मुलुकको पछिल्लो राष्ट्रिय जनगणनामा मधेश प्रदेशको चर्चा फेरि चुलिएको छ । भूगोलमा यो प्रदेशभन्दा ठूल्ठूला अरु सबै प्रदेश छन् । तर प्रदेशको नाममा जसरी अरु प्रदेशको भन्दा फरक मधेश प्रदेशको नामाकरण जुराइयो । त्यसरी नै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जनसंख्यामा यो प्रदेश सबै प्रदेशभन्दा ठूलो जनसंख्या भएको प्रदेशमा दरिएको छ । जनसंख्याको हिसाबले यो प्रदेशले बागमती प्रदेशलाई पनि पछि पारेको तथ्याँकले देखाएको छ । आठ जिल्ला मात्र समेटिएको यो प्रदेशमा कुल ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या पुगेको तथ्यांकले प्रष्ट्याएको छ ।
अनाज उत्पादनको लागि उर्वर भूमि समेत रहेको यो प्रदेशमा जनसंख्याको ठूलो हिस्सा भने ग्रामिण क्षेत्रमा नरहेको पाइएको छ । यसले पनि यो प्रदेशको शहरी क्षेत्रको ठूलो हिस्सा जनसंख्या बढी पाइनु कृषिलाई भने यो प्रदेशका मानिसले मूल प्राथमिकतामा नपार्ने हुन् कि भन्ने शंका चाही तथ्याँकले गर्दा उब्जाएको छ । त्यसो नै नभए पनि यो प्रदेशको शहरी क्षेत्रको ४४ लाख ६४ हजार ४ सय ८० जनसंख्यालाई १६ लाख ६१ हजार ८ सय ८ जना ग्रामिण क्षेत्रका जनसंख्याको अनाज उत्पादनको लागि मुख ताक्नु पर्ने जस्तो अवस्था सृजना भएको छ । शहरीया नागरिकले खासै कृषि कर्मलाई प्राथमिकतामा कम पार्ने हुँदा ग्रामीण क्षेत्रका बासिन्दा नै कृषि कर्ममा आबद्ध हुने सम्भावनालाई खासै नकार्न सकिन्न ।
अर्को कुरा मधेसमा सबैभन्दा धेरै जनसंख्या धनुषा जिल्लामा हुनुले पनि यो प्रदेशको राजधानी पनि हुँदा कृषि कर्म गरिखानेभन्दा अरु जिल्लाको उब्जाउमा आश्रित जनसंख्या पनि त्यसै जिल्लामा हुने हो कि भन्ने पनि संकेत देखिएको छ । सबैभन्दा कम जनसंख्या भएको पर्सा हुनु र यो जिल्लाको अधिकाँश हिस्सा ग्रामिण क्षेत्र रहनुले कृषि फसलमा पर्सा अब्बल नै नरहे पनि कृषि कर्म गर्ने मानिस यो जिल्लामा नघट्लान भन्ने संकेत पनि देखाएको छ ।
तथ्याँगत हिसाबले हेर्दा धनुषाको जनसंख्या ८ लाख ७३ हजार २ सय ७४ रहेको छ भने पर्साको जनसंख्या जम्मा ६ लाख ४९ हजार ३ सय ९ जना मात्र छ । बढि जनसंख्या भएको दोस्रो ठूलो जिल्ला सर्लाहीमा ८ लाख ५७ हजार ३ सय ६०, तेस्रोमा रहेको रौतहटमा ८ लाख २५ हजार ६ सय २३ र चौथोमा सिराहमा ७ लाख ४८ हजार ४ सय १६ जनसंख्या रहेको छ । त्यसै गरी बढि जनसंख्या भएको पाँचौँ स्थानमा रहेको बारामा ७ लाख ४३ हजार ९ सय ७५, छैठो स्थानमा रहेको महोत्तरीमा ७ लाख १५ हजार ४० र सातौँ स्थानमा रहेको सप्तरीमा ७ लाख १३ हजार २ सय ३ जना रहेको पाइएको छ ।
विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर भने १.३५ प्रतिशत पुगेको छ ।
यता अरु प्रदेशको जनसंख्याभन्दा यो प्रदेशको जनसंख्या बढि हुनु र त्यसमा पनि महिलाको जनसंख्याभन्दा पुरुषको जनसंख्या बढि हुनुमा सीमावारी नागरिकता बढाउने पछिल्लो शैलीको केही अंशले प्रभाव पारेको पनि आँकलन गर्न थालिएको छ । कारण अरु प्रदेशको दाँजोमा यो प्रदेशको जनसंख्या बृद्धिदरमा अप्रत्यासित परिवर्तन भएको तथ्याँकले देखाउँदा संकेत उता पनि गरेको हो ।