कानून बिपरित भारतीय सवारी चालक अनुमती पत्रलाई नेपाली कारण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा यातायात कार्यालय बीरगंजमा कार्यरत कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार बिशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ ।
गैर कानूनी रुपमा भारतीय सवारी चालक अनुमतीपत्र नेपाली करण गरेको र त्यसको अभिलेख समेत नराखी बदनीयतका साथ नेपााल सरकारलाई हानी नोक्सानी पु¥याउने काममा तत्कालीन कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालिन शाखा अधिकृतहरु कमलराज गौतम, शालीग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालिन नायब सुब्बा अविन्दर दासको सो कार्यमा संलग्नता रहेको फेला परेको अख्तियर दुरुपयोग अनुन्धिान आयोगले जनाएको छ।
सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम यकिन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमति पत्र जारी गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृतद्वय कमलराज गौतम र शालीग्राम पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिइ आइतवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनायो ।
साथै नेपालीकरणको लागि प्राप्त निवेदन र सो साथ संलग्न अन्य कागजातहरु र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम(तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
अख्तियारले आरोप पत्र दायर गरेपछि उनीहरु स्वतः निलम्बनमा परेका छन ।