नेपाली जनताहरुको बलिदानीपूर्ण संघर्षबाट स्थापना भएको संघीय लोकतान्त्रिक गाणतन्त्र आज देश र जनताका लागि महाकाल बन्दै गइरहेको छ । बहुसंख्याक नेपाली जनताको आयस्तर नाजुक छ । महंगी अस्वभाविक ढंगले बढ्दै गएको छ । जनताको व्रmयशक्ति नभएका कारण चुल्होमा आगो बाल्न नसक्दा कष्टकर जीवन बिताइरहेका छन् ।
दलाल पूँजीवादी व्यवस्थाका हिमायतीहरु वर्तमान व्यवस्थालाई जनउत्तरदायी समाजवाद उन्मूख व्यवस्था भनेर शंखघण्ट, ढोल बजाएर नाँचिरहेका छन् । यो व्यवस्था टिकाउन आवधिक निर्वाचन गराउने माहोल खडा गरिरहेका छन् । महानिर्वाचनका लागि राजनीतिक दलहरुले पार्टी निर्वाचनमा ठूलो धनराशी बेकारमा खर्च गर्न उद्धत्त छन् । ठूलो तामझामका साथ पार्टी महाधिवेशनमा जुटिरहेका संसदवादीहरुले वर्तमान राजनीति अवस्था र व्यवस्थामा संकट आइरहेको र यथास्थितिमा नरहने कुरा बुझेर पनि बुझ पचाइरहेका छन् । सदनबाट एमसीसी सहमतिमा पारित भए अब कालले आफूहरुलाई नछाड्ने बुझे हुन्छ ।
नेपाल आमाको प्रतापले देशभक्त नेपालीहरु राष्ट्रघाती एससीसी सम्झौताका मतियार विरुद्ध अन्तिम लडाइ लडेर विदेशी स्वार्थ र भक्तिलाई स्वाहा पार्न स्वःस्फूर्त जुट्न पर्ने हुन्छ । समय वलवान हुन्छ । राष्ट्रघात गर्नेलाई पुरस्कार गर्ने होइन । दण्ड अवश्य हुनुपर्छ । अहिले कालेकाले मिलेर खाऊँ भाले” को अवस्था ल्याउनेहरुका विरुद्ध भोली मरेपछि कठैवरा भन्ने स्वाभिमानी देशभक्त नेपालीहरु कोही हुँदैन । एमसीसी सन्धी गर्नु महापाप हो । एमसीसी सन्धी भित्र विश्व साम्राज्यवादी, अमेरिकाको ठूलो निहित स्वार्थ लुकेको छ । इण्डो प्यासिफिक सैन्य रणनीतिको अंग हो भनेर अमेरिकी पदाधिकारीहरुले सार्वजनिक गरीसकेपछि जानाजानी संसदबाट एमसीसी पारित गराउन भनेको महापाप हो । जति प्रायश्चित गरे पनि उनीहरुले पापबाट मुक्त्ति पाउँदैनन् । सारा संसारले थुक्ने छन् । एकपटक अफगानस्तान र इराकी जनताहरुले पाए सरहको दुःख अमेरिकीहरुबाट नेपाली जनताहरुले पाउने छन् । त्यस्तो दुर्भाग्य र नियति देशमा नहोस् भनेर देशको माया हुने ।
आफ्नो भाग्य र भविष्यको सुनिश्चितता खोज्ने प्रत्येक नेपालीले संशोधन गरेर वा हुबहु यो संसदबाट पारित गराउन हुँदैन । खारेज नै हुनुपर्दछ भनेर सडकमा जनदवाब खडा गर्न जरुरी छ । भीरबाट लड्ने गोरुलाई रामराम भन्नु बाहेक केही गर्न सकिदैन भन्ने कुरामा नेपालीहरु रहनु हुँदैन । समय छउन्जेल सशक्त जनदवाव, जनहस्तक्षेप बढाइयो भने बाध्यताबस संसदवादी दलालहरुले एमसीसी पारित नगरेर फिर्ता र खारेज गर्न पुग्छन् । नत्र अन्तर्राष्ट्रिय द्धन्द्धको केन्द्र हुनबाट नेपाललाई बचाउने कसैले सक्दैन । अहिलेसम्म स्वभिमान र स्वाधीनताको रक्षा गर्ने देश एकै पटक एमसीसीको आगोले नगाँज्ला भन्न सकिन्न । त्यसैले खारेज गर्न नेपालका संसदवादी दलहरुलाई दवाव दिन जरुरी छ ।
सत्य मेव जयते । देशभक्तिभन्दा ठूलो कुरा केही छैन । हामीले हाम्रो राष्ट्रिय स्वार्थ एमसीसी सम्झौताबाट प्राप्त हुने ५५ अर्ब रुपैयाँमा बेच्न सक्दैनौ । खबरदार । होशियार । सावधान भने विदेशी दलालहरु धम्काइ रहन थालेका छन् । अहिले नै अमेरिकाबाट विभिन्न रुपमा आएर नेपालका दलालहरुलाई दवाव बढाउनेले भोली एमसीसी पास गरेर कार्यान्वयनमा गएपछि कस्तो दवाव दिन्छन् ? भन्ने हेक्का अहिले नै हुनु पर्छ । एमसीसी सम्झौता विभिन्न दृष्टिकोणबाट खतरा छ भन्ने कुरा विभिन्न तर्क कुतर्कबाट छर्लङ्ग छ । अमेरिकाले पनि संसदबाट पारित गर वा खारेज गर भनेर सत्ताका दलालहरुलाई चेतावनी दिइरहेको प्रष्टै छ । शासन सत्ता र व्यवस्थाका दलालहरुले परिस्थिति प्रति सुझबुझ राखेर तत्काल एमसीसी खारेज गर्नुमा जस्तो बुद्धिमानी अरु केही हुन्न ।
यदि मात्तिएर दलालहरुको सहमतिमा संसदबाट एमसीसी पारित भयो भने अन्तर्राष्ट्रिय कुटनीतिक सन्तुलन बिग्रिएर देशमा गम्भिर प्रकारको खतरा र अशान्ति हुने निश्चित छ । एमसीसी संसदबाट पारित गराउन सव्रिmय रहने प्रमुख दलाल सांसदहरुको टाउको फुट्ने न्श्चिित छ । वर्तमान संसद पदलोलुप छ । राष्ट्र र जनतालाई दूरगामी प्रभाव पार्ने कुराहरु संसदबाट हुन सक्दछ । दलाल पूँजीवादी संसदीय व्यवस्थाको राजनीति गतिविधि र अमेरिका निहित स्वार्थ लुकेको एमसीसीका बारेमा मूल्याङ्कन र आलोचना हरेक स्तरमा भइरहेको छ । जनताको इच्छा आकांक्षा र विचारको अवहेलना हुनु त्यो निकै विडम्बना सावित हुन सक्छ । समयमा नै चेतना भया ।