बिरामी भएर अस्पतालमा भर्ना हुने चीसोसँगै अझ पीडित भएकै छन् । उनीहरुको बिजोग त हुने नै भयो । तर मध्य तराईका विभिन्न अस्पतालमा बिरामी लिएर पुगेका बिरामी कुरुवाको हालत पनि कष्टपूर्ण बनेको छ । कारण यतिवेला मध्य तराईमा शीतलहरको प्रकोप छ । यो समयमा अस्पतालमा बिरामीका कुरुवाहरु हदैसम्मको शास्ती व्यहोरिरहेका छन् । खासगरी गरिब तथा विपन्न वृद्धवृद्धा बिरामीको मारमा छन् नै । उनीहरुलाई अस्पताल लिएर पुगेका बिरामीका कुरुवाको पनि निकै विजोग भएको हो ।
अस्पतालहरुले कुरुवाहरुका लागि व्यवस्थित स्थानको व्यवस्था नगरेको कारण उनीहरु खुल्ला ठाउँ, अस्पतालको बार्देली र यताउता खाली ठाउँमा जागरम गर्दै रात र दिन कटाउन बाध्य भएको बताउँछन् । मौसममा आएको परिवर्तनसंगै शितलहरले गर्दा जनजीवन कष्टकर बनेको छ । दिनभरी जसो लाग्ने कुहीरोसँगै आएको चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ । यो समयमा आम जनजीवन प्रभावित छ । यस्तो समयमा परिवारका सदस्य बिरामी परेर अस्पतालमा जाँदा बिरामी कुरुवाका लागि राम्रो बस्ने ठाउँ नहुँदा समस्या भएको उनीहरुले तर्क गरे ।
प्रत्येकवर्ष हुने शितलहरले तराईमा सयौँ वृद्धवृद्धा तथा बालबालिका अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालहरुको तथ्याँकले पनि यो पुष्टि गरेको छ । अस्पतालमा कुरुवा भएर बस्दा शीतलहरले विरामीभन्दा बढी जोखिम रहेको डुबरवानाका स्थानीय माधव अधिकारीले बताए । स्थानीय सरकार आएपछि यसको व्यवस्थापन अझै सहज हुने भनिए पनि सरकारी अस्पतालको कुरुवा घर नै बैंकलाई दिएको भन्ने थाहा पाइयो । अहिले बस्ने ठाउँ नभएर कुरुवाहरुको विचल्ली भएको उनको गुनासो छ । तराईका जिल्लामा हुने हरेक वर्षको शितलहरलाई मध्यनजर गर्दै नेपाल सरकारले गरिब तथा विपन्न नागरिकलाई जाडोमा न्यानो हुन तथा वृद्धवृद्धाको उपचारको लागी विपद व्यवस्थापन समितिले बजेटहरु छुट्याएको भन्ने हल्ला चाही सुन्छि । तर विरामीका कुरुवाहरु भने यसबाट लाभान्वित हुन नसकेको अर्का विरामीका कुरुवा हबिब मियाँले बताए ।
वीरगंजस्थित नारायणी अस्पताल केन्द्र सरकार अन्तर्गतको एक अस्पताल हो । चिसोले यस अस्पतालमा पुराना दमका रोगी, उच्च रक्तचाप भएका वृद्ध वृद्धा, बालबालिका र दैनिक जसो सुत्केरी गराउन आउने महिलाहरुले यस अस्पताल कमी हुँदैन । विरामीसंगै कु्रुवा आउनै पर्छ । तर ती कुरुवा बस्ने उचित ठाउँ छैन । वीरगंज महानगरपालिकाले बनाइदिएको कुरुवा घर कृषि विकास बैंकलाई र अस्पतालको टिकट काउन्टरका लागी प्रयोग हुन थालेपछि कुरुवाहरु अझ खुल्ला अकाश मुनि जागरम गर्न बाध्य रहेको खुट्टाका विरामी विश्वनाथ बैठा बताउँछन् । जेनरल वार्डमा रहेका विरामीहरु अस्पतालको बार्देली, सडक पेटी लगायतको चिसो भुईमा सुत्न बाध्य रहेको उनको भनाई छ । जिल्लाका १४ वटै स्थानीय निकायका नीजि तथा सरकारी अस्पतालको विजोग यस्तै छ । कुहिरो र शितलहरसँगै चल्ने चिसो पश्चिमी हावाका कारण रातभर जागेरै अस्पतालमा दिन वित्ने गरेको कुरुवाहरुले दुखेसो गरे ।
कुरुवा घर आफु प्रमुख हुनु पुर्व नै बैंक र काउन्टरका लागी दिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विरेन्द्र बहादुर प्रधानले बताए । नयाँ बन्न लागेको कुरुवा घर भने पुर्ण रुपमा समपन्न नभएकाले समस्या भएको उनले पनि स्वीकारे । यसबाट अहिले दुःख लागिरहेको उनको भनाई छ । कुरुवाहरुलाई तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।