मानिस आज सबैखाले पशुहरु मध्ये बल, बुद्धि र विद्यामा शिर्षस्थानमा रहेको छ । मानव रुखबाट ओर्लेर भइमा टेकेपछि अन्य पशुहरुसित कडा प्रतियोगिताको सामना गर्नु परेको थियो । अन्य पशुहरुसित हतियार त थियो तर ती हतियारहरु अस्त्रको रुपमा नै रहेको थियो । जसलाई ती जानवरहरुले शस्त्र झैं प्रयोग गर्न सक्दैनथे । हतियारको रुपमा दांत र नङ पशुहरुको जीउमा नै स्थापित रहन्थ्यो तथा अन्य स्पर्धी पशुहरु माथि आक्रमण गर्नको लागि त्यहिसम्म जानु पर्दथ्यो । यसको विपरित आदिमानवसित ढुंगा वा काठको डण्डा फालेर अन्य जानवरहरु माथि आक्रमण गर्न सक्ने विलक्षण शक्ति विकसित भइरहेको थियो । आदिमानवहरु संगठनसाथ रहन्थे ।
जुन उनिहरुको अतिरिक्त शक्ति थियो । यति भएर पनि आदिमानव कतै न कतै अन्य पशुहरुभन्दा आपूmलाई कमजोर ठान्दथे । गुफा युगमा रहदा नै मानवलाई अतिरिक्त शक्ति प्रदान गर्ने आगोको अनुसंधान तथा पहिचान भइसकेको थियो । सम्भवतः आगोको अविष्कार नै मानवलाई अन्य पशुहरुभन्दा बलियो बनाएको थियो । आगोको अविष्कार मानिसको लागि एउटा चमत्कार थियो । आगो अन्य पशुहरुलाई तर्साएर धपाउने काममा प्रयोग हुन्थ्यो । आगोमा खाद्यपदार्थ पोलेर खादा खाना पोषिलो तथा स्वादिलो हुन्छ । खाद्य परिकार कांचै सेवन गर्नु अस्वस्थ्यकर तथा बेस्वादिलो हुनुको साथै पाचन प्रणालीकोलागि कष्टकारक हुन्छ । मानिस आगोको सहायताले खाद्य पदार्थलाइ पोलेर, पकाएर, वफाएर तथा भुटेर खान सक्दछ । खानाको विभिन्न परिकार बनाएर खान आगोको सहायताले नै सम्भव हुन सक्यो ।
आगो बाल्नकोलागि इन्धन अपरिहार्य हुन्छ । मानिसले आदिम युगदेखि नै इन्धनका विभिन्न श्रोत तथा साधन बारे अनुसन्धान तथा प्रयोग गर्न थाल्यो । सुकेको घांस, पात तथा रुख विरुवाको हा·ावि·ा आगोकोलागि राम्रो इन्धन हो । प्राकृतरुपमा यस्ता पदार्थहरु पहिले पहिले त सहज सुलभ थिए । मानिसहरु त्यसमाथि नै आश्रित रहे तर कालक्रमानुसार त्यस्ता पदार्थहरुको उचित आपूर्ति न्यून हुन थाले पछि त्यस्तो इन्धनको विकल्पको रुपमा अन्य साधनको खोजी अनुसन्धान हुन थाल्यो । विभिन्न कालखण्डमा मानिसले खनिजकोइला, ज्वलनशील तेल, विद्युत तथा अन्ततः केहि दशक पहिले खनिज गैस पता लगाउन सफलता पाउन सक्यो । इन्धनको रुपमा यी जम्मै साधनहरु व्यापक रुपमा प्रयोग हुन थाले । यसरी प्रयोग हुन थाले पछि योजना बिनाको प्राकृतिक दोहनको कारणले इन्धनका त्यस्ता साधनहरु न्युन हुन थाले जसको प्रत्यक्ष मार मानव जीवनमाथि पर्न थाल्यो ।
