सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको समय तोकेपछि देशभर राजनीति तरंग ल्याएको छ । चुनावको मुखमा टिकट पाउने र जित्ने होड्बाजीले अहिले दल अदलबदल भईरहेको छ । हालाकी कुनैपनि पार्टीले कुनैपनि पालिकाको उम्मेदावर भने घोषणा गरेको छैन् । तैपनि जसरी भए नि स्थानीय चुनाव नै लड्ने अठोट लिएका केही नेताहरु पार्टी परिवर्तन गर्ने र चुनावी प्रचारमा घरदैलो जाने क्रम सुरु गरिसकेका छन् ।
यसैबिचमा मधेश केन्द्रित दल लोकतान्त्रिक समाजबादी पार्टी पर्साका युवा नेता राजेशमान सिंह एमालेमा प्रवेश गर्न लागेका छन् । पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा एमाले प्रवेश गरेको बताई सकेका नेता सिंह केही दिनमै बृहत पार्टी प्रवेश कार्यक्रम गरि लोसपाको वीरगज महानगरका पुरै टिम नै एमालेमा जाने बताईसकेका छन् । राजेशमान सिंह वीरगंज महानगरको एमालेबाट मेयर पदमा लड्ने पक्कापक्की नै भएर एमालेमा लागेको बुझ्न सकिन्छ । यी विभिन्न विषयमा उनै सिंहसंग मध्य नेपालको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश :-
१) मधेशको मुद्दाबाट राजनीति पृष्ठभुमी खडा गरेको तपाईले मधेश अधिकार बिरोधी पार्टी कहलाउने एमाले नै रोज्नुको कारण के ?
विगतका दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनले गरेको कार्यलाई हेर्दा मधेश विरोधी भन्न सकिदैन् । केपी ओली प्रधानमन्त्री भएको बेला सबभन्दा बढि एमाले नै मधेशको विकासको हितमा काम गरेका छन् । अर्काे हामीले मधेश मुद्दा छोडेका छैनौं । मधेशको मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ ? संविधानमा कसरी सुनिश्चित गर्न सकिन्छ भनेर यसमा हामी लागेकै छौं । गनतव्य मात्रै परिवर्तन गरेका हौं, लक्षय भने त्यही हो । मधेशी दलबाट मधेशको मुद्दा सम्बोधन हुने सम्भव नदेखेर बाटो परिवर्तन गरेका छौं । विगतको दिनमा मधेशप्रति एमालेले देखाएको सकारात्मक सोच नै देखेर एमालेमा लाग्ने निर्णय गरेका छौं ।
एमाले सरकारमा रहँदा एक सय २० जनामाथि लागेको झुठो मुद्दा फिर्ता लिई विध्येकद्वारा नागरिकता मुद्दा अगाडी बढाइएको थियो । अहिले पनि एमाले सकारात्मक छ । त्यसकारण हामी बाटो मात्रै परिवर्तन गरेका छौं, लक्ष्य होईन ।
२) पर्सामा लोसपाको संगठन बलियो नदेखेपछि यहाँले स्थानीय चुनावको मुखमा एमाले प्रवेश गर्नु सत्ता प्राप्तिको भ्र्याङ्ग (सिडी) बनाएको आरोप छ नि ?
आरोप लगाउनेले लगाई रहन्छ । त्यो आरोपको पछाडी मलाई दौडनु छैन् । पर्सा जिल्ला खास गरि वीरगंज महानगरपालिका भित्र हामीले गर्दा लोसपा थियो । लोसपाले गर्दा हाम्रो टिम थिएन् । हामी जत्ता लाग्छौं, संगठन पनि उतै लाग्छ । हामी कुनै पनि हालतमा कमजोर थिएनौं न अहिले पनि छौं ।
३) स्थानीय चनावमा वीरगंज महानगरपालिकाको मेयरमा लड्ने यहाँको चर्चा सुन्दिैछ ? टिकट पक्का नै भएर एमाले प्रवेश गर्नु भएको हो ?
