वीरगंज । पर्सामा सवारी दुर्घटनाको संख्यामा बढेत्तरी भएको छ । अघिल्लो वर्षको तुलनामा पर्सामा ३ गुणाभन्दा बढिले सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्याङकले देखाएको हो ।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्म एक सय १८ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । जब कि गत वर्षको सोही अवधिसम्म जम्मा ३४ वटा मात्र सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । चालु वर्षको श्रावण महिनामा ट्रयाक्टर, टिपर, कार÷जिप, टेम्पो, मोटरसाईकल सहित ३४ वटा सवारी दुर्घटना भई एक जनाको मृत्यु र १० जना घाईते भएका थिए । यस्तै, गत वर्षको सोही महिनामा १४ वटा सवारी साधनको मात्रै दुर्घटना भएको तथ्याँकले देखाएको छ । सो अवधिमा ३ जानाको मृत्यु भई ५ जना घाईते भएको पर्सा ट्राफिकको भनाइ छ ।
त्यस्तै, चालु वर्षको भदौं महिनामा १६ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा परी ३ जनाको मृत्यु ३ जना घाईते भएका छन् । जबकी गत वर्ष भदौं महिनामा कोही पनि दुर्घटनामा परी मृत्यु वा घाईते नभएको पर्सा ट्राफिकको भनाइ छ । चालु आर्थिक वर्षको आश्विन महिनामा २८ वटा सवारी दुर्घटना भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । सो दूर्घटनामा ४ जना घाईते भएका थिए । गत वर्षको सोही महिनामा ६ वटा सवारी दुर्घटना भई ३ जना घाईते मात्रै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्याङकले देखाएको छ ।
यता चालु वर्षको कात्तिक महिनामा भने सबैभन्दा बढि अर्थात ४० वटा सवारी साधनको दुर्घटना भएको र २ जनाको मृत्यु भई ८ जना घाईते भएको पनि तथ्याँक छ । गत वर्ष भने कात्तिक महिनामा १४ वटा सवारी साधन दुर्घटना भई ४ जनाको मृत्यु र ४ जना घाईते भएको खुलेको छ । गत आर्थिक वर्ष कुल एक सय ७३ वटा सवारी साधनको दुर्घटना भई २८ जनाको मृत्यु भएको र ४७ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पर्साका प्रहरी निरीक्षक ट्राफिक प्रमुख सुमन कार्कीले दिनहु सावारी साधनको प्रयोग बढ्दै गए पनि सडक भने साँघुरो नै रहेका कारण पनि दुर्घटना बढ्ने गरेको बताउँछन् । गत वर्ष कोरोनाको कारण लकडाउन हुँदा त्यती सवारी साधन नचलेकोले दुर्घटन कम भएको उनले बताए । चालु वर्षमा खासगरी मोटरसाईकलको दुर्घटना बढि भएको उनले बताए । केही नयाँ सिकारु चालक, एउटा मोटरसाईकलमा ३ जना सवार हुने, हेल्मेट नलगाउने, जाँडरक्सी खाएर तिब्रगतिमा गाडी चलाउने जस्ता विभिन्न कारणले सबैभन्दा बढि मोटरसाईकल दुर्घटना भएको प्रमुख कार्कीले बताए ।
दुर्घटना न्युनिकरणको लागि ट्राफिक नियमको पालना गराउन चालक संग एक मिनेट, साप्ताहिक ट्राफिक सचेतना अभियान, पुल, ट्राफिक लेन, उकालो ओरालो ठाउँमा हुने दुर्घटना लगायतका बारेमा सचेतना फैलाउँदै आएको उनको बताए ।