नेपालको आवादी हिमाल, पहाड र तराइमा छरिएर बसेको छ । शहरी क्षेत्र त्यति व्यापक न रहेकोले अधिकांस जनसंख्या मुख्यतया ग्रामिण क्षेत्रमा बसोवास गरिरहेको अवस्था विद्यमान रहेको छ । जनसाधारणको दैनिक जीवनयापनका सामग्रीहरु शहरीक्षेत्रको बाजारमा उपलब्ध रहेको हुन्छ तथा बाटो–घाटो, सवारी–साधन आदि विभिन्न समस्याहरुको कारणले ग्रामिण मानिसहरुको त्यस्तो बजारहरुमा सजिलो पहुच सम्भव हुदैन । यसै समस्याको समाधानकोलागि प्राचीन समय देखि नै स्थानिय बजारको परिकल्पना भएको हो । पहाडी ठा“उहरुमा दुइचार थुम्काहरुको बीचमा पाएक पर्ने स्थानमा साप्ताहिक बजार लाग्ने गर्दछन ।
ती बजारहरुलाइ साप्ताहिक हटिया भन्ने गरिन्छ । यस्ता बजारहरु प्रायः हप्तामा दुइ वा एक दिन अथवा कुनै निश्चित तिथिको दिन लाग्ने गर्दछन । जुन दिन वा तिथिको दिन बजार लाग्ने निश्चित रहेको हुन्छ त्यस बजारको नाम त्यसै बार वा तिथिको नामले त्यो बजार वा ठाउँ प्रसिद्ध रहन्छन । उदाहरणको रुपमा आइतबारेबजार, मंगलबारेबजार, औंशीबजार, नवमी बजारहरुलाइ लिन सकिन्छ । तराइमा पनि शहरी क्षेत्र भन्दा टाढा रहेका दुइचार गाउँहरुको बीच पाएक पर्ने खुल्ला स्थान वा चउर जस्तो स्थानहरुमा यस्ता बजारहरु कुनै निश्चित दिनको दिन लाग्ने गर्दछन । तराइमा यस्ता बजारहरु प्रायः हप्तामा दुइ पल्ट लाग्ने गरेका पाइन्छन । यस्ता बजारहरु पहाड तथा तराइ दुइटै ठाउँहरुमा अपरान्ह पछि नै लाग्ने गर्दछन । हुन त बिक्रेताहरु आफूले बेच्ने सामानहरु बजारमा विहानै देखि ओसार पसार तथा उपयुक्त ठा“उमा सजाउन लागेको भए पनि बजारको वास्तविक चहल पहल तथा रौनक भने तेश्रो प्रहरमा ग्राहकहरु भुम्मिन थाले पछि मात्र शुरु हुन्छ ।
यस्ता बजारहरुमा जनसाधारणको दैन्दिन प्रयोगकोलागि अत्यावश्यक पर्ने खाद्यान्न, नून, मसला, अम्मलहरु, मौसम अनुसारका ताजा तरकारी तथा सागपातका साथै माछा र मासु बिक्रि हुने गर्दछन । कुनै कुनै बजार दही तथा घ्यू जस्ता दुग्धजन्य पदार्थहरुकोलागि प्रसिद्ध रहेका हुन्छन । तराइका गृहस्थहरुको घरमा भोज भतेर परेको बेला यस्ता बजारहरु लाग्ने दिन पर्खिनु पर्ने हुन्छ किनकि भोजकोलागि आवश्यक पर्ने चिउरा, दही, चिनी तथा हरिया तरकारीहरु त्यसै बजारबाट नै पूर्ती हुन्छ । यस्ता देहाती बजारहरुमा स्थानिय जडीबूटी, हा“स, कुखुरा, परेवाहरु सजिलै उपलब्ध रहेको हुन्छ जसलाइ शौकिनहरुले सहजताका साथ खरिद गर्न पाउदछन ।
