मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । विश्वमा प्रचलित मुख्य दुई मानसिक रोग वर्गीकरण विधि इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज दशौं रिभिजन र डायग्नोष्टिक एण्ड स्टास्टिकल म्यानुअल चौथो रिभिजनले विभिन्न मानसिक रोगहरूलाई लगभग समान किसिमले व्याख्या गरेका छन् । एन्जाइटी डिस्अर्डर, डिप्रेसन, सिजोफेर्नियाजस्ता पहिलेदेखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरू बच्चाहरूमा उत्पन्न हुने व्यावहारिक समस्या, सुस्त मनस्थितिका साथै लागू औषधिको प्रयोगले उत्पन्न हुने व्यावहारिक समस्याहरू पनि हुन् ।
मानसिक समस्याको सूचीमा राखिएका व्यवहारिक र अन्य मानसिक रोग समयमा नै उपचार गर्नु पर्ने सुझाव चिकित्सकहरुको छ । विगत लामो समय देखि भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर वीरगज पर्सामा कार्यरत नसा तथा मानसिक एवं छारे रोग विशेषज्ञ डा.भरत कुमार गोइत पनि यो रोगका बारे विज्ञ हुन् । द्वन्दग्रस्त समुदायमा भने मानसिक समस्या मात्र नभई आत्महत्या पनि बढी हुने हुँदा तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणहरूले सही उपचारबाट वञ्चित रहेको डा. गोइतको तर्क छ । मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगी र उपचारबाट ठिक हुने हुने हुँदा समयमा नै उपचार गनराउनु पर्ने चिकित्सकहरुको सुझाव छ । यो रोगको लक्षण र बच्ने उपाय लगायतका विभिन्न पक्षमा नसा तथा मानसिक एवं छारे रोग विशेषज्ञ डा.भरत कुमार गोइतसंग मध्य नेपालको लागि गरिएको बिशेष कुराकानी :-
१) समाजमा मानसिक रोगिको वर्तमान अवस्था कस्तो छ ?
लकडाउनपछि बिरामीहरुको संख्या बढेको छ । हामीले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नाले पनि सर्वसाधरणमा मानसिक रोग के हो ? मानसिक रोगको पनि उपचार हुन्छ । यो ठिक हुने रोग रहेछ । यसलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि बिरामीहरु हामी कहाँ सम्पर्क गर्न आउन थालेका छन् । मैले १४ वर्षदेखि वीरगंजमा कुनै न कुनै माध्यमले जनचेतना फैलाउने काम गरिरहका छु । हामीले यहाँ उपचार गरिसकेपछि निको भएका बिरामीहरुले पनि यो निको हुने रोग रहेछ भनेर अरुलाई भन्दै आएका छन् । यसले गर्दा पनि अहिले जाँच गराउन आउने बिरामीको संख्यामा पनि वृद्धि भएको छ । हाम्रो पनि चाहना भनेको डाक्टर कहाँ बिरामी आउन । यो डाक्टर र बिरामी बिचमा जुन दुरी छ त्यो भनेको सामाजिक अन्धविश्विासलाई नै तोडेर र व्यक्तिलाई उपचार गर्न सकियो र जनचेतनामूलक कार्यक्रमहरु जनता समक्ष पु¥याउन सकियो भने समाजबाट रोगी निर्मूल हुन् भन्ने नै हो ।
२) मानसिक रोग हुने मुख्य कारण के हो ?
