श्रीलाल साह कानु ( श्रीमोदी ) बिन्दवासिनीमाई गाउँपालिकाको लागी अब नौलो नाम होइन । बुबा रुपनारायण साह कानु र स्व. आमा शारदा देवीको कोखबाट २०३४ । १ । १३ गते हालको विन्दवासिनीमाई गाउँपालिका झौवागुठीमा जन्मिएका साह २०७४ सालको स्थानीय निकायको निर्वाचनमा फोरम नेपालको तर्फबाट बिन्दवासिनीमाई गाउँपालिकाको प्रमुखमा बिजयी गाउँपालिका प्रमुख हुन । २०५० सालमा श्री राधा कृष्ण चौरसिया मा.वि. बहुअर्वा भाठाबाट एस. एल. सी पास गरी आफ्नो रुची अनुसारको समाज सेवा र राजनीतिकमा लागेको उनले बताए । पढाइलाई भने त्यहि बिश्राम दिएको र समाज सेवा गर्ने चाहना बमोजिम सुरुदेखि नै गरिब, विपन्न, असहाय र अशक्त परिवारको सेवामा लागेको उनले तर्क गरे । चाडपर्व जस्ता धार्मिक कार्यहरुमा समेत उनीहरुको हितका लागि गाँउघरका समस्यालाई ध्यान दिएर काम गरेकोले नै निर्वाचनका समयमा यत्रो धनाढ्यहरुलाई पछि पार्न सकेको उनको भनाइ छ । मेरो सुरु देखिकै चाहना शिक्षित, विकासशिल समाजको निर्माण गर्ने चाहना रहेकोले राजनीतिमा आएको उनको दावी छ । स्थानीय निकायको निर्वाचन भएको एक वर्ष बितिसक्दा विन्दवासिनीमाई गाउँपालिकाको अध्यक्ष श्रीलाल साह कानु ( श्रीमोदी ) संग गाउँपालिकाको समसामयिक विसयमा मध्य नेपाल का लागी बलिराम यादवले गरेको बिशेष कुराकानी :-
१) आर्थिक वर्ष २०७४/०७५ मा मुख्य गरी के के काम गर्नु भयो ?
बिन्दवासिनीमाई गाउँपालिका भित्ररहेको विभिन्न समस्यालाई पहिचान गरी नीतिगत बजेट बनाएका थियौं । त्यो बजेटबाट ६० प्रतिशत मात्र खर्च गर्न सक्यौ । जस अन्तर्गत, दमकल, धारा, ग्याँस सिलिन्डर लगायतका भौतिक पूर्वाधारमा बढि जोड दिइयो । निर्वाचित भएपछि नेपाली कांग्रेका गाउँपालिका प्रमुखका उम्मेदवार अथवा मेरो प्रतिद्धवन्दीले गरेको मुद्दामा नै धेरै समय अल्झेर ९ महिना जति समय उतै खेर ग¥यो । त्यसपछि प्रशासकिय अधिकृतले समेत कुनै पनि विकास निर्माण कार्यमा समन्वय गर्न नमानी मन पर्दाे काम गरेकोले त्यसलाई पनि सरुवा गराउन विभिन्न बाँधा व्यवधान झेल्नु प¥यो । बाँकीको एक–दुुई महिनाको समयमा मात्र काम गर्न पाउँदा गाउँपालिका भित्र रहेको मेन सडकको साथै गल्लीको साँगुरो सडकलाई पनि मर्मत सम्भार गर्न सकेको हो । शिक्षा, स्वास्थ, सिचाइ सम्बन्धी आवश्यक पर्ने विभिन्न स्रोत, साधन तथा सुविधा उपल्बध गराई गाउँपालिकाको केही वडालाई खुल्ला दिशामुक्त गर्न छुट्टै बजेट छुट्याएर एउटा वडालाई खुल्ला दिशामुक्त घोषणा पनि ग¥यो र अहिले अरु वडाहरु खुल्ला दिशामुक्त हुन नजिक पुगिसकेको छ । साथै गत वर्ष सानो झौवा भन्ने ठाउँमा धर्मशाला पनि निर्माण गरिएको छ ।
२) तपाई गाउँपालिका प्रमुख भएर आएको झण्डेै एक वर्ष पुगि सक्यौ । निर्वाचनको बेला जनतासंग गरेको प्रतिबद्धताहरु के के पुरा भयो ?
