“केही खाँदा होस् वा कतै जाँदा नसोधी केही गर्दैन’ मलाई उसको यो बानी असाध्यै मन पर्छ । तर पढभन्दा कहिलेकाँही अटेरी गर्छ । यो बानी सुधारिदिए हुन्थ्यो आदित्य थापाकी आमा नारायणी थापाले भनिन् । उनले आफ्नो छोराको राम्रो नराम्रो बानी बारे बताउँदै यसो भनेकी हुन् । आदित्य थापाका बुबा सुबोध थापा र आमा नारायणी थापाका पहिलो पनि हुन् उनी । उमेरले १२ वर्ष लागेका आदित्य वीरगंज महानगरपालिकाको वडा न. १५ भिस्वामा रहेको नवदीप एकेडेमीको कक्षा ५ मा अध्ययनरत छात्र हुन् । आफ्नो स्थायी घर बारा जिल्लाको कवहीगोठ भए पनि अहिले उनीहरु वीरग्ांजमै बस्दै आएका छन् । आमा नारायणी परिवार बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनीधि हुन् भने आदित्यका बुबा सुबोध एनपीएलका कर्मचारी । पहिला यूनिर्भसल एकेडेमीमा पढ्दै गरेका आदित्यले नवदीपमा कक्षा ३ देखि पढ्न थालेको बताए ।
पहिले त बाबुको पढाइ एकदमै राम्रो थियो । हुन त त्यहाँ पनि ठिकै हो । तर यहाँ पारिवारिक वातावरण छ । अनि घर नजिकै पनि । यहाँका शिक्षकहरु पनि मिजासिला छन् । त्यसैले मैले बाबुलाई यस एकेडेमीमा राखेको उनका बुबा सुबोधले बताए । शान्त स्वभाव भएको र सोधिएको प्रश्न बाहेक अरु अधिक नबोल्ने आदित्य विद्यालयका अनुशासित छात्र हुन् । पढाइ संगसंगै विद्यालयमा आयोजना हुने खेलकुद, प्रतियोगितामा पनि अब्बल रहेको उनकी शिक्षिका एवम् नवदीप एकेडेमीकी प्रधानाध्यापक शुसिला साह बताउँछिन् । एकदमै अनुशासित, भलादमी छ आदित्य उनले भनिन् । कक्षा कोठामा पनि शान्त भएर पढ्ने, नबुझेको सोध्ने बानी छ उसको । उनकी आमाले पनि पढाइबारे निकै चासो राख्नु हुन्छ । रिजल्ट निस्केको समयमा सबैभन्दा पहिला रिजल्ट आउने नै आदित्यकी आमा हुन् ।
शारीरिक कसरत हुने हुँदा ब्याडमिन्टन, कबड्डी लगायतका खेलहरु बढी खेल्न रुचाउँछन् उनी । “शरीर फूर्तिलो भयो भने मात्रै दिमाग पनि सक्रिय हुन्छ । त्यसको लागि शारीरिक कसरत आवश्यक पर्छ’ आदित्यले भने । ब्याडमिन्टन, कबड्डी खेल्दा शारिरीक कसरत हुन्छ । मलाई सौर्यमण्डलबारे जान्न धेरै रहर छ । त्यसैले मलाई विज्ञान विषय मन पर्छ । त्यहाँ नयाँ खोज अनुसन्धान र आविष्कारका कुराहरु छन् । जीव, अन्तरिक्ष, भूगोलका बारेमा जान्न सकिन्छ । अझ विज्ञान पढाउने शिक्षिका रिना म्यामको पढाउने शैली साह्रै राम्रो छ । अनि फेरि म भविष्यमा वैज्ञानिक बन्न चाहान्छु । मसँगै मिल्ने, नजानेका कुराहरु सिकाउने, जिस्किने रमाइलो गर्ने आर्यन, मन्दिप र सुभम मेरो मिल्ने र मनपर्ने साथीहरु हुन उनले भने ।
आफ्नो विद्यालयको बारेमा बताउँदै उनले भने ‘मेरो विद्यालयमा विद्यार्थीको लागि आवश्यक वातावरण छ’ । यहाँ शान्त छ, आफ्नै भवन छ । अनि ग्राउण्ड पनि । यहाँ हामी सजिलैसँग खेल्न सक्छांै । हरेक फ्लोरमा शौचालय छ । तल आइरहनु पर्दैन । पानी खानको लागि पनि तल आउँनु पदैन । मलाई मेरो विद्यालय साह्रै राम्रो लाग्छ आदित्यले आफ्नो विद्यालयबारे बताए ।