वीरगंज - निजगढ विमानस्थलका लागी मन्त्रीहरुको जाम्बो टोलि अवलोकनका लागी टागियाबस्ती पुगेका छन् । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पयर्टन मन्त्री प्रेमबहादुर आले मगर, श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ, नेपाली कांग्रेशका नेता तथा पुर्व मन्त्री रामचन्द्र पौडेल, वन तथा भूसंरक्षण मन्त्री राम सहायक यादव, बागमती प्रदेशको मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वन मन्त्री शत्रुघन महतो, नेपाल सरकारको अन्तराष्ट्रि सम्बन्ध समितिका अध्यक्ष पबित्रा निरौला लगायतको जाम्बो टोलिले निजगढ विमानस्थलको टागियाबस्तीमा पुगेर टागियाबस्तीको मुअब्जा वितरण चाडै गराउने प्रतिबधता जनाएका छन् ।
अवलोकन भ्रमणमा पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनकै सरकारको पालामा निजगढ विमानस्थलको निर्माण कार्य शुरु हुने बताएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टागियावस्तीस्थित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् । निजगढ अन्तराष्ट्रिय विमानस्थलको अवलोकन भ्रमणको क्रममा बाराको टोलीले निजगढ विमानस्लको निरीक्षण तथा अवलोकन गर्दै आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले २०६४ सालदेखि शुरु भएको आयोजना पछिल्लो पटक अलपत्र परेको थियो भने आवश्यक बजेटको अभावले काम अवरुद्ध हुन पुगेको थियो, तर अहिले तत्काल काम अघि बढाउने गठनबन्धनको सरकारको लक्ष्य रहेको उनले बताए ।
विनमानस्थल निर्माणको लागि १९ हजार हेक्टर क्षेत्रफल आवश्यक रहेकोमा ८ हजार हेक्टर क्षेत्रफलमा टागियावस्ती रहेको छ । प्राविधिक प्रतिवेदन अनुसार तत्कालै २ हजार हेक्टरबाट विमानस्थलको काम शुरु गर्न सकिने अवस्थ रहेकोले सोही अनुरुप सत्ताधारी पार्टीहरु वीच सहमति भइसकेको उनले बताएका थिए । कुल १० अर्ब अनुमानित बजेट अवश्यक रहेकोमा हालको लागि लागत खर्च बारे छफफल गरी राज्य र अन्तराष्ट्रि दातृ निकायसंग पहल गरी चाडै काम शुरु गर्ने उनले दवाी गरे । स्थानीयले राखेको माग जस्तै उचित मुआब्जा, रोजगारीको सुनिश्चितता, विमानस्थल नजिकै पुर्नस्थापन गर्ने लगायत विषयमा पनि सरकारले चाडै टुगो लगाउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै पयर्टन मन्त्री प्रेमबहादुर आले मगरले निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास आफनै पालनामा हुने दावी गर्दै टागियावस्तीको चाहना अनुसार सरकारले मुआब्जा उपलब्ध गराउने पनि प्रतिबद्धता जनाए । निजगढ विमानस्थलको विकल्प नभएको भन्दै तराई मधेसको विकाससंगै मधेसलाई राजधानीसंग जोडन पनि निजगढ विमानस्ल आवश्यक रहेको उनले जोड दिए । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो योजना कार्यान्वय गरी चाडै पुरा गारउनु पर्ने सरकारको महत्वकाक्षी योजना भएकोले सरकारले यसमा कुनै विलम्भ नगरी काम शुरु गर्न सुझाव दिएका हुन् ।
सो वडाका वडा अध्यक्ष केदारनाथ बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ, वन तथा भूसंरक्षण मन्त्री राम सहायक यादव, बागमती प्रदेशको मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वन मन्त्री शत्रुघन महतो,नेपाल सरकारको अन्तराष्ट्रि सम्बन्ध समितिका अध्यक्ष पबित्रा निरौला लगायतको सहभागिता थियो । २०३१ सालदेखि १६ वटा घरबाट बसोबास गर्दै आएको टागियावस्तीमा हाल २ हजारभन्दा घरहरु छन् । त्यहाँ ४३ सय मतदाता रहेका छन् । कार्यक्रममा पयर्टन मन्त्रीले भाइरल भिडियो बारे केही बोलेनन्