वीरगंज । वीरगंजस्थित नेपालको पहिलो श्रीसिया सुक्खा बन्दरगाह कार्यालय सञ्चालन गर्ने प्रिस्टिन भ्याली प्रालिले तौलपुल बिगारी नेपाली व्यवसायीहरुसंग डिटेन्सन लगायतको अतिरिक्त शुल्क असुल्ने गरेको छ ।
नेपालका लागी तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापटनम, हल्दियापोर्ट लगायतको बन्दरगाहबाट मालबाहक ट्रेन मार्फत वीरगंजको सुख्खा बन्दरगाह कार्यलय हुदैँ मालसमानहरु मगाइने गरेको छ । तर गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा नगरिदिंदा नेपाली व्यवसायीहरु ठगिदै आएको गुनासो गरेका छन् । दुईवटा तौलपुल भए पनि एएटा तौलपुल पटक पटक मर्मत भईरहेको सुचना दिदैँ एउटा मात्रै सञ्चालन हुँदा दैनिक सयौँ व्यापारी तथा मालबाहक ट्रक धनीहरुले अतिरिक्त शुल्क तिर्न पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यसरी अतिरिक्त शुल्क तिर्दा त्यो शुल्क पनि उपभोक्ताको टाउकोमा नै आइपुग्ने र हरेक सामानमा मुल्यवृद्धि हुने पाइएको छ । व्यापारी व्यवसायीले तिरेको अतिरिक्त शुल्क उनीहरुले व्यहोर्ने नभएपछि अन्ततः उपभोक्ताहरु नै प्रिन्टिन भ्यालीबाट ठगिने निश्चित प्रायः छ ।
मुख्यतः समयलाई सहजीकरण गर्न कम समय र कम लागत लाग्ने उद्देश्यले सञ्चालनमा रहेको सुक्खा बन्दरगाह कार्यालयमा व्यवसायीहरुले तिन तिन महिनासम्म मालसमान होल्ड गर्नु पर्ने बाध्याता रहेको व्यवसायीको भनाइ छ । तेस्रो मुलुकका मालसमान सहज उपलब्धताका लागी सुख्खा बन्दरगाह सञ्चालनमा आए पनि सुक्खा बन्दरगाह कार्यालय ठेक्कामा लिएका भारतीय कम्पनी प्रिस्टिन भ्याली प्रालिको मनपर्दो कमाई धन्दाका कारण नेपाली व्यवसायीहरु ठगिदै आएको उनीहरुको तर्क छ । उपकरणहरुको व्यवस्थित व्यवस्थापन गर्न नसक्दा नेपाली व्यवसायीले अनेक समस्या झेलिरहेको व्यवसायी सुरेश कुमार रुंगटाको तर्क छ ।
कार्यालय भित्र बिसिएन गोदामबाट बोराबन्द सामानमा मल, स्पन्ज आइरनको धूलो, भटमास, चामल, चिनी र त्यसैगरी खुल्ला गोदामबाट फलामजन्य औद्योगिक कच्चा पदार्थमा एमएस बिलेट, स्पन्ज, एङ्गल च्यानल बिम, एचआर सिट, एचआर क्वाइललगायत सामान ट्रक र टेलरमा लोड गरी जाँचपास गर्नुपर्छ । दैनिक १ सय २० भन्दा बढी गाडी निस्किनु पर्नेमा एउटा तौलपुल बिग्रँदा ८० वटा गाडीको मात्र दैनिक जाँचपास भइरहेको छ । अन्य गाडीहरू लाइनमा बसेर घण्टौं कुर्नु पर्ने बाध्यता रहेको उनी जस्तै अन्य व्यापारीहरुको समेत आरोप रहेको छ । नेपाली व्यवसायी र गाडी चालकहरुले तौलपुलका कारण दोहोरो शुल्क तिर्नु परेको सुख्खा बन्दरगाहमा माल ढुवानी गर्न पुगेका चालक मनजय सहनीले बताए ।
प्रिस्टिन भ्यालीले पार्किङ, गोदाम शुल्क, प्रवेश शुल्क लिदै आएको छ । यस बाहेक तौलपुल गरे बापत समेत आयातकर्ताले प्रतिगाडी साढे चार सय रुपैयाँ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्यालीलाई नै तिर्नु पर्ने हुन्छ । तर समयमा गाडी तौल हुन नसक्दा समयमैं गाडी निस्किन पाउँदैन भने अर्कोतर्फ लामो समयसम्म मालसामान बोकेर लाइनमा गाडी होल्ड हँुदा गाडीको चक्का, मिरर ग्लास लगायतमा पनि क्षति पुग्ने गरेको व्यवसायी मोतिलाल यादवको तर्क छ ।
अहिले पनि पश्चिमतिरको तौलपुलले मात्र थेगिरहेको छ । भने, पूर्वपट्टिको तौलपुल विगत १२ दिनदेखि बिग्रिएर मर्मत सम्भार नभएको उनको भनाइ छ । व्यवसायीका अनुसार बिसिएन गोदाममा भारी सामान लोड अनलोड गर्ने क्रेन र हाइड्रा पनि बिग्रेको अवस्थामा रहेकाले सामान लोड अनलोडमा समेत समस्या भइरहेको अर्का व्यवसायी रामराज मण्डलले बताए ।
प्रिस्टिन भ्यालीका सञ्चालक प्रमुख अतुल कुमार शर्माले भने तौलपुल लगायत अन्य उपकरणको व्यवस्थापनको लागि कम्पनी गम्भीर रहेको दाबी गरे । दुईवटा काटा मध्ये एकवटा बन्द हुदाँ समस्या नरहेको उनको तर्क छ । एउटाले भए पनि कामलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)