वीरगंज । प्रदेशको नाम तथा राजधानीको टुंगो लगाउन सभामुख सरोज कुमार यादवको अध्यक्षतामा १६ सदसिय सर्वदलिय संसदिय समिति गठन गरिएको छ । प्रदेशसभामा ५ वटा छुट्टाछुट्टै प्रस्ताव दर्ता भएपछी त्यसलाई सर्वसम्मत गर्न सर्वदलिय समिति गठन गरिएको सभामुखको सचिवालयले जनाएको हो ।
समितिले एकदुई दिनमै कार्यबिधि बनाई १५ दिनभित्र सहमतिको प्रयास गर्ने जनाईएको छ । सभामुख यादवको अध्यक्षतामा गठित समितिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनितिक दलका प्रदेशसभा सांसद सदस्य छन् । राजधानीको विषयमा अधिकतम दलको धारणा एयटै भएपछी नामका लागि विभिन्न प्रस्तावहरु प्रदेहसभामा आएपछी समितिको गठन गरिएको लोकतान्त्रीक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले जनाए ।
संविधानमा उल्लेख भए अनुसार प्रदेशको नाम तथा राजधानी प्रदेशसभामा रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले मात्रै तय गर्ने भएकोले सबै राजनितिक दलहरुको साझा प्रस्ताव बनाउन सिमतिले छलफल गर्ने साहले बताए । प्रदेश २ मा रहेको जसपा, लोसपा र माओवादीले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव पेश गरिसकेका छन भने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९एस० ले भिन्न नामहरुको प्रस्ताव गरेका छन् । राजधानी भने सबैले जनकपुरलाई नै बनाउने प्रस्ताव गरेका छन् ।
काँग्रेसकै एकजना प्रदेशसभा सदस्यले राजधानी विरगञ्न हुनुपर्ने प्रस्ताव समेत पेश गरेका छन् ।कुल १ सय ७ सदसिय प्रदेशसभामा माओवादीका ३ सदस्य बर्खास्त भएपछी १ सय ४ सदस्य रहेका छन् ।
दुईतिहाई बहुमतकालागी ७० सदस्य चाहिनेमा मधेश प्रदेश पक्षका जसपा, लोसपा, माओवादी मिलेर ६३ जना सदस्य छन् । प्रदेशसभामा काँग्रेसको २२, नेकपा ९एस० को १३ र नेकपा एमालेको ८ सदस्य छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टीको १ सदस्य रहेका छन् ।
सभामुदखको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा उपसभामुख उपमा देव तथा सदस्यहरुमा प्रदेशसभा सदस्यहरु उपेन्द्र कुशवाहा, किशोरी साह, जगत प्रसाद यादव, दिलिप कुमार साह, परमेश्वर साह, बिन्देश्वर प्रसाद यादव, सत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शेलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री साह, सुन्दर विश्वकर्मा र सुरिता साह रहेका छन् ।