नारायणी वयोधा अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग बिशेषज्ञ डा. रञ्जन कुमार झा जसले ५० भन्दा बढी हिप तथा घुडा प्रत्यारोपन गरिसकेका छन् । मध्य नेपालले उनै डाक्टर झा गरेको बिशेष कुराकानी :
१) बाथ रोगको बारेमा बताइदिनुहोस् न ?
नसर्ने र दीर्घ प्रकृतिको बाथ रोगलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोग समेत भनिन्छ । हरेक मान्छेमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । जसलाई हामीले इमनो डिफेन्सिभ पावर भन्छौं । बाथ भनेकै त्यो पावरलाई कमजोर पार्ने गरी उत्पन्न भएको पावरबाट बाथ जन्मन्छ । यो एउटै किसिमको हुदैन । बाथले कुनै एउटा अंग विशेष मात्र नभई शरीरका विभिन्न अंगमा एकैपटक असर गर्न सक्छ । नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनलीलगायतलाई बाथ रोगले असर पु¥याउँछ । समग्रमा बाथ प्राणघातक रोग हो । जसको सुरुवात दुखाइबाट हुन्छ । यसले शारिरिक अवस्था नै ड्यामेज गरिदिन्छ ।
२) यस रोगले कुन उमेर समूहका व्यक्तिलाई बढी असर गर्छ ?
बाथले कुनै विशेष उमेर समूहका व्यक्तिलाई मात्र नभई सबै उमेर समूहका व्यक्तिलाई सताउन सक्छ । तर पुरुषको तुलनामा महिलामा बाथ रोगका समस्याहरु बढी देखिन्छ । तर त्यसको ठोस कारण पत्ता लागिसकेको छैन ।
३) बाथ हुने कारणहरु के के हुन् ?
चिकित्सा विज्ञानले बाथ रोग लाग्नुको कारण पत्ता लागउन सकेको छैन । तर वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदुषणजस्ता कारणले बाथ रोग लाग्ने गरेको पाइन्छ । बाथको प्रकार फरक भए पनि अधिकांश बाथ रोग जोर्नीबाट सुरु हुन्छ । अलि समयपछि बाथ रोग अनुसार शरीरका विभिन्न अंगलाई असर गर्न थाल्छ । यस बारे बिरामी जानकार हुँदैनन् । अधिकांश बिरामीहरू समस्या बढ्दै गएपछि मात्र अस्पताल आउँछन् । अधिकांशले रोग पत्ता नलगाई विभिन्न औषधी खाइरहेका हुन्छन् । हाडजोर्नी बिग्रिसकेपछि मात्र अस्पताल आउनेको संख्या पनि बढी छ । सुरुवाती चरणमा बाथ रोगलाई पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ । हाडजोर्नी बिग्रने समस्याबाट पनि बच्न सकिन्छ । तर जति ढिलो हुन्छ, समस्या त्यति जटिल बन्दै जाने हो । हाडजोर्नी कडा हुँदै जान्छ, त्यसले शरीरको भित्री अंगलाई पनि असर गर्दै जान्छ ।
४) यसका लक्षणहरु केके हुन् ?
बाथ रोगको प्रकार अनुसार फरक–फरक लक्षण देखिन्छ । अहिलेसम्म यही कारणले बाथ हुन्छ भनेर पत्ता लागेको छैन । यो अटोनोनिजम डिजिज हो । यसको एउटा सुरुवातीस् लक्षण भनेको दुखाईबाट हुन्छ । बिना कारण जोर्नी दुख्नु, सुन्निनु र बिहान उठ्दा जोर्नी कक्रक्क हुने प्राय हातका साना आँख्ला दुख्ने, सुन्निने, मुठी बान्न गाह्रो हुने लक्षण अधिकांशमा देखापर्छ । ढाडको बाथमा कम्मर दुख्ने, सुत्दा कोल्टे फर्कन गाह्रो हुने हुन्छ । जसरी दिन वित्दै जान्छ समयमै उपचार भएन भने यसले एउटा ठूलो रोगको रुपमा आकार लिन्छ ।
५) बाथको पहिचान र उपचार विधि के हो ?
बाथ साधारण रोग होइन । यसको समयमै पहिचान र उपचार गर्न पर्छ । बाथको प्रकार अनुसार त्यसको जाँचदेखि उपचारको विधि पनि फरक हुन्छ । सबैभन्दा पहिले बाथ कुन प्रकारको हो ? कहाँबाट दुखाई सुरु भयो वा कहाँ दुखिरहेको छ ? केही जटिलताहरु छन् कि छैनन् ? भनेर पत्ता लगाइन्छं । यसको उपचार पनि बाथ रोगको प्रकार अनुसार नै हुन्छ । बिरामी उपचारमा जति ढिलो आउँछ, त्यति नै महँगो र कडा औषधि चलाउनु पर्छ । यो दिर्घरोग नै हो । तर बाथ रोग लाग्दैमा आत्तिइहाल्नु भने पर्दैन । बाथ रोग लागेपछि निको हुँदैन । तर नियन्त्रण गर्न भने सकिन्छ । बिरामीले लापरबाही गरे यसको समस्या बढ्न सक्छ र अन्य रोगको जोखिमलाई बढाउँछ । त्यसैले खर्च गर्न सक्ने अवस्था हेरेर औषधी दिइन्छ । त्यसमा पहिला दुखाई कम गर्ने र पछि जटिलता मिनिमाइज र अन्तिममा ड्यामेज मिनिमाइज गर्ने औषधी सिफारिस गर्छाै । त्यसको अलावा हामी योगा व्यायाम, फिजियोको सिफारिस गर्छाै । हाम्रो नारायणी वयोधा अस्पतालमा पनि हार्डजोर्नी सम्बन्धी सम्पूर्ण सेवाहरु उपल्बध छन् ।
६) यो रोगबाट बच्ने अरु उपायहरु के हुन् ?
शीघ्र पहिचान नै यसबाट बच्ने उपाय हो । बाथ रोग देखिसकेपछि चिकित्सकको सुझाव अनुसार औषधि लिन र उपचार गर्न आवश्यक छ । विभिन्न संक्रमणबाट बच्नु र रोगको लक्षण देखा पर्ने बित्तिकै उपचारमा जानु बुद्धिमानी हो । यस वाहेक धुम्रपान नगर्ने, तौल नियन्त्रण गर्ने चिसोको मौषम भएकोले चिसोका कारण बाथ रोगका लक्षणहरु बढी देखिन्छन् । त्यसैले चिसोबाट बच्न न्यानो कपडाहरु लगाउने, चिसोमा नबस्ने, यदि बाथ रोग छ भने बाथ रोग विशेषज्ञलाई नै देखाउनु सबैभन्दा उत्तम उपाय हो ।