नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले प्रचण्ड र माधव नेपालका कारण देश धरातलमा गएको आरोप लगाएका छन् ।
पर्साको जगरनाथपुरमा आयोजित नेकपा एमालेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलिले जाल झेल गर्दै गठन भएको सरकारले बैंकमा तरलता देखी सबै क्षेत्र अस्त व्यस्त बनाएको उनको आरोप थियो ।
जनताले बैकबाट कारोबार गर्नका लागी धितो लिन पनि नसक्ने अवस्थामा पुगेकाले देश फेरी गरिबी तर्फ धकेलिएको उनको भनाई थियो । अदालतले गठन गरेको तालमेलन मिल्न नसकेको सरकारको दुरदशाका कारण देशलाई बचाउन आउदो निर्वाचनमा नेकपा एमालेलाई विश्वास गर्न आग्रह गरेका थिए ।
माओवादी केन्द्रका तर्फबाट जगरनाथपुर गाऊँपालिकाको अध्यक्षमा निर्वाचित जालिम मियाँलाई एमालेमा पार्टी प्रवेश गराउन ओलि पर्सा आएका थिए ।
कार्यक्रममा उनले एमालेले गरिबि हटाएको, बालबालिकालाई निःशुल्क पाठयपुस्तक उपलब्ध गराएको, वृद्धा भक्ता लगायतको वितान्त सुनाउँदै अध्यक्ष ओलिले प्रचण्डलाई मैले साथ नदिएको भए उहिले पत्ता साफ हुने बताएका थिए । भागबन्डा मै अलपत्र परेको कांग्रेस माओवादीलाई आउदो निर्वाचनमा जनताले पता साफ गर्ने दाबी गरेका थिए ।
आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलिले नेकपा एमालेको सरकारले विद्यार्थीहरुका लागी निःशुल्क पाठयपुस्तक उपलब्ध गराएको बताउँदै गर्दा सोही कार्यक्रमका लागी भने विद्यालय बन्द गराएर विद्यार्थीहरुलाई पार्टी प्रवेश कार्यक्रममा उपस्थित गराएको थियो ।
मञ्चमा आउनासाथ १ सय ५० किलोको माला पहिराएर जगरनाथपुर गाऊँपालिका अध्यक्ष जालिम मियाँले केपी शर्मा ओलिलाई स्वागत गरेका थिए । कार्यक्रमा बोल्दै अध्यक्ष ओलिले देशलाई छिटोभन्दा छिटो विकासोन्मुल देशमा रुपान्तर गर्न चुनावपछि नेकपा एमालेकै सरकार बन्ने धारणा राखेका थिए ।