वीरगंज महानगरपालिका अन्तरगर्त रहेको माईराम पोखरी ग्रिन पार्क पोखरीमा परिणत भएको छ । झण्डै अतिक्रमित भईसकेको पोखरीलाई निकै संघर्षपछि अहिले उक्त स्थानमा ग्रिन पार्क पोखरी (चिल्ड्रेण पार्क) निर्माण भएको छ ।
एसियालि विकास बैंकको सहयोगमा वीरगंजमा सञ्चालित मझौला सहरि एकृकित वातावरणीय सुधार आयोजना अन्तरर्गत २०१४ बाट निर्माण सुरु भएको यस पार्कको निर्माण समपन्न भएर महानगरलाई हस्तनान्तरण गर्ने चरणमा पुगेको छ ।
कुल साढे ४ करोडको लागतमा चिल्ड्रेन पार्क निर्माण गरिएको परियोजना अधिकृत शैलेन्द्र श्रेष्ठले बताए ।
पौने ४ विग्हा क्षेत्रफलमा रहेको माईराम पोखरीलाई एनएमसि अस्पताल, विके प्रशाद, महेश मितल, शाक्य भवण लगायतकाले अतिक्रामण गरेपछि जम्मा १४ कठ्ठामा सिमित भएको थियो । तर नापी कार्यालयको नाप नक्शा अनुसार १९ कठ्ठामा कायम रहेको जग्गालाई खाली गराई चिल्ड्रेण पार्क निर्माण बनेको हो ।
निर्माण समपन्न भएको पोखरीमा वाटर फाउन्टेन, किड्स जोन, ओपन थिएटर, नृत्यगान स्थल, पिकनिङ्ग स्पोट, टेबल टेनिस स्थल, कोर्डिआर्ट, बच्चाहरुका लागी खेल्ने अलग्गै खेल मैदान, साझा घुमघाम गर्ने सिटि म्यानेजमेट, महिला पुरुषको लागी अलग्गै शौचालय लगायत सुविधा सहितको विहान मोर्निङ्ग वाक गर्न सक्ने हिसाबले समेत पार्क निर्माण भएको छ ।
शनिवार हस्तनान्तरण गर्ने क्रममा रहेको महानगरपालिकाले पिपिए मोडल मार्फत केही आयस्रोतका लागी ठेक्का लगाउन सक्ने छलफल भएपनि वीरगंज महानगरपालिकामा पिपिए मोडल समेत फलदायी नभएकाले तत्कालका लागी महानगर आफैले सञ्चालन गर्ने मेयर विजय सरावगीले बताए । उनले भने, पार्कमा ४ वर्ष अगाडी नै बनाउने डिजाईनहरु भएकाले तत्कालका लागी हामीले बढि भन्दा बढि उपयोगि बनाउने हिसाबले हामी अगाडी बढिरहेका छौँ ।
पार्कमा झुला, प्राकृतिक जुस कर्णर, विहान विहान योगा क्लास लगायतको सुविधा समेत थपेर अगाडी बढाउनेकी भन्ने बारेमा छलफल भईरहेको उनले बताए ।
+ थप फोटो फिचर