स्व.वृजभुषणलाल कर्ण र जयवन्दनी देवी कर्णका ६ सन्तान मध्येका कान्छो हुन् डा. अच्युतानन्द लाल कर्ण । वीरगंज महानगरपालिकाको वडा नं. ९ का स्थायी बासिन्दा डा. कर्णले वीरगंजको ३१ नं. वडा परसवाको श्री ने.रा.प्रा.विबाट कक्षा पाँच, नेवाल रेल्वे मा.वि मा कक्षा सात र त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मा.वि.बाट एस एल सी उतीर्ण गरेको बताए । वि.सं.२०३२ साल साउन १७ गते जन्मिएका उनले आइएसी भारतको बिहारबाट गरेका छन् । भैरहवाको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सबाट एमबीबिएससम्मको अध्ययन पूरा गरेको पनि उनले बताए । उनी २ वर्षे स्पेशियल कोर्सका लागि अमेरिकासम्म पुगेको उनको तर्क छ । त्यसपछि पुनः बङ्गबन्धु सेखमुजिब मेडिकल यूनिभर्सिटिबाट २०१५ मा कार्डियोलोजिमा एमडी पूरा गरी नेपालको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा समेत कार्य गरेको उनको अनुभव छ । अहिले भने उनी नेशनल मेडिकल कलेजमा मुटुमा जाली हाल्ने र श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि मा मुटुरोग विशेषज्ञका रुपमा सेवा दिइरहेका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. स्वेता चौधरीसंग १० वर्ष अघि उनले वैवाहीक यात्रा सुरु गरेका हुन । हाल उनी नेपाल हृदय रोग निवारन केन्द्रका सल्लाहकार साथै बाराका जिल्लाका उपाध्यक्ष समेत हुन । उनै मुटुरोग विशेषज्ञ डा. अच्युतानन्दलाल कर्णसंग चिसोमा मुटुमा हुने समस्या, कारण र त्यसबाट बच्ने उपायबारे गरिएको बिशेष कुराकानी :-
१) चिसो मौसममा मुटुमा के कस्ता समस्याहरु देखिन्छन् ?
गर्मीको तुलनामा जाडो मौसममा मानिसहरुमा मुटु रोग सम्बन्धी जोखिम बढी रहेको हुन्छ । यस्तो अवस्थामा विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने गर्छ । रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेलामा बढी हुन्छ । चिसो मौसममा मुटुमा देखिने समस्याहरु जस्तै हृदयघात, मुटु फेल हुने, मुटुको वरिपरि पानी जम्ने जस्ता समस्याहरु हुन्छन् । यस्ता समस्याहरु सबै मौसममा हुने गर्छ । तर पनि चिसो मौसममा अली बढी नै समस्या देखिने गर्छ भने ३३प्रतिशत हृदयघात जाडोमा बढी हुने गरेको छ ।
२) चिसो मौसममा नै यस्ता समस्या बढी देखिनुको कारण के हो ?
