पा·ा्र तथा एक्सल, चेसिसलाइ छाडेर पा·ा्रलाइ एक सिधमा बनाइ चक्रिय गतीको प्रयोग गरेर गती पाउनमा सफल हुन पुग्यो । यसप्रकारले निर्मित यन्त्रलाइ नाम दिइयो–‘बाइ साइकिल’–जसमा न कुनै इन्जनको न कुनै इन्धनको नै आवश्यकता पर्दछ । यसलाइ चलाउने मानिसको शारीरिक शक्तिले नै यसलाइ गती दिन संभव हुन्छ । यसमा लागेको पावदानलाइ लयबद्ध रुपमा चलाएर चेनको सहायताले गती पाउन सकिन्छ अथवा हातले घचेडेर गती प्राप्त गर्न सकिन्छ ।
साइकलको निर्माण पुरानै समयमा भएको हुंदो हो तर नेपाल तराइमा साइकल यसै शताब्दीको पहिलो दशकमा भित्रिएको हो । पर्सा जिल्लाको पा“चजना धनी मानिसहरुको लागि कलकत्तावाट साइकिल खरिद भइआएको थियो जस मध्ये एउटा साइकिल यस पंक्तिकारको गा“उमा पनि आएको थियो । पावदान चलाएर गुड्न सक्ने त्यस यन्त्रलाइ वाल्यकालमा यो पंक्तिकारले देखेर द· परेको सम्झना मन मस्तिष्कमा आलै रहेको छ ।
नेपाल तराइ क्षेत्रमा साइकिलको आगमन पछि जनसाधारण यथा शिक्षक, मजदुर
तथा सौकिन हरुकोलागि साइकिलको सवारी आवागमनकोलागि व्यापक रुपमा प्रयुक्त हुन थाल्यो भने अन्य आजिविका कमाइ खानेहरुकोलागि साइकिल मालसामानको ढुवानी गर्नकोलागि सस्तो र सरल साधनको रुपमा प्रयोग हुन थाल्यो । साइकिलले यस क्षेत्रमा ढुवानीकोलागि प्रयोग हुने पशुधनलाइ बिस्थापित गर्न पुग्यो । दाना पानी घा“स खुवाउने, लीद गोबर सोहोर्ने जस्ता खर्चिलो तथा झन्झटिलो कामवाट जनसाधारणलाइ साइकिलले ठूलो राहत पु¥यायो । साइकिललाइ खुवाउनकोलागि न दाना, घा“सको पिरलो न मुत्र, लीद र गोबर सफा गर्नु पर्ने बाध्यता पर्द छ । ढुवानी क्षमताको विचार गर्ने हो भने घोडाले दुबैतिर गरेर अढाइ मन (एक क्वीन्टल), गोरुको जोडीले बीस मन (साढे सात क्वीन्टल) बोक्न सक्थ्यो भने एउटा तन्नेरी मान्छेले साइकिलमाथि तीन क्वीन्टल माल बोकेर गा“उवाट सहरसम्म तथा सहरवाट गा“उ सम्म पु¥याउन सक्छ । साइकिलको लोकप्रियता तथा उपयोगिता दिनानुदिन बढ्दो छ ।
सवारी तथा माल ढुवानीमा साइकिलको उपयोगिता अपरिहार्य रहे पनि साइकिलले तराइमा व्याप्त पर्दा प्रथालाइ पनि विस्तारै बिस्थापित गर्दै गइरहेको देखेर यहा“को संकीर्ण मानसिकता उदारिकरण तर्फ उन्मुख रहेको कुरा स्पष्ट दृष्टीगोचर हुन्छ । यस क्षेत्रका आइमाइहरुमा पर्दा प्रथाको व्यापक प्रचलन रहेको पाइन्छ । आइमाइ मान्छेहरु प्रायः घुम्टोले मुख छोपी पर्दाका साथ आवत जावत गर्ने गर्दछन् । विगतका दशकहरुमा आइमाइहरु माइतीवाट घर वा घरवाट माइती जानकोलागि मोहरफा, पालकी तथा डोली (सवारी विशेष जसलाइ चारजना कहारहरुले बोक्ने गर्दथ्ये) को प्रयोग गर्ने गर्दथ्ये ।
आजका दिनहरुमा ती नै आइमाइहरु घुम्टो त हाल्छन तर आफ्नो श्रीमान् वा दाज्यू भाइको साथमा साइकिलको क्यारियरमा बसेर यात्रा गर्न हौसिन्छन । वाटामा यस्ता दृश्यहरु जो कोहिले पनि सजिलै देख्न पाउंदछन् । यस क्षेत्रका किशोरी तथा युवतीहरु केटामान्छेहरुको साइकिलको ता“तीमा मिसिई साइकिल चलाइरहेको दृश्य देखेर मनमा एक किसिमको संतोष अनुभव हुन्छ र लाग्दछ तराइ क्षेत्रमा उदाङ्गो हुदै गइरहेको घुम्टोले दिमागी संकिर्णतालाइ पन्छाएर आधूनिक युगको विकाशतर्फ मन्द गतीमा भए पनि फड्को मार्दै छ । यस प्रकारको लक्षणलाइ शुभ संकेतको रुपमा लिन सकिन्छ ।