वीरगंज । ‘‘काममा पुनः बहाली गराई’’ पाउँ मुद्दामा मजदुरको हकमा फैसला भएको तीन वर्ष बितिसक्दा पनि मजदुरको पुनः बहाली भएको छैन् । हुलास स्टील ई.लि., आल्युमिनियम डिभिजन र प्रत्यर्थी सुमन अधिकारीसंग भएको ‘‘काममा पुनः बहाली गराई’’ मुद्दामा श्रम तथा रोजगार कार्यालय वीरगंजले २०७३ बैशाख १६ गते र सम्मानित ्श्रम अदालत काठमाडौंबाट २०७५ बैशाख ५ गते अधिकारीाई काममा पुनः बहाली गर्न आदेश गरेको थियो तर श्रम तथा रोजगार कार्यायलय वीरगंजका प्रमुख प्रशान्त साहको गैरजिम्मेवारीका कारण मजदुर काममा फर्कन पाएका छैनन्् ।
हुलास स्टील, सिमरामा विगत तीन वर्ष काम गरिसकेका अधिकारीलाई कम्पनीले २०७२ सालमा कम्पनीको कामबाट हटाएका थियो । कामबाट हटाएपछि मजदुरले दिएको मुद्दा श्रम कार्यलय वीरगंज र श्रम अदालत काठमाडौंबाट जिते पनि काममा भने पुनः बहाली हुन सकेको छैन् । मजदुर अधिकारी विगत ३ साल अगाडी देखी श्रम कार्यालय वीरगंजको ढोका ढकढकाउँदै आएपनि अदालतको फैसलालाई कार्यन्वयन नगर्ने हुलासी स्टीललाई कारबाहीको सट्टा श्रम कार्यालय वीरगंजका प्रमुख प्रशान्त साह दलाली गर्ने गरेको मजदुरको आरोप छ । श्रम कार्यालय वीरगंजका प्रमुख प्रशान्त साह आएदेखी दिनहु फैसलाको कागजात लिई कार्यालय धाउँने गरे पनि प्रमुख साहले गोटमटोल कुरा गरी फर्काउँदै आएको पिडित मजदुर सूमन अधिकारीको आरोप छ ।
मुद्दा फैसला भएदेखी नै फैसला कार्यन्वयन गर्न कम्पनीलाई क्यौं पटक श्रम कार्यालय वीरगंजले पत्रचार गरिसक्दा पनि कम्पनीले अदालतको कुरा नटेर्दा कारबाही गर्नुको सट्टा श्रम कार्यालय वीरगंजका प्रमुख प्रशान्त साहले विभिन्न बाहाना देखाउँदै मजदरलाई नै दुःख दिने गरेको पाइएको छ ।
प्रचलित कानुन व्यवस्था हेर्दा श्रम ऐन २०७४ को दफा १६१(१) मा ‘श्रम अदालतल पुनरावेदनको रोहमा गरेको निर्णय अन्तिम हुनेछ’’ भनी उल्लेख गरेको र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३२(क) मा ‘‘कुनै मुद्दामा भएको फैसला उपर पुनरावलोकन वा मुद्दा दोहो¥याई पाउँ भनी दिएको निवेदन बिचारधिन रहेको अवस्थामा अदालतले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो निवेदन परेको कारणले मात्र त्यसतो मुद्दामा भएको फैसला कार्यन्वयन गर्न’’ बाधा नपर्ने भनी उल्लेख भएको देखिएकोले श्रम अदालत काठमाडौ्रले मजदुर अधिकारीलाई काममा पुनः बहाली गर्न आदेश दिएको छ । तर श्रम कार्यालय वीरगंजका प्रमुख प्रशान्त साह कानुन कार्यन्वयन गर्नुको सट्टा मजदुरलाई कार्यालयमा दौडाई हैरान गर्दै हुलास स्टीका तर्फबाट बोल्न थालेको मजदुर अधिकारीले बताए ।
यता, श्रम तथा रोजगार कार्यालय वीरगंजका प्रमुख प्रशान्त साहले अदालतको फैसला किन कार्यन्वयन भएन भन्ने प्रश्नमा हुलास स्टीलले मैखिम जवाफ पठाएको भन्दै गोलमटोल जवाफ दिने गरेका छन् । यस्तै, श्रम तथा रोजगार कार्यालय वीरगंजका सूचना अधिकारीले उक्त विषयमा बारे सामाचार प्रकाशनमा ल्याउने अहिलेको आवश्यकता नदेखिएकोले केही नबोल्ने भन्दै पन्छिए ।