पर्सा जिल्लालाई सदरमुकामसंग जोडने मुख्यनाका वीरगंज–पोखरीया सडक खण्डमा पर्ने तिलावे पुलमा बिहान बेलुका दिनहँु घण्टौसम्म जामलागेर आम जनताहरु शास्ती पाइरहेका छन् । पहिलादेखि साघुरो रहेको उतmपुलमा जामलाग्ने गरेको थियो । झन तिलावे नदीमा अर्काे पुलबन्ने प्रकृयासंगै अझ बाटो साघुरो हुदै गएकोले जामको समस्या बढदै गईहरेको छ । कहिले काही जानेलाई शास्ती लागे पनि दिनहु आउजाउ गर्नेलाई बानी बसिसकेको छ वा सहने प्रवृतिले सवै जना चुपचाप छन् ।
न त बन्न लागेको पुलको काम नै तिव्र गतिमा छ न त जामको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान गएको देखिन्छ । बहुदरमाई नगरपालिकाबाट वीरगंजमा दैनिक ज्यालादारीको काम गर्न आउने हरिनाथ यादवले तिलावे पुलमा हुने जामका कारण कति दिनकाम छुटेर रितो हाथ घर फर्किनु परेको बताए । कहिले काही साईकलकाधमा बोकेर तिलावे नदीपार गरेको पनि उनले सुनाए । हुन त साईकलवाला काधमा बोकर नदीपार गरे पनि गाडीवालासंग त्यो विकल्प छैन । सामान्य रुपमा व्यवस्थापन गर्न सक्ने समस्यालाई सम्बन्धित निकायले ध्यान नदिदाँ जनताहरु शास्ती खेप्न बाध्य छन् । यस्तो समस्याको विषयमा सम्बन्धित निकायको ध्यानकर्षण खोइ ? यस्तो विषयमा कसले बोल्ने ? खोइ त नागरिकको निरन्तर खवरदारी ?
विभिन्न चरणमा भएको आन्दोलन पश्चात निर्माणको काम शुरु भएको भए पनि फेरि गति उस्तै छ । निर्माणको काम अगाडी बढ्न फेरि कछुवाको गति जस्तो भएको छ । त्यसको जस लिने होडबाजी चल्छ । तर निरन्तर रुपमा खबरदारी गरिदैन । अहिले पनि तिलावेको जाम उस्तै छ । तिलावेमा बनाइको डाईभर्सन भत्किसकेको छ । त्यतीमात्र होइन आमजनताको सहजताको लागि निर्माण भइरहेको सडकमा गरिने लापर्वाहीका कारण आमजनताले ज्यान समेत गुमाउनु पर्दा सरोकारवालाको ध्यान जादैन ।
निर्माणको क्रममा हुने प्रदुषणलाई कसरी नियन्त्रण गर्ने ?आवतजावतलाई कसरी सहज बनाउने ? आम जनताको स्वास्थ्यालाई कसरी ख्याल गर्ने ? यस्ता कुरामा ध्यान किन दिईदैन ? पानी पर्दा हिलोको कारण बाटो बन्द हुने , घाम लाग्दा धुलोको कारण हिड्नै नसक्ने हुदाँ समेत यसको समाधानका लागि पहल गरिदैन । समयमा निर्माणको काम नहुने, कमसल काम हुने , हाम्रै लागी निर्मााण भईरहेको बाटोमा हाम्रो ध्यान किन जादैन । आमजनताको दुखमा बोल्नु पर्ने नागरिक समाजले यस्तो विषयमा खोइ त आवाज उठाएको ? खोइ त निरन्तर नागरिक खबरदारी ?
अहिले जताततै विकास निर्माणको काम भइरहेको छ । यो राम्रो कुरा हो । देश विकासका लागि सडकको संजाल सवभन्दा महत्वपुर्ण पाटो हो । तर विकास निर्माणको कामगर्दा आमजनताको स्वास्थ्यसंग खेलवाड गर्नु कतिको जायज हो । निर्माणको कामगर्दा धुलो र हिलोको व्यवस्थापन कसले गर्ने ? खोइ त यसका लागि नागरिक खबरदारी ? आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर टोल, समाज, देश, राष्ट्र अनि सम्पूर्ण मानव जगत्को स्वार्थलाई केन्द्रमा राखेर कुनै कामगरिन्छ भने त्यसलाई देशकै हितको रुपमा लिने गर्छौं । यसरी हित चिताएर सबैको भलाइका लागि गरिने विकासमा हामीले आफ्नो ध्यान गर्नुपर्छ ।
कुनै सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति गर्न लहैलहैमा लाग्दा विकासको नाममा विनास निम्तिन सक्छ । यस्ता स्लो प्वाइजनको सिकार तपाईं–हामी नै हुन सक्छौं । समयमै सचेत भई राज्य, व्यक्ति वा कुनै संस्थाले गरेको काम वा कार्यक्रमलाई आलोचनात्मक रुपले हेरेर सही गलत छुट्याएर नागरिक खबरदारी गरे मात्र चाहेको जस्तो विकास हुन सक्छ । तर त्यसको लागि विकासको कामलाई गतिशिल बनाउन निरन्तर नागरिक खबरदारी खोइ ?