सानोसानो बच्चाहरुकोलागि लगाउने सस्तो लुगा, टोपी तथा खेलौनाहरु पनि यस्ता बजारमा सहज उपलब्ध रहन्छन । किसानहरुकोलागि कृषिजन्य बिउविजन, रासायनिक मलखाद, किटनाशक औषधी तथा ससाना कृषि ज्यावल(खुर्पी, हसिया आदि) उपलब्ध रहेका हुन्छन । बजारमा किन मेल गर्न आएका ग्राहकहरुको नाश्ताकोलागि चना– चिउरा, जिलेबी–बुनिया, पुरी–तरकारी, मासुको सेकुवा–तास पनि उपलब्ध रहेको हुन्छ । ठूलाठूला कपडा पसल, औषधी पसल, सुनचाँदी पसल, तथा अन्य व्यापारिक प्रतिष्ठानहरु यस्ता बजारहरुमा उपलब्ध रहेका हुदैनन किनकि यस्ता बजारहरुमा बस्ने स्थानिय व्यापारीहरुसित ती पसलहरुकोलागि आवश्यक पर्ने लगानी पूंजीको अभाव रहेको हुन्छ । सानो ठाउँकोलागि ठूलो पूंजी लगानी गर्न शहरिया व्यापारीले आँट गर्र्न सक्दैनन ।
पुराना दिनहरुमा गृहस्थले आफ्ना आवश्यकताभरिका सामनहरु हटिया बजारहरुबाट किनेर राख्ने चलन थियो । ग्रामिण मानिसहरु मुख्यतः किसानी पेशाका भएको हुनाले अन्न बाहेक नगद रकमको अभावमा रहन बाध्य हुन्थे । बजारका सामग्रीहरु किन्नकोलागि जनसाधारणले घरबाट अन्नको भारी लिएर बजारमा आउदथे । बजार बाहिरको खुल्ला ठा“उमा अन्न किन्ने व्यापारीहरु बसेका हुन्थे, त्यही अन्न बेचेर त्यसबाट पाएको नगद रकम लिइ बजारमा किनमेल गर्दथे ।
अन्न किन्ने व्यापारी बसेको ठाउँलाइ भोजपुरी भाषामा ‘फर’ भनिन्छ । फरमा अन्नको नाममा चामल, धान, गहुं, मसुरो, खेंसारी, चना, जौ, तोरी, सस्र्यू, आलस जस्ता किसानले आफ्नै खेतमा फलाइ तयार पारेको प्रत्येक अन्न बेच्न सकिन्छ तथा सो वापत नगद रकम प्राप्त गर्न सकिन्छ । पुराना दिनहरुमा देहातमा बाटोघाटो तथा यातायातको अभाव भएको हुनाले जनसाधारणहरु स्थानिय हाट बजारमा अन्न बेच्न तथा घरेलु उपयोगका सामग्रीहरु सस्तो/मह्गोमा किन्न बाध्य हुन्थे । अचेल स्थिति फरक भएको छ । देहात देहातमा पनि बाटो घाटोको सुविधा छ, खोला नालाहरुमा तर्ने पूल–पुलेसाहरु बनि सकेकाले तथा यातायातको सहज उपलब्धताले मानिसको आवागमन कमोबेस जहासुकैकोलागि पनि आसान भएको छ । यस्तो स्थितिमा पुराना दिनहरुका हाट बजारहरुको आकार, स्थिति र महत्तामा ठूलो ¥हास देखा पर्न थालेको छ ।
दैनिन्दन उपयोगकोलागि कुनै निश्चित दिनमा लाग्ने हाट बजारको प्रतिक्षा गरिरहनुपर्ने बाध्यता विस्तारै समाप्त हुदै गइरहेको छ । व्यापारिक क्षेत्रमा देखिएको भयानक प्रतिस्पर्धाको कारण गृहस्थ विहान ओछ््यानबाट उठेको हुदैन घरदैलोमा ठेला वा सायकिल गुड़ाउदै गरेका व्यापारीहरु कराइ रहेको हुन्छ–लेलो..आलू, भण्टा,सेम..,ले र·मच्छरी..कोबी गाजर ले...!