यसको एउटा कारण चिसोले रक्तनली र शरीरमा पार्ने सिधा प्रभाव हो । अर्को, चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू हुन् । जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । मुटुमा रगत जाने कोरोनरी आटरी (रक्तनली) खुम्चिएर रक्तसञ्चारमा अवरोध हुन्छ र रगत जम्ने क्लटीन फ्याट (फाइब्रिनोजन) जाडोमा बढ्ने भएकोले रगत सम्भावना जम्ने बढाइदिन्छ । साथै बिपि हाइ हुन्छ प्रायः गरेर चिसो मौसममा मानिसहरु हिड्डुल गर्दैनन् ।
शररिमा रगतको मात्र पनि बढी हुन्छ र पसीना पनि आउँदैन । जसको कारण पसिना मार्फत बाहिर निस्कने नुन शरीरमा जम्मा भएर बस्छ । गर्मीको तुलनामा भन्दा चिसोको मौससमा खानाको मात्रा बढ्छ भने शारीरिक कसतर कम हुन्छ र वजन पनि बढ्छ । चिसो मौषममा मानिसहरु घरमै बढी समय बिताउने हुँदा मुटुलाई चाहिने अक्सिजनको मात्रा कम हुन जान्छ भने घाम बाट प्राप्त हुने भिडामिन डि को पनि कमी हुन जान्छ । अक्सिजनको मात्रा बढी चाहिने हुँदा मुटुको काम बढ्न जान्छ र रञ्तसंचर प्रवाहमा परिवर्तन भएर हृदयघात हुन्छ । सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धी र छाती दुख्ने समस्या देखा पर्न सक्छन् । जाडोको समयमा मुटुको ढुकढुकी बढाउने हार्मोनहरु बढी हुने गर्छ । यदि मुटुमा पहिलेदेखि समस्या छ भने चिसो मौसम त्यो लुकेर रहेको समस्या बाहिरिने गर्छ । मुटु र फोक्सोको सम्बन्ध भनेको नङ्ग र मासु जस्तै हुन्छ । हामीले लिएको अक्सिजन शुद्ध हुनलाई फोक्सोमा जान्छ । फोक्सोबाट शुद्ध भएर मुटुमा जाने र मुटुबाट अन्य भागमा जाने भएकोले यदि फोक्सोको रोगहरु बल्झियो भने मुटुको रोगहरु पनि बल्झिन्छ ।
३) मुटुको समस्या हुँदा देखिने लक्षणहरु के–के हन् ?
मुटुको लक्षणहरुमा सबैभन्दा बढी छाती दुख्ने हुन्छ । प्रायः गरेर देब्रे पट्टी छाती दुख्ने, विस्तारै त्यो दुखाई घाँटी, दात, कुहिना हुदै हातसम्म पुग्छ । कसै कसैको, दम बढ्ने, आतखुट्टा सुनिने, मुटु पोल्ने र बेलाबेलामा टन्सिल हुने, बेहोस हुने, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखा पर्दछन् । कहिले काँही पेटको समस्या (पेट दुख्ने, वान्ता हुने) ले पनि मुटुरोग लिएर आउँछ । पटकपटक रुघा ओकी लाग्ने र टन्सिल मात्र भइरहेने पनि हुन सक्छ ।
४) खानपानले कतिको असर गर्छ ?
खानपानको कुरा गर्दा अहिले ४० वर्षभन्दा कम उमेरमै हृदयघात हुनुको मुख्य कारण खानपान पनि हो । अहिले हामी घरको खानाभन्दा पनि बढी बाहिरको खाना र त्यसमा पनि बढी चिल्लो र मसालेदार खान रुचाउछौ । अझ जाडो मौषममा माछा मासु र अण्डा बढी नै खपत हुन्छ । जसले गर्दा मोटोपन कोल्स्ट्रोल पनि बढाउने हुन्छ र हामीले प्रयोग गर्ने तेलमा बोसोको मात्रा कम गर्ने ट्रान्स फ्याटको मात्रा कम भएकोल बोरोमा मात्रा बढ्छ र मुटुरोग बढाउछ ।
५) यसबाट बच्ने उपायहरु के–के हुन सक्छ ?