म आफ्नो कर्ममा विश्वास राख्छु । कुनै सर्त राखेर काम गर्दिन् । मैलै गरेको कामको आधारमा पार्टीले मलाई टिकट दियो भने चुनाव लड्ने हो । म कुनै बार्गिनिङ्गको काम गर्दिनन् । मेरो टिमको कार्यक्षमता मलाई पुर्ण विश्वास छ । र त्यो अनुसारले पार्टीले हाम्रो मुल्याङकन गर्ने कुरामा ढुक्क पनि छु । मभन्दा राम्रो गर्ने कुनै उम्मेदवार आउछ भने स–सम्मान ठाउँ दिने र छोड्ने पनि तयार छु । तर मुल्याङकनको आधारमा पार्टीले मलाई टिकट दियो भने म मेयरमा चुनाव लड्छु ।
४) टिकट पाएन भने अन्य पार्टीबाट चुनाव लड्ने कि एमालेलाई नै सघाउनु हुन्छ ?
म पोजेटिभ कुरा राख्ने मान्छे हुँ । नेगेटिभ कुरा सोच्दै सोच्दैन । जहाँ छुु, त्यहाँ समर्पित भावले बस्छु । यो भन्दा पहिले पनि निष्ठापुर्वक एक दशक मधेशी दलमा बसेको छु । यहाँ पनि रहेभने निष्ठापुर्वक नै काम गर्ने छु ।
५) सदा सर्वदा चुनाव लड्ने बसुरद्दिन जी पनि मेयरमा चुनाव लड्ने सुनिदैछ नि ?
स्वच्छ प्रतिस्पर्धा जहाँपनि हुनुपर्छ । पार्टीले वहाँलाई टिकट दियो भने स्वागत योग्य कुरो हो । त्यसमा मलाई कुनै आपती छैन् । पार्टीले नै निर्णय गर्छ, पार्टी नै सर्वाेपरि हो । त्यो निर्णय सर्व स्वीकार्य हुन्छ ।
६) मेयरको टिकट यहाँले नै पाए यसपालिको चुनावमा तपाई नै जित्ने आधार के ?
वीरगंजेली जनताले परिर्वतन चाहेको छ । र वीरगंजेली जनताको साथ म पाउँछु भन्ने विश्वस्त भएकाले मेरो मुख्य आधार नै त्यही हो । वीरगंजको विकास कसले गर्न सक्छ यो सबै जनताले बुझेका छन् । विकास मात्रै नभई वीरगंजको पहिचान स्वास्थ्य क्षेत्र, युवाहरुको रोजगार र शिक्षा लगायतमा म आमुल्य परिवर्तन गर्छु भन्ने विश्वस्त छौं । यही कार्यमा हाम्रो सम्पुर्ण टिम लागेको छ । तसर्थः वीरगंज किन त ? बाहिरको मान्छे वीरगंज आयो भने किन वीरगंज जाउ भने भन्छ ? त्यो कुरोको पहिचान हामीले ठोकुवा रुपमा दिन्छौं ।
७) एउटा कुरा नी, मेयर सरावगीले महानगरको विकासको लागि कतिको काम गरेका छन् ? के पाउँनु भएको छ यहाँले ?
मेयर जीले कति काम गर्नु भयो कति गर्नु भएन त्यो वीरगंजेली जनताले त्यसको मुल्याङकन गर्ने हो । व्यक्तिगत रुपमा म वहाँको कामप्रति सन्तुष्ट छैन् । प्रतिपक्षीको नाताले पनि राजेशमान सिंहमा त्यो दम्भ छ कि कसैले राम्रो काम गरेको छ भने खुलेरै भन्छु । तर जसले राम्रो कामै गरेको छैन, त्यसलाई म राम्रो भन्न चाहन्न ।
८) विपक्षीको भुमिकामा तपाई हुनुहुन्थ्यो, मेयरले खासै नराम्रो गरेको तपाईले ४ वर्ष देख्नु भएन ? अहिले नराम्रो कसरी भए नी ?
वीरगंजको विकास र हितको लागि महानगरको बिरोधमा आवाज उठाने पहिलो व्यक्ति मै हु । सबभन्दा पहिला हामीले नै सार्वजनिक जग्गाको विषय, मच्छरको समस्या, नालाको विषय लगायतमा जुलुश नै निकालेर बिरोध गरेका थियौं ।
९) नेपाली कांग्रेसले अनियमितता र भ्रष्टाचार भएको भन्दै महानगरको बिरोध गरेको बिरