वीरगंज । जनता समाजवादी पार्टी पर्साले बुधबार परेको ‘बलिदानी दिवस’ वीरगंजमा मनाएको छ । वीरगंजको घण्टाघरस्थित शहिद स्मारक कोभिड प्रोटोकलको पालना गरि एक समारोहका बिच शहिदहरुलाई फूलमाला लगाई श्रद्धासुमन अर्पण गरिएको हो । २०६३ माघ ५ गते पहिलो मधेश आन्दोलनको बेला रमेश महतोको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा मधेशमा बलिदानी दिवस मनाउने गरिएकोृ छ ।
जिल्ला समन्वय तदर्थ समिति पर्साका अध्यक्ष एमव् प्रदेश सांसद अब्दुल सहिम अंसारी(मंजुर अंसारी)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले मधेश आन्दोलनको उपल्बधी ‘मधेश प्रदेश’को नामाकारणले स्थापित भएको बताएका छन् । प्रदेशको नाम ‘मधेश प्रदेश’ भएपछि धेरैको छाती फाटीरहेको पनि बताए । मधेश ८ जिल्ला मात्र नभई २२ जिल्ला रहेको बताउँदै सांसद यादवले ‘मधेश प्रदेश’ लाई सुरक्षित गर्दै बाँकीको जिल्लाको लागि लडाई अझै पनि जारी नै रहने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले संघीयता, समानता, ंसमावेशिताको लडाई सफल भएको बताउँदै आशिक रुपमा भएपनि समानुपातिक निर्वाचन प्रणालीको लडाई पनि जितेको दाबी गरे । उनले मधेशको बाँकी जिल्ला र पूर्ण समानुपातिक निर्वाचनको लडाई अझै पनि बाँकी रहेकोले मधेशी जनता मिलेर फेरी एउटा ठुलो लडाई लड्नु पर्ने बताए ।
वीरगंजसंग गद्दारी भयो
मधेश अन्दोलनको केन्द्र बिन्दु रहेको वीरगंजलाई प्रदेशको राजधानी नबनाएर हरेक पार्टीका राष्ट्रिय अध्यक्षले वीरगंजसंग गद्दारी गरेको सांसद यादवले आरोप लगाए । मुख्यमन्त्रीलाई बदनाम गराउन नाटकीय ढङ्गबाट उनको घरमा ढुङ्गा प्रहार गरिएको भन्दै सांसद यादवले भने, ‘‘ शेरबहाुदर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरुले वीरगंजसंग गद्दारी गरेका छन्,’ ‘दम्भ छ भने् यिनीहरुको घरमा ढुङ्गा हानेर देखाउ ।’’ हरेक पार्टीका राष्ट्रिय अध्यक्षहरुका कारण ‘मधेश प्रदेश’को राजधानी वीरगंज नभएको दोहो¥याउँदै दम्भ भए देउवा, ओली, प्रचण्ड लगायतका नेताहरुको पुतला जलाई बिरोध गरेर देखाउँन सांसद यादवले चुनौती दिए ।
प्रदेशको नाम र राजधानी मन्त्री परिषद्को निर्णयबाट नचिनुने प्रस्टयाउँदै उनले दुई तिहाई प्रदेश सांसदको बहुमतले मात्रै राजधनी हुने हुँदा पर्साको १५ जना प्रदेश सांसदको भोटले राजधानी हुन नसकेको बताए । वीरगंजको पक्षामा जम्मा २१ वटा प्रदेश सांसदको बहुमत पुग्नुमा सबै पार्टीको राष्ट्रिय अध्यक्ष नै दोषी भएको उनले पुनः आरोप लगाए ।
वीरगंजलाई राजधानी बनाउन सबैले आ–आफ्ना अध्यक्षका पुतला दहन गरी आन्दोलन गर्नुपर्छ
जसपाका नेता समेत रहेका सांसद यादवले वीरगंजलाई राजधानी बनाउन सबैले आ–आफ्ना अध्यक्षका पुतला दहन गरी आन्दोलन गरे मात्रै र ाजधानी वीरगंज हुने सक्ने दाबी गरे । राजतन्त्र फाल्ने देखी लोकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि भएको मधेश जनविद्रोहसम्म समेत वीरगंजबासीे आफ्नो ज्यानको आहुति दिई अग्रिण भूमिका खेलेपनि जहिले पनि पर्साबासीलाई ठगिएको सांसद यादवे आरोप लगाए । वीरगंजभित्र केन्द्रिय अध्यक्षहरुको दलाली गर्ने नेताहरु रहेको कारण सधै वीरगंज ठगाउने गरेको सांसद यादवको आरोप छ । उनले भने, ‘‘वीरगंजका नेताहरु राष्ट्रिय अध्यक्ष कहाँ हजुर मई यहाँको नेता हुँ, ‘वीरगंजबासी त बुर्बक छन्’ भनेर दलाली गर्ने रवैयाले नै सदियोदेखी वीरगंज उपेक्षित हुदै आएको बताए ।
वीरगंजको सम्पती जनकपुर गयो : प्रदेश सांसद अंसारी
जसपा (जिसतस) पर्साका अध्यक्ष एवम् प्रदेश सांसद मंजुर अंसारीले पर्साबासीलाई जहिले पनि हरको बैल जस्तै मात्रै प्रयोग गरिएको बताउँदै वीरगंजमा बन्ने शैक्षिक तालिम केन्द्र जनकपुरमा बनेको भन्दै आपती जनाए । आर्थिक नगरीको रुपमा चिनिने वीरगंज हरेक क्षेत्रमा अबल भई प्रदेशको राजधानीको लागि उपयुक्त भए पनि पूर्वका ५/६ जिल्लका नेताहरु मिलेर राजधानी जनकपुरमा लगेको बताए। जनकपुर राजधानी हुनुमा मुख्य दोषी नै कांग्रेस रहेको सांसद अंसारीेले आरोप लगाए । कांग्रेसका नेता विम्लेन्द्र निधीकै मुख्य डिजाईनमा पहिले नै अस्थायी राजधानी जनकपुर भएको बताउँदै उनले मधेश अन्दोलनको शाख जोगाउने वीरगंजलाई हरेक पार्टीका नेताले राजधानी बनाउने बाँचा गरे पनि अहिले भने गद्दारी गरेको आरोप लगाए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवम् प्रदेश सांसद करिमा बेग्म, जन्नत अंसारी, केन्द्रिय सदस्य विरेन्द्र यादव, समाजवादी मुस्लिम संघका राष्ट्रिय अध्यक्ष मौलाना नुरुलओद्धा, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमत अंसारी, मधेश प्रदेश प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला उपाध्यक्ष बासुदेव यादव, जिल्ला सदस्य रामवडाई यादव, वीमनपा अध्यक्ष ईश्वर यादव, युवा नेता घनश्याम गुप्ता लगायतको सहभागिता रहेको थियो ।