सबै मुटुरोगीहरुले गर्ने उपाय भनेको सबैभन्दा पहिला हृदयाघातबाट बच्न चिसोबाट बच्ने, तौल नियन्त्रण गर्ने, चिल्लो बोसो भएको खानेकुरा नखाने, नियमित शारीरिक ब्यायाम गर्ने गर्नु पर्दछ । चुरोट, खैनी गुट्खा सेवन नगर्ने, रिस नियन्त्रण गर्ने, मनमा कुराहरु नराख्ने, खानमा फलफूल, रेसा र चोकर युक्त खाद्यानको समायोजन गर्ने गर्नु पर्छ । सलाद, हरिया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ । यी खानाले मुटु रोगलाई फाइदा गर्छ । हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघातपछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ । त्यसैले यस्ता खाना खाएमा मुटु रोगीलाई फाइदा हुन्छ । मुटुरोगबाट बच्न मासु त्याग्नै पर्ने हुन्छ । यदि कोही मुटुको दीर्घ रोगी छ भने उसले डाक्टरको सल्लाह बमोजिको औषधीहरु सेवन गर्ने गर्नु पर्छ । यदि बिरामीलाई गाह्रो भएको छ छाती दुखेको छ भने १२ घण्टा भित्रमा गएर परीक्षण गराइयो भने ४० प्रतिशत मान्छेलाई अकाल मृत्युबाट बचाउन सकिन्छ ।
६) यो रोग कस्ता मानिसमा बढि देखिन्छ ?
पहिला यो रोग धनी मानीमा बढी हुन्थ्यो । यूरोपियन मूलूकहरुमा बढी देखिन्थ्यो । तर अहिले यो रोग सबैमा देखिन थालेको छ । यसको कारण भनेको गाउँ शहर भन्न थाले । ठूलाबडालाई हेरेर हामी दिनहुँ जसो माछामासु ्खाने, हिड्नुभन्दा पनि बढी सवारी साधनको प्रयोगमा होड बाजी छ । जसले गर्दा मुटु सम्बन्धी रोगका कारकतत्वहरुको वृद्धि भयो र मुटुरोगीका बिरामी बढ्न थालेका हुन्
७) यस रोगको न्यूनिकरणका लागि कसले के गर्नु पर्छ ?
मुटुरोग अहिले विश्व व्यापी रोग भएको छ । हाम्रो स साना बानी र बढ्दो विलासिताले पनि मुटुरोगका बिरामीको संख्या वृद्धि भएको हो । यसको न्यूनिरणका लागि सबैले आ आफ्नो क्षेत्रबाट निम्न कामहरु गर्ने हो भने मुटु रोगीको संख्यालाई कम गर्न सकिन्छ ।
यदि परिवारमा बुबा ५५ वर्षभन्दा पहिला हृदयघात भएको र ६० देखि ६५ का आमा काका मुटुरोगका कारण वितेका छन् भने त्यस्ता परिवारका सन्तानले २५ देखि ३० वर्षको उमेरमा मुटुको परीक्षण गराउँदा राम्रो हुन्छ । मोटोपना, चिनी रोगको समस्या भएकाहरुले पनि ३० वर्षमा मुटुको परीक्षण गर्नु पर्छ । सामान्य मान्छेले ४० वर्ष माथिकाले अनिवार्य रुपमा मुटुको परीक्षण गराउनु पर्छ । त्यसैगरी समुदाय वा जिल्लाका विद्यालय स्तरमा सचेतानामूलक कार्यक्रमहरु गर्नुका साथै विद्यालयस्तरका पाठ्य पुस्तकमा मुटु र मुटुरोग सम्बन्धी समस्या र बच्ने उपायबारे अध्यापन गराउनु पर्छ ।
वडा तथा पालिकाले पनि समयसमयमा मुटुरोग सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुपर्छ । त्यसैगरी प्रदेश र केन्द्र सरकारले मुटुरोगको उपचारमा सहज पहुँचको व्यवस्थाको साथै सरकारद्धारा जारी स्वास्थ्य बिमामा मुटुरोगिका लागि विशेष सहयोगको वयवस्था गर्नुपर्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायहरुले पनि मुटुको भाल्वको समस्या लगायमा विभिन्न सहयोगहरु गरिरहेको छ । यसलाई थप प्रभावकारी रुपमा संचालन गर्नु पर्दछ । हाल नेपाल हृदय निवारन संघ (हार्ट फाउण्डेसन) ले पनि १५ वर्ष मुनिका वालवालिकामा भएको मुटुको प्वाल सम्बन्धी उपचार निशुल्क उपलब्ध गराएको छ ।