उमेश ढकाल (प्रमुख जिल्ला अधिकारी)
जिल्ला प्रशासन कार्यालय, पर्सापर्सा जिल्लाका विभिन्न स्थानमा मौसम परिवर्तनसंगै शीत लहर, चिसो र ठण्डीका कारणबाट आउने विपदबाट हुने भौतिक था मावनीय क्षतिलाई न्यूनीकरण गर्न प्रभावित क्षेत्र÷गाउँ÷टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको लागि आवश्यक पर्ने इन्धन, दाउरा, न्यानो कपडा कम्वल लगायतका आवश्यक सामाग्रीको भण्डार गर्ने कार्य भइरहेको छ ।
त्यसैगरी आवश्यक दाउराको लागि डिभिजन वन कार्यालयलाई हामीले प्रत्राचार गरेका छौ । न्यानो रहनका लागि आगोको प्रयोग गर्दा आगलागी तथा निसासिने समस्याबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना प्रकाशित गर्ने, शीतलहरबाट अन्न बाली पशुँपक्षीको क्षति भएमा कृषकहरुलाई मल, बीउ पशु उपचार तथा प्राविधिको सहयोग उपल्बध गराउने कार्य हुनेछ ।
कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने एवं सर्भे समूह गठन गरी यस्तो स्थानको म्यापिङ्ग गर्ने, दुर्घटना स्थानको पहिचान गर्ने, सांकेतिक चिन्ह राख्ने, बाटोमा राखिएको निमार्ण सामाग्री, अव्यस्थित पार्किङ्ग र बाटो अवरोध हटाउने, साथै चिसोबाट बच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका काममा स्थानीय तह, सुरक्षा निकाय, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पत्रकार महासंघ, डिभिजन वन कार्यालय, शिक्षा इकाइ, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग समन्वय भइरहेको छ । हामी सबै तयारी अवस्थामै छौ ।
राजेन्द्र खड्का ( प्रहरी उपरीक्षक )
शसस्त्र प्रहरी बल नं १३ गण हेक्वा पर्सानागरिकहरुलाई शीतलहर तथा चिसोबाट बचाउनका लागि ठाउँ–ठाउँमा दाउरा वितरणको काम सुरु गरिसकेका छौ । त्यसको साथसाथै विभिन्न संघ संस्था एवम सामुदायिक प्रहरीसंगको समन्वयमा कम्वल लगायतका जाडोका सामाग्री लक्षित व्यक्ति र समूहलाई वितरण गर्ने अन्तिम तयारी भइसकेको छ । जाडोबाट बच्न अपनाउनु पर्ने अन्य उपाय पनि जिल्ला विपत् व्यवस्थापन समिति गएको पुस २ गते नै बैठक बसी थप कार्यसम्पादनको लागि विभिन्न निर्णयहरु गरी सोही अनुसार काम अगाडी बढाउँदै गरेको अवस्था छ । जिम्मेवारी पाएका र पाउने व्यक्ति तथा निकाय सबैले आफ्नो जिम्मेवारीको काम गरिरहेकै छौं । सर्वसाधारणमा सचेतना जगाउने काम पनि गरिरहेका छौं ।
विजय कुमार सरावगी ( नगरप्रमुख )
वीरगञ्ज महानगरपालिका पर्सायो हप्ता भित्रै महानगरपालिकामा रजिष्टर भएका र कार्ड बनेका ७० वर्ष माथिका जति पनि वृद्धवृद्धा छन् उहाँहरुलाई कम्बल, झुल छाता र टर्च लाइट वितरण गर्दैछौं । चोक चोकमा बाल्ने दाउराको व्यवस्थापनको लागि हामीले जिल्ला प्रशासन कार्यालय मार्फत पर्सा वनलाई भनिएको छ । हरेक वर्ष हामीले जाडोको सामना गर्नै वर्ष यो समयमा विशेषगरी वालवालिका वृद्धा र गर्भवति महिलाहरुको स्याहार राम्ररी गर्नु पर्ने हुन्छ । त्यसको महानगरपालिका माफर्त घरघरमा स्वास्थ्य टोली पनि परिचालन गर्दै छौ । गतवर्ष हामीले दाउरा पाएका थिएनौ । यस वर्ष गतवर्षको जस्तो समस्या नदोहोरियोस् भनेर हामीले पहिले नै ४० चट्टाल दाउरा माग गरिसकेका छांै । तर कुनै पनि सकारात्मक जवाफ पाएका छैनां ।
फरमान मियाँ (अधिकृत)
डिभिजन वन कार्यालय, पर्साव्यवस्था हामीले नै गर्ने हो । तर पैसाको व्यवस्था पालिका र व्यवस्थापन समितिले गर्ने हो । बाराबाट दुई चट्टाल दाउरा ल्याएर महानगरपालिकालाई दिएको छु । अत्यावश्यक परेको समयमा प्रयोग गर्नका लािग चार चट्टाल हामीसंग छ । प्रदेश निर्देशनालयमा तीस चट्टाल दाउरा माग गरेका छौ । कटान उठान सुरु हुन्छ । त्यसपछि सबैया साझेदारीले पनि हामीलाई दाउरा उपलब्ध गराउँछ । वैज्ञानिक वन व्यवस्थापनको नाममा धेरै साल काटियो भनेर मन्त्रिपरिषदले दुई वर्ष अघि ढलापडा र सुखल खडा रुख संकलन गर्न रोक लागाएको छ । जसले गर्दा हामीसंग दाउरा अभाव हुन गएको हो । यदि हामीले उक्त दाउरा संकलन गर्न पाएको भए हामीसंग दाउरा पर्याप्त हुन्थ्यो । यस वर्ष भने मन्त्रिपरिषदले सुखल खडा होइल ढलापढा रुख मात्रै छपान गरेर ल्याउने भन्ने निर्देशन छ । हामीले छपान गरिसक्यौ अब फागुनदेखि कटान सुरु हुन्छ । आउँदो वर्षबाट भने हामीले दाउरा खोज्नु पर्दैन ।

गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)