जग्गा खरिद गरेको एक दशक बितिसक्दा पनि जग्गाधनीले जग्गा नामसारी नगर्दा पर्साको सखुवा प्रसौनी गाउँपालिका एक परिवार बिच्चलीमा परेका छन् ।
बहुदरमाई नगरपालिका वडा नं. ४ का संजय रौनियारसंग सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ जमुनीया निवासी दरोगा मियाँले खरिद गरेको १० कठ्ठा जग्गा दशकौ वितिसक्दा पनि नामसारी नगर्दा दरोगा मियाँका परिवार बिच्चलीमा परेका हुन । सखुई जमुनियास्थित सेरवा सरेहमा रहेको बहुअरी पिँडरी निवासी रामेश्वर रौनियारका छोरा शंजय रौनियारको १० कठ्ठा जग्गा प्रतिकठ्ठा रु २५ हजारको दरले खरिद गर्न २०६८ सालमै २ लाख ५० हजार रुपैया दिईएको दरोगा मियाँका श्रीमति सायरा खातुन र उनका छोरा मुस्लिम मियाँ बताउँछन् ।
दरोगा मियाँ गाउँमा भएको झै–झग्डाको काण्डमा अहिले जेल सजाय काटिरहेको उनका परिवार बताउँछन् । जग्गा खरिदको लागि दरोगा मियाँले संजय रौनियारलाई पुरै पैसा तिर्नुभन्दा पहिले रु १० हजार बायना दिएको दरोगाका छोरा मुस्लिम मियाँ बताउँछन् । जग्गाको पुरै मूल्य २ लाख ५० हजार रुपैया दिईसक्दा संजय रौनियारले आफ्नो पटिदारबिच अंशबण्डाको समस्या रहेको देखाउँदै केही समय कुर्न विश्वास दिएका थिए । पुरै पैसा दिईसकेपछि पनी उक्त खेत खनजोत गर्दै आएको तर खोनजोत गरेको बर्षाै बितिसक्दा पनि अंशबण्डाको समस्या देखाउँदै रौनियारले जग्गा नामसारी नगरेको मुस्लिम मियाँ र उनकी आमा सायरा खातुन बताउँछिन् । समय बितेसंगै जग्गाको मूल्य पनि बढ्दै जाँदा संजय रौनियारले बढि मूल्यमा उक्त जग्गा अर्काे व्यक्तिसंग बिक्रि वितरण गरेपछि आफूहरुले जोतखन गर्दै आएको जग्गा खोसिएको उनीहरुले दुःखेसो पोखे । तेस्रो व्यक्तिसंग जग्गा बिक्रि गरिसकेपछि वीरगंजको रामघडवास्थित रहेको रौनियारको राईस मिल र ओम आश्रमस्थित गढीमाई एफ.एम.को प्राङ्गनमा क्यौ पटक पन्चायती हुँदा समेत आफूले जग्गा फिर्ता गराई नामसारी गरिदिने पटक पटक रौनियारले आश्वासन दिए पनि जग्गा भने नामसारी नगरेको दरोगाा मियाँका छोरा मुस्लिम मियाँको आरोप छ । जग्गा अर्काे व्यक्तिसंग बिक्रि गरेको जानकारी पछि रौनियामाथि दरोगाले निवेदन दिदा ईलाका प्रहरी कार्यालय पोखरियामा रोनियार थुनिएका थिए ।
त्यहीदेखी संजय रौनियारका आफन्त पर्ने नेकपा नेता एवम् पूर्व सांसद राजकुमार गुप्ता पनि उक्त जग्गाको विषयमा पन्चायतीमा बसेर जग्गा नामसारी गराईदिने क्यौं पटक आश्वासन दिएको पिडित मियाँको भनाई छ । तर यता, नेकपा नेता एवम् पूर्व सांसद राजकुमार गुप्ताले आफुले त्यसबारे सुनेको तर मेरो रोहबरमा कुनै पन्चायती नभएको बताए ।
यता, संजय रौनियारले आफूले दरोगा मियाँसंग जग्गा बिक्रि नगरेको बताउँछन् । नाम सुनेको तर दरोगाा मियाँ को हुन भने अनुहारले नचिनेको बताउँदै रौनियारले सखुवा जमुनियास्थित रहेको ४/५ विग्हा जग्गा एकजनासंग बिक्रि गरेको बताए । मान्छेले जे पनि भन्न सक्छन बताउँदै रौनियारले मौखिक आरोप लगाएर नहुने भन्दै केही प्रमाण भए देखाउन बताए ।
दरोगा मियाँ जेलमा गएपछि बिच्चलीमा परेका श्रीमति र छोराले संजयसंग आफै पनि क्यौं पटक हार गुहार गरे पनि जग्गा भने दिन मानेनन् । रौनियारका गाउँ बहुअरीमा दरोगाँ मियाँका धेरै चिन्जान रहेकोले विश्वास व्यवहारको आधार कुनै कागजात प्रमाण नै नबाई जग्गा बापतको पुरै पैसा दिएको दरोगाका छोरा मुस्लिम मियाँ बताउँछन् ।
जग्गा अर्काेसंग बिक्रि गरिसकेपछि पटक पटक भएको पंंचायतीमा त्यस क्षेत्रको गाउँका दर्जनौँ मानिसको सामुने आफूले पैसा लिएकाले जग्गा नामसारी गरिदिने संजय रौनियारले स्वीकारेको उनीहरु बताउँछन् । जग्गा किनेका दरोगा मियाँका श्रीमति र छोराले आफूहरुलाई त्यही जग्गा नभए त्यही ठाउँमा अर्काे १० कठ्ठा जग्गा किनेर दिने पनि भन्दै आएको बताए ।
पंचायतीमा बसेका बहुदरमाई नपा–७ फूलकौलका अशोक कुमार गुप्ताले पनि संजय रौनियारले १०/२० दिनपछि जग्गा नामसारी गरिदिने स्वीकार्दै आए पनि जग्गा नामसारी नगरेको बताउँछन् । २०७१ सालमा रौनियारको मिलमा भएको पंचायतीमा दर्जनौँ पन्चको सामुने आफूले पैसा लिएको तर अंश बण्डा नभएकाले जमिन नामसारी नगरेको भन्दै अंशबण्डा हुनेबितिकै नामसारी गरिदिने बताउँदै आएको अशोक गुप्ताले पनि बताए । पञचायतीमा राजकुमार गुप्ताले पनि जग्गा दिलाई दिने भनेको अशोक गुप्ताको भनाई छ ।
पटक पटक संजय रोनियारको राईस मिल लगायतको ठाउँमा भएको पञचायतीमा चैनपुरका काशी यादव, टिकुलियाका शंकर रायभर, सेनवर्सा बैरियाका फरमान मियाँ, झौवागुठ्ठीका शम्भु चौरसिया लगायतका पञच तथा विभिन्न व्यक्तिहरुको रोहबर रहेको अशोक गुप्ता बताउँछन् ।
यस्तै, पन्चायतीमा बसेका जमुनियाका लालमहमद मियाँ, मुख्तार मियाँ गायतकाले पनि शंजय रोनियारले उक्त जग्गा दरोगा मियाँसंग बेचेको तर हालसम्म नामसारी नगरि अर्काेसंग बेचेको बताएका छन् ।
दिन दुःखी गरिबसंग यसरी ठग्नु गैरकानुनी पक्कै पनी हो । मिटर ब्याजी जस्तै जग्गा बेचेर थप मुल्य कमाउन पाइन्छ की भनेर ठग्न लागेको यस घटनाले प्रमाणित गर्छ ।