पंचायतकालमा हाम्रौ देशको प्रमुख नारा थियो–‘हरियो बन नेपालको धन’ ! नेपालमा त्यस बेला बन हाम्रो देशको विस्तृत भूभागमा विद्यमान रहेको थियो । अर्को नारा पनि थियो– ‘खडा रुख सरकारको, लडेपडेको रुख जनताको’ ! केहि शुल्क राजस्वको रुपमा तिरेर जनताले बन पैदावरकोलागि वन विभागमा स्थापित रहेका घाटहरुमा पुर्जी पाउदथ्ये । त्यस पुर्जीले गोरुगाडामा ज·लबाट लडेपडेका काठ दाउरा जनताले ल्याउन पाउदथ्ये, जीवित रहेका खड़ा रूख भने काट्न पाइदैन्थ्ये । दाउराकोलागि जनतामा कुनै प्रकारको अप्रापयता थिएन । जनताको चूल्होमा दाउराको प्रशस्ती रहन्थ्यो । पंचायत काल पछि देशमा बहुदलीय व्यवस्था र गणतन्त्र आयो । राजनैतिक अभ्यासमा कुन्नि के भयो ? वनको पुर्जी बन्द भयो तथा जनताको चूल्होको प्रयोगकोलागि दाउरा अप्राप्य भयो । केहि टाठा बाठा नेता भनाउदा मानिसहरु तथा हाकिम हुकामहरु आपसी मिलोमतोमा बन्यसम्पदा झ्वाम्म पारे । जनता हेरेको हे¥यै भए । गोरू–गाड़ा, ट्रय्क्टरको ढुवानिबाट समेत न मासिएको जङ्गल साइकिल र ‘कान्हभरवा’(खर्पन झै कांधमा बोक्ने)ले सखाप पारिदियो ।
इन्धनको यस्तो समस्याबाट छुटकारा पाउनकालागि गा“उका किसानहरुले आफ्नो बांझो, आली तथा पर्तिहरुमा विभिन्न खाले जातका बोट विरुवा रोप्न थाले । किसानहरुले पालेका गाइवस्तु, गोरु तथा भैंसीहरुको गोबरले चिपरी(गुइंठा), गोहरा(लामो गुंइठा) बनाएर घाममा सुकाइ खाना पकाउनकोलागि इन्धनको रुपमा प्रयोग गर्न थाले । वर्तमान समयमा केहि दशक पहिलेदेखि रुख विरुवाहरुमा अज्ञात रोग लागेर सुकि सखाप भइसके । केहि समय पहिले सम्म प्रत्येक गा“उहरुमा ठूल्ठूला बगैंचाहरु रहेका हुन्थे जसमा आ“प, जामुन,कटहर,अम्बा,सिसौका बिशाल बिशाल रुखहरु हुन्थे । अबका दिनहरुमा कुनै पनि गा“उमा त्यस्ता रुख वा बगैंचाहरु बांकि छैनन् ।
किसानहरुले चिपरी, गोहरा बनाउनकोलागि गोबर उपलब्ध छैन किनकि यान्त्रिक बिस्तारको कारणले अब गाइ बस्तु वा भैंसी, गोरुहरु छैनन् । खेतीको कामकोलागि विभिन्न खाले यन्त्रहरुले पशुधनहरुलाइ बिस्थापित गरि दिएकाछन । गोरुगाडाको अस्तित्व नै समाप्त भइसकेको तथ्य हाम्रो आ“खाको सामुने छ । पुराना दिनहरुमा खेतीको काम जसरी हलो गोरुले गर्न सकिन्थ्यो । आज किसानले त्यस्तो सोच्न पनि सक्दैन । वर्तमान अवस्थामा मानिस मरेपछि लाश जलाउनको लागि दाउरा अप्राप्य भइसकेको छ । यस्तो समयमा विहान बेलुका घरकी गृहिणीले खाना पकाउनकोलागि घरमुलीसित दाउराको मांग गरे पछि विचराको आ· काम्दछ । दाउराको वर्तमान अवस्था यस्तो छ भन्ने भविष्यमा के हुने होला ? दाउरा, मानव जीवन र मृत्यु पर्यन्तसम्म आवश्यक भएको बुझ्न जरुरी छ ।