पर्सामा यस वर्ष धान उत्पादनमा बृद्धि भए पनि किसानहरु निराश भएका छन् । यो वर्ष समयमै पानी परे पनि धानको उत्पादन पहिलेको तुलनामा खासै बृद्धि नभएपछि किसान निराश भएका हुन् ।
बल्ल उत्पादन भएको धान पनि अघिल्ला सरकारका पालामा जस्तो समयमा नै खरिद प्रकृया नहुँदा किसान मर्कामा परिरहेका छन् । पर्सामा तीन बाली धानखेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुने गरेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । अगहनी धानमा सबैभन्दा बढि सोना मन्सुली रोपिन्छ । गत वर्षको तुलनामा यो वर्ष चैते, भदैया र अगहनी धानबाली ४ हजार ५ सय ७५ मैट्रिक टन बढि उत्पादन भएको छ । पर्साका किसानहरुले गत वर्ष ४७ हजार ५० हेक्ट क्षेत्रफलमा गरेको तीन बालीको धान खेतीको कुल उत्पादन २ लाख २८ हजार ६ सय ६० मैट्रिक टन रहेको ज्ञान केन्द्रको भनाइ छ । यो वर्ष ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा गरिएको चैत्र, भदैया र अगहनी धानाको कुल उत्पादन २ लाख ३३ हजार एक सय ३५ मैट्रिक टन उत्पादन भएको छ । गत वर्षको तुलनामा यो वर्ष ८० हेक्टर क्षेत्रफलमा बढि धान खेती भए पनि अधिल्लो बर्षको तुलनामा यो वर्ष १ प्रतिशतले मात्रै उत्पादन बढेको पनि ज्ञान केन्द्रको भनाइ छ ।
समयमै पानी गरे पनि किसानहरुले लगाएको अगहनी धान बालीको उत्पादत्व दरमा समेत कमी भएको छ । गत वर्षको तुलनामा यस वर्ष २० हेक्टर क्षेत्रफलमा बढि अगहनी धान रोपाई भए पनि परसालको तुलनामा धानको उत्पादन भने खासै बढेको छैन । यो वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरिएकोमा उत्पादकत्व ४.८ प्रतिशत मैट्रिक टन प्रति हेक्टरको दर १ लाख ६८ हजार ९६ मैट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्ष लगाइएको अगहनी धानको उत्पादनको तुलनामा एक हजार ८ सय ४६ मैट्रिक टन बढि उत्पादन भएको छ ।
त्यसै गरी यो वर्ष भदैया धान खेतीतर्फ गत वर्षको तुलनामा १ हजार ७ सय ६४ मैट्रिक टन धान उत्पादनमा बृद्धि भएको छ । यो वर्ष ८ हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा गरिएको भदैया धानबालीबाट उत्पादकत्व ५.४ प्रतिशत मैट्रिक टन प्रतिहेक्टरको दरले ४६ हजार २ सय २४ मैट्रिक टन उत्पादन भएको तथ्याँक छ । यो वर्ष चैते धान खेतीको उत्पादन गत वर्षभन्दा ९ सय ६५ मैट्रिक टनले बढेको छ । गत वर्षभन्दा ५० हेक्टर क्षेत्रफल बढि अर्थात ३ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धानबाली ५.३ प्रतिशत मैट्रिक टन प्रतिहेक्टरको दरले १८ हजार ८ सय १५ मैट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
धान खरिद प्रक्रियामा ढिलासुस्ती
किसानले उत्पादन गरेको धान खरिद गर्ने सरकार मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सयममै धान खरिद नगर्दा किसान मर्कामा परेका छन् । खेतीपातीमै श्रम लगाएका किसानहरुले उत्पादन गरेको धानको मूल्य निर्धारण गरी सरकारले समयमा धान खरिद नगर्दा किसान दोहारो मारमा परेको जनाएका छन् । उत्पादन गरेको धान नै बिक्री वितरण गरेर दैनिकी चलाउने, गहुँ खेती गर्ने हुँदा उचित मूल्य नपाएर धान बिक्री नहुँदा व्याजमा ऋण लिएर गहुँ खेती गर्नु परेको पर्साका किसानहरुले गुनासो छ । ‘‘मलको अभावले गर्दा धान राम्रोसंग उब्जनी भएको छैन । प्रति क्विनटलको रु २४ देखि २५ सय रुपैयामा बिक्री हुन्छ । कहाँ पोसाउँछ’, पर्साका किसान भीम राउत भन्छन् ।’’ खेतीमा धेरै खर्च लागिरहेको छ । तर धानको उब्जनी पनि छैन र भाउ पनि छैन । यी समस्या हुँदा पनि कसले हाम्रो आवाज सुन्ने भन्दै राउतले दुःखेसो पोखे । आफूले उत्पादन गरेको धान गाउँघरमा नै बेचेको मात्र सुनेको पर्साको जगतपुरका जाकिर मियाँ बताउँछन् । उनले पनि भने, ‘‘२४ देखि २६ सय रुपैया क्विनटलसम्म बिक्री भएको छ , त्यतिले त लगानी पनि उठ्दैन । तर त्यही भाउमा बिक्री भइरहेको छ त के नै गर्न सकिन्छ र’’ ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजका प्रवन्धक विकास कटुवालले साविकको वर्षभन्दा यो वर्ष धान खरिद प्रक्रिया २० दिन जति ढिलो भएको बताए । पुस ८ गतेदेखि धान खरिद गर्ने प्रकृया सुरु भएको बताउँछन् । नेपाल सरकारको समर्थन मूल्यमा यो वर्ष सोना मंसुली धान प्रति क्विनटल २ हजार ९ सय २ रुपैयाको दरले र जिरा मसिनो धान प्रति क्विनटल २ हजार ९ सय १० रुपैयामा प्राथमिक समिति खरिद समितिको निर्णय अनुसार दर तोकिएको प्रबन्धक कटुवालले बताए ।
प्रबन्धक कटुवालका अनुसा यो वर्ष सोना मंसुली धान १५ हजार क्विनटल र जिरा मसिनो धान ३ हजार क्विनटल खरिद गर्न प्रधान कार्यालयले हामीलाई कोटा तोकेको छ । किसानहरु बढ्दा कम्पनीले खरिद प्रकृया थपघट गर्न सक्ने उनले बताए । गत वर्ष धान खरिद गर्ने कार्यक्रम छिट्टो भएको र तल्लो लेबलका किसान पनि समेटिएको हुनाले कोटा कम गरिएको छ । आवश्यक परे कोटा बढाउन पनि सकिने उनको भनाई छ । सुगम ठाउँमा कार्यालय भएको यस कार्यालयसम्म साना किसानको पहुँच कम भएको प्रबन्धक कटुवाल बताउँछन् ।
गत वर्ष मंसुली धान ३५ हजार क्विनटल खरिद गर्न कोटा पाएकोमा प्रति क्विनटल २ हजार ८ सय ८५ को दरले ३५ हजार क्विनटल खरिद गरिएको थियो भने स्टिम जिरा मसिनो धान ५ सय क्विनटल खरिद गर्न कोटा पाएकोमा प्रति क्विनटल २ हजार ९ सय ९० को दरले २ सय १६ क्विनटल धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंंजले जनाएको छ ।
गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)