विकास निर्माणको कामको कहिल्यै पनि अन्त्य हुदैन । विकास भनेको निरन्तर भइरहने प्रकृया हो । समय अनुसार जनतालाई चाहिने सडक, धारा, बति, लगायतका काम भएको छ । तर यहाँको कर्मचारीकोसंग समन्वयको खाँचो र प्रशासकीय अधिकृतले समेत सकारात्मक सहयोग नगर्दा गाउँपालिकाको केन्द्र सार्ने लगायतका कुराले सार्थकता पाएको छैन । तर अब सकारात्मक काममा साथ नदिने प्रमुख प्रशासकीय अधिकृतको सरुवा लगायतका धेरै समस्या किनारा लगाइएको छ । जनताको विकासको लागी तयार पारेको धेरै बजेट सानातिना समस्याले पूरै खर्च गर्न नसक्दा जनताले मसंग गरेका धेरै अपेक्षाबाट पूरा गर्न सकेको छैन । अब धेरै समस्या अलि किनारा लाग्दै गएकोले चालु आर्थिक बर्षमा विकास निर्माणका कामले अलि गति लिन सक्छ ।
३) बिन्दवासिनीमाई गाउँपालिकालाई समृद्ध बनाउन नयाँ योजना के के ल्याउनु भएको छ ।
मुख्य गरि शिक्षा, स्वास्थ, सडक, कृषि, सिचाई लगायतका कामलाई पहिलो प्राथमिकतामा राखी यी सबै क्षेत्रको दिर्घाकालिन विकास गर्ने योजना बनाएको छ । विभिन्न तनावको कारण चाहिने जति काम गर्न सफल भएको छैन । प्रशासकिय अधिकृत र लेखापाल नै अहिले पनि खाताधारी भएकाले काम जनप्रतिनीधिको हितमा हुन सकेको छैन । कर्मचारीकै मनपरी कार्यले जनप्रतिनीधिलाई बदनामी खेप्नु परेको छ । पछिल्लो समयमा भने कर्मचारीहरु पनि जनप्रतिनीधिको साथमा चल्ने लाइनमा आइरहनु भएको छ । आगामी दिन सहकार्यबाट नै कार्य गर्ने तयारीमा छौं ।
४) बिन्दवासिनीमाई गाउँपालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरी परिचालन गर्दा केही आय आर्जन गर्न सक्ने सम्भावना देख्नु भएको छ की ?
गएको वर्ष हामीले जनतामाथि कुनै कर लगाएनौं । चनचल्ती सिफारिस बाहेक केही ठूला सिफारिसमा मात्र कर तिर्नु पर्ने व्यवस्था छ । जनताले कहिल्यै नतिरेको कर जनप्रतिनीधि आईसकेपछि लगाउँदा जनप्रतिनीधि नै बदनाम हुने हुँदा चलन चलतीका सिफारिस बाहेकका ठूला सिफासिरमा मात्र कर तिर्नु पर्ने व्यवस्था छ ।
५) बिन्दवासिनी गाउँपालिकामा रहेको बेरोजगार युवा तथा महिलाको रोजगारीको लागी के योजना ल्याउनु भएको छ ?
महिलाहरुलाई आत्मनिर्भर बनाउँन सिलाई, कटाई, बुनाई जस्ता विभिन्न सिप मुलक तालिम गराएका छौ । २ नं. प्रदेश कृषिमा आधारित प्रदेश भएको तथा विन्दवासिनीमाई गाउँपालिकामा पनि प्राय मानिस कृषि पेशबाट नै आत्म निर्भर भएको हुनाले कृषि, सिचाईको विकासको लागी आवश्यक पर्ने विभिन्न खाद्य, मल्ल र उन्नत जातका बिऊ समेत उपलब्ध गराएका थियौ । तर अहिले नयाँ ठाउँमा काम गर्ने भएको हुने हुँदा युवा वर्गलाई रोजगारतिर उन्मुख गर्न सक्ने विभिन्न स्रोत, साधन तथा तालिमको पनि व्यवस्था मिलाउने योजना छ ।
६) अहिले पनि यहाँको गाउँपालिकाको सडकको अवस्था अझै दैनीय छ । कति वर्षभित्र सडकको अवस्था सुधारी सक्ने लक्ष्य छ ?