मानसिक रोग हुने एउटै कारण छैन । सबैभन्दा धेरै हुने भनेको वंशाणुगत कारणले नै हो । मानसिक रोग भएका बुबाआमाहरुका सन्तानमा मानसिक समस्या हुने सम्भावना बढी हुन्छ । त्यो बाहेकका अन्यमा बेरोजगारी, सामाजिक सुरक्षाको कमी महसुस हुँनाले पनि हुन्छ । समाज भनेको ऐना हो । त्यो ऐनामा हामीले आफ्नो चरित्र हेरेर, काम हेरेर आफूलाई सुधार गर्छौं । हामीले समाजबाटै सिक्ने हो । समाजमा भएका व्यक्तिले यसो ग¥यो मैले नि त्यस्तै गर्नु पर्छ भन्ने हुन्छ । तर त्यसको लागि परिवर्तित, क्रियाशिल समाज हुनुपर्छ भन्ने मेरो बुझाई छ ।
अर्कोमा शारिरीक समस्याले गर्दा पनि हुन्छ । कोही रिसाहा प्रवृत्तिको हुन्छन्, जो एक्लै बस्न रुचाउने, यस्ता व्यतिmहरुमा पनि मानसिक समस्या हुन्छ । तर नेपालको परिपेक्षमा भन्नु पर्दा सबैभन्दा बढी मानसिक समस्या निम्त्याउने कारण भनेको लागु पदार्थ प्रयोग हुने गरेको छ । सबैभन्दा बढी बिक्री हुने, खानाले दुर्घटना हुने, मान्छे मार्ने, घरेलु हिंसा गर्ने, हत्या आत्महत्या गर्नेदेखि चोरी डकैती लगायतका सबै घटना मद्यपान, लागु औषध प्रयोग लगायत नै प्रमुख हुने गरेको छ । मद्यपानको सेवनले व्यक्तिगत, मानसिक र सामाजिक रुपमा बढी असर पारेको पाइएको छ । हामीले आफूलाई अरुसंग दाज्ने बानीले पनि हामी मानसिक समस्याको शिकार हुने गरेको भेटिएको छ ।
३) महिला, पु्रुष मध्ये कसलाई र कुन उमेर समूहमा बढी मानसिक समस्या देखिन्छ ?
महिला पुरुष दुवैमा यो रोग छ । केही रोगहरु पुरुषमा बढी छ भने केही महिलाहरुमा पनि छ । यो हरेक उमेर समूहमा रोग देखिन्छ । यसमा बच्चामा एक किसिमको रोग देखिन्छ भने ठूलोमा अर्को किसिमको हुन्छ । तर मानसिक रोग प्रायः सबै उमेर समूहका व्यक्तिहरुमा देखिन्छ ।
४) मानसिक रोगका लक्षणहरु के के हुन् ?
उनीहरुमा साधारण किसिमको मानसिक रोगदेखि कडा किसिमको मानसिक रोग देखिन्छ । जस्तै, एन्जाइटिक, डिप्रेशन, हाड र निन्द्राको समस्या, भोक नलाग्ने बिरामीदेखि लिएर एकदमै कडा किसिमको बिरामी जसलाई हामी पागलपन भन्छौं । धेरै बोल्ने, रातभरी नसुत्ने, शंका लाग्ने, जाडरक्सी खाने, मारपिट झै–झग्डा गर्न खोज्ने र लागु पदार्थमा लाग्ने, एक्लै बस्न रुचाउने लगायतका लक्षणहरु मानसिक रोगका खास लक्षण हुन् ।
५) यो रोगबाट बच्ने उपायहरु के के हुन सक्छन् ?
पूर्ण रुपमा मानसिक रोगबाट बच्न सम्भव छैन । तै पनि धेरै किसिमको रोगबाट बच्न चेतना नै जाग्नु पर्छ । यो रोगबारे सूरु मै थाहा पाइयो भने साधारण अवस्थाबाटै बच्न सकिन्छ । बच्चालाई सुरुदेखि नै अप्टिमिस्टिक लाईफ, सेयरिङ्ग लाईफ लगायतका क्रियाकलाप गर्ने, बच्चाहरुसंग कुरा गर्ने, उनीहरुको कुरा सुन्ने, समस्यालाई बुझ्ने, हप्तामा एक दिन भए पनि सबै समाज र परिवारको बारेमा जानकारी दिने र राम्रो नराम्रो कुरा बारे सिकाइयो भने यस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
६) मानसिक रोगी उचित व्यवस्थापनको लागि अस्पतालसम्म पुगेको पाइदैन किन ?
