सन् २०१९ को अन्तिम सातामा चिनको वुहानमा पहिलो पटक देखापरेको भाइरस २०२०, र अहिले २०२१ सम्म आईपुग्दा पनि त्यतिकै त्रासपुर्ण भइरहेको छ । यो भाइरस पहिलोपटक चिनमा देखिएर अहिले विश्वभरीकै मानव जीवनलाई अस्तव्यस्त बनाइरहँदा मानव जनजीवनका हेरक चरणलाई प्रभाव पारिरहेको छ । बच्चा वृद्धवृद्धा अनि के युवा सबै जेनेरेसनमा यसको असर उतिकै छ । यसले हाम्रो जीवन शैली ति पाइलामा बढि केन्द्रित छ । जहाँ बालबालिकाहरुले आफ्नो जीवन यात्रालाई तय गर्ने गर्दछन् । अर्थात् विद्यालय कलेजका विद्यार्थी भाइ बहिनीहरुमा सक्रमितसँगसगै आफ्नो भविष्य निर्धारणको ठूलो तगारो कोरोना भाइरस बनिरहेको छ । यो हामी सबैको चासो र चिन्ताको बिषय हो ।
शिक्षा प्रणालीमा सुधार आवश्यक : हुन त जबदेखि कोरोना भाइरसले त्रास फैलाउन सुरु गरेको थियो त्यो बेलादेखि नै मानवीय दिनचर्यामा भयानक असर पारिरहेको अवस्था छ । कुनै एक देशलाई मात्र नभएर पुरै विश्वलाई आंतकित बनाएकै कारण केहि हदसम्म यसबाट बच्न सकिने उपाय भनेर राज्यले लकडाउन गर्दै आइरहेकोछ । पुनः तेस्रो लहरको भेरिन्टेनले आक्रमण गरिरहँदा पुनः लकडाउन गर्न पर्ने परिस्थिति नआउला भन्न सकिने परिस्थिति बन्दैछ । विद्यमान परिस्थितिमा सबैभन्दा प्रत्यक्ष असर परेको शिक्षा क्षेत्र र विद्यार्थीहरुलाई हो । उनीहरुलाई अत्यास पैदा भइसकेको छ । हुन त नेपाल सरकारले महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक प्रणलीद्घारा विद्यार्थीहरुको सिकाई व्यावस्थालाई सहजीकरण नै जारी गरेको छ ।
गतबर्ष २०७७ असार १ गतेबाट विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट सरकारी विद्यालयमा पठनपाठनलाई व्यवस्थित गर्ने निर्देशनले केहि हदसम्म विद्यार्थीहरुको शैक्षिक सत्रलाई सुधार गर्ने प्रयत्न गरेता पनि, नेपालका अधिकांश पहाडी भुभाग तथा विकट मानिएका केहि जिल्लाहरुमा यो बिधिले पटक्कै छुन सकेन । रेडियो, टेलिभिजन, मोवाइल इन्टन्टरनेटको पहँुच हुन नसकेका यस्ता क्षेत्रलाई राज्यले बिशेष ध्यान दिने हो भने यसरी पटक पटक पहिलो, दोश्रो, तेश्रोे गर्दै आउने महामारीका लहरहरुमा केहि हदसम्म भए पनि शिक्षा प्रणलीमा सुधार हुन सक्ने वातावरण माथि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । नेपाल सरकारको निर्देशिकाले वैकल्पिक सिकाई प्रणालीलाई शैक्षिक सत्रको मान्यता दिई निजी विद्यालयले अनलाइन विधिबाट सिकाइमा जोड दिनको लागि सर्वप्रथम त ग्रामिण तथा दुर्गम क्षेत्र मानिएका भेगहरुलाई अनुसंधान गरी मोवाइल ईन्टरनेटको पहँुचको व्यवस्था गरी कसरी शिक्षा लिन सकिन्छ भन्ने तालिम सहितको व्यावस्था गर्न सके थप प्रभावकारी हुन सक्छ । एकातिर शिक्षाको प्रणालीले कार्यान्वयन गर्ने पाटोमा सफल हुन्थो भने अर्काे तिर दुर्गम भनिएका स्थान र त्यहाँका विद्यार्थी भाइबहिनिहरुलाई प्राविधिक ज्ञानमा सक्षम बनाउन सकिने थियो ।
शिक्षा क्षेत्रको कुरा गरिरहँदा उता स्वास्थ्य क्षेत्रको अवस्था पनि दयनीय छ । विश्व यसको पूर्ण निदानमा अझै सफल हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनले समस्यापछिको सामधान र बाच्ने र बचाउने सकारात्मक पहल गर्न अब चासो लिनु पर्दछ । विश्व अर्थतन्त्रले अनुमान लगाउन नसक्ने गरी भयानक संघारमा पुगिरहँदा उत्पादन, रोजगारी, बचत, निर्यात जस्ता क्रियाकलापहरु ठप्प मात्रै भएका छैनन् । कति बर्ष पछाडी धकेलिए भन्ने अवस्था छ । समग्र विश्व सामाजिक, राजनितीक, आर्थिक, सास्कृतिक, पर्यटन, उद्योग लगाएतका क्षेत्र अस्तव्यस्त भइरहेको बेला शिक्षा क्षेत्रले पनि अत्यन्तै विकराल परिस्थितिको सामना गरिरहनु परेको विद्यमान परिस्थितिमा अब कसरी शिक्षा क्षेत्रलाई यसको संकटबाट टाढा राख्न सकिन्छ ? सबैको चासोको बिषय हो । विश्वलाई नै हेर्ने हो भने विश्वका १९२ राष्ट्रमा करिव १ अर्व, ७२ करोड, ४६ लाख, ५७ हजार ७ सय ८० विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर परिरहेको छ । यस जटिल परिस्थितिलाई केहि हमसम्म भए पनि राहत दिलाउन वैकल्पिक शिक्षा प्रणालीलाई सुधारोन्मुख अवस्थामा लान सक्नु पर्छ ।
कोभिड १९ महामारीको तेश्रो लहरको त्रास सबै तिर पर्न थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित दिन प्रतिदिन बड्नु नै अब आउने खतराको घण्टी हो । यो हामी सबैलाई थाहा छ । तसर्थ सक्रमणको संख्या बढ्न नदिने अनेक उपाय र सामाजिक दुरी सँगसगै बालबालिकाहरुको भविष्यसँग जोडिएको शिक्षा नीति तथा कार्यक्रम सँगसगै अनलाइन शिक्षा कोर्षको माध्यमलाई चुस्तदुरुस्त राख्ने तथा हिजोका दिनमा भर्चुअल शिक्षणमा उत्पन्न विविध समस्याहरुलाई बेलैमा निराकरण गर्ने तर्फ सबैको चासो हुनु पर्दछ । उसो त कोभिड १९ ले दुःख मात्रै दिएको छैन । कतिपय मानवीय वा एकले अर्काेलाई गर्ने व्यवहारमा समेत धेरै कुराहरु सिकाएको छ । धनि र गरिब बिचको पर्दा केवल क्षणिक भएको पनि उघारी दिएको छ । मानवीय चालचलन साथै सचेतनामा फरकपन पक्कै आएको छ । सामाजिक मुल्य मान्यतासँगै बालबालिकाहरुको भविष्य माथि अहिलेदेखि नै चनाखो नसके आउने समयमा आजका बालबालिकाको गुणस्तरता माथि प्रश्न रहिरहने छ ।