सडकको अवस्था एकदमै राम्रो छ । गत वर्षको बजेटमा ४ फिट र ६ फिटे रोड बाहेक १० फिटे सबै सडकमा बजेट हाल्यो । जसमध्ये ६० प्र्रतिशत काम भएको छ र बाँकीको बजेट गाउँपालिकाको संचय कोषमा छ । जनप्रतिनीधि बिहिन अवस्थाको बेला बेला जस्तो खाल्टो खुल्टो पुरी काम सकाएर बजेट खाने सोच छैन । विन्दावासिनीमाई गाउँपालिकामा भएको १४ वटा गाउँको प्रत्येक सडकमा पिच वा ढलान भएको सडक र नालाको दिर्घकालिन विकास गर्ने काम हुन्छ ।
७) जनप्रतिनीधि भएर आईसके पछि यहाँको गाउँपालिकामा शिक्षा र स्वास्थको अवस्था कस्तो छ ?
स्वास्थ चौकीका कर्मचारीहरु समयमा नआउने, सेवाग्राहीलाई समयमा चेक जाँच तथा सरकारद्धारा दिएको औषधी समेत बिक्रि बितरण गरि दिने जस्ता प्रवृति थियो । तर म प्रतिनीधिको रुपमा आएपछि जनताले बिरामीलाई चाहिने विभिन्न औषधीको लागी बजेट पनि छुट्याएका छौ । सधै कर्मचारीहरु समयमा आउने तथा सेवाग्राहीले निःशुल्क औषधी र चेकजाँच गराउने बाताबरण बनाई सकेको छु । यस्तै शिक्षकहरु पनि स्कुलमा लापर्वाही पढाउने, आउने, जाने र ट्युशनमा आफ्नो मनपरी शुल्क लिएर पढाउँने जस्तो बाताबरण थियो । त्यो सबैलाई सुधार गरि शिक्षक र विद्यार्थीहरुलाई अनुशासनमा ल्याई सरकारी स्कुलमै गुणस्तरीय शिक्षा लिन सक्ने वातावरण सृजना गर्दै छौं । धेरै जसो विद्यालयहरुमा भौतिक संरचना, कक्षाकोठा जस्ता स्रोत साधनको पनि व्यवस्था मिलाईको छ । सरकारद्धार शिक्षक र विद्यार्थीहरुलाई दिईने सेवा सुविधा अथवा कर्मचारीहरुले पनि आफ्नो ज्याला समयमै पाउँन सक्ने अवस्था सृजना भएको छ । साथै अबको आउने दिनमा हामीले कम्पयुटर शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारीमा लागेका छौ ।
८) राजनीतिक रुपमा पार्टीका मान्छेहरुबाट कतिको सहयोग पाउनु भएको छ ?
पार्टीका मान्छेहरुको सहयोगले पनि चुनाव जितेको छ । तर मान्छेभन्दा पनि जनताको हित हुने, विकास हुने कामलाई मात्र प्राथमिकता दिएका छौ । कुनै पनि काममा कसैलाई काखा पाखा लगाई उपभोक्ता समिति बनाएको छैन । सबैको सहमतिमा नै समिति बनाएर काम हुदै आएको छौं । गाउँपालिका कार्यालयमा २ वटा कार्यालय सहयोगीको अवाश्यकता भएको खण्डमा मैले आफ्नो कलमबाट एउटा मान्छेलाई मात्र ज्यालादारीमा नियुक्ति दिएको छु । बाँकी अरु कुनै काममा करारमा पनि नियुक्ति दिएको छैन ।
१०) आउँदो चार वर्षभित्र यस गाउँपालिकाले के के पाइसक्नेछ ?
आउँदो चार वर्षभित्रमा यस गाउँपालिकामा कृषि उब्जनीको लागी विभिन्न स्रोत साधनको विकास, पिच र ढलान भएको फराकिलो सडकको साथै शिक्षा क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडी बढ्ने योजना छ किन भने शिक्षा नभई कुनै पनि कार्य गर्न सम्भव छै
न । कुनै पनि समुदाय वा देशको विकासको लागी शिक्षाको एकदमै महत्वपूर्ण भुमिका हुन्छ । समाज शिक्षित भयो भने हरेक विकृति र विसंगति हटेर जान्छ । त्यसकारण शिक्षित समाजको निर्माण एकदमै आवश्यक छ ।