पर्सामा मात्रै होइन । नेपालमै मानसिक रोगिको लागि एउटा मात्रै अस्पताल छ । त्यो हो पाटन मेन्टल हस्पिटल । त्यो देखाउनका लागि राखिएको नेपालको सेतो हात्ती भन्छु म। म । मानसिक रोगको बारेमा जनचेतना हुने कार्यक्रम नेपालमै धेरै कम छ । म आफैले त पब्लिक लेबलमा कुनै कार्यक्रम भएको देखेकै छैन । कुनै ठाउँमा २÷४ जना डाक्टर साहेबहरुले सेमिनार कार्यक्रमहरु नगरेका होइनन् । तर त्यो लेबलभन्दा पनि पब्लिकमै ड्रामा र पम्पलेटिङ्ग, टेलिभिजन, रेडियो मिडियामा खासै भएको छैन । मानसिक रोग भनेको के हो ? भनेर पब्लिकमा २÷४ प्रतिशतलाई पनि थाहा छैन ।
वीरगंजको कुरा गर्दा वीरगंज महानगरपालिकामा मानसिक रोग सम्बन्धी कुनै कार्यक्रम छैन । काउसिलिङ्ग सेन्टर छ भनेर भन्छन् । तर कहाँ छ भने मलाई थाहा छैन । किन भने वीरगंजमा सबैभन्दा बढि मानसिक रोग मैले नै हेर्ने हो । ह्वाटसप, भाईबर, म्यासेन्जरमा धेरै जसो मलाई नै कन्सन गर्ने हो । अरु पनि साथीहरु छन् । तर म अलिकति समाजिक संजालमा एक्टिभ हुने भएकाले विभिन्न समस्याबारे भन्छन् । हामी यही समाजमा सहयोग गर्नकै लागि बसेको हो । त्यो चाही बुझ्नु पर्ने जरुरी छ । यहाँको स्थानीय सरकारले त कम्यूनीटि मेन्टल हेल्थलाई प्राथमिकता दिनुपर्ने हो । अवधारण ल्याउन जरुरी छ । हाम्रो मानसिक रोगका डाक्टरहरुसंग बसेर नीति निमार्ण गरी कार्य गर्न जरुरी छ । तर यसमा महानगरपालिका पनि अनविज्ञ जस्तो देखिन्छ ।
७) मानसिक रोगिका लागि सरकारले के गर्नुपर्ने देख्नु हुन्छ ।
वीरगंज महानगरपालिका घुम्दा मानसिक रोग सम्बन्धी जनचेतना फैलाउने एउटा होडिङ्ग बोर्ड पनि राखिएको देखिदैन । डिप्रेशनका लक्षण यो हुन्, आत्महत्या र लागुपदार्थ सेवन रोक्न यो–यो गर्न पर्छ भन्ने कहि पनि देखिएको छैन । एउटा चिकित्सकले पब्लिक सामु कोटेशन लेखेर वा मेयर, सिडिओ वा अन्य प्रशासनसंग भेटेर भन्ने कुरा सम्भव छैन । यो कही पनि हुँदैन । यहाँको निकायले डाक्टर साहेब हामीलाई सहयोग गरिदिनु भनेर भन्दा समय मिलाएर चिकित्सले सहयोग गर्ने हो । नत्र म आफ्नो योजना लिएर गई दिने हो । यो मेरो काम होइन । बरु हामीले विभिन्न सञ्चारको माध्यमबाट यो यो काम भएको छैन, आवश्यकता छ,, गर्नु पर्छ भन्ने मात्र हो । तर मैले कोटेशन वा प्रोपोसल बनाएर बुझाउने काम होइन । एक जना मानिसमा साधारणदेखि कडासम्म मानसिक रोग हुन्छ । अब यति कुरा थाहा हुँदा हुँदै सरकारले पहल गदैन भने हामीले के भन्ने ? म अहिले पनि आफ्नो क्लिनिक र विभिन्न समाजिक संजालमार्फत जनचेतना फैलाउँदै आएको छु ।
८) अन्त्यमा के भन्नु हुन्छ ?
आफू मानसिक रोगी भएको बेला मानसिक रोगको हस्पिटल, डाक्टर खोज्छन् । तर अरु मानिसलाई समस्या परे कसले खोजिदिने भन्दा त्यसैको लागि जनप्रतिनीधि बनाइएको हो । जनताकै लागि सांसद, प्रदेश सांसद र स्थानीय सरकार हुन्छन् । यी तिनवटै लेबलबाट समन्वय गर्न सकियो भने प्रदेश नं. २ मै २ सय बेडको मानसिक अस्पताल खोल्न सकिन्छ । लागु पदार्थमा १२ वर्षदेखि ७० वर्षका मानिस लागेका छन् । यहाँ १२÷१४ वटा ल्याब छ । म सबैमा काम गर्छु । उनीहरुको अवस्था हेर्दा आँखाबाट आसु झर्छ । १२ वर्षको बच्चा गुलस्टिप गर्ने, ब्राउन सुगर, गाँजा खाने, रक्सी, चुरोट खाने जस्ता एक किसिमको महामारीकै रुपमा फैलिएको सञ्जाल देख्छु । यसलाई कसरी रोक्न सकिन्छ ? भने योजना बनाएर कार्यन्वयन गरियो भने मात्रै रोक्न सकिन्छ । नत्र अझ केही बर्ष पछि यो समस्या भयावह भएर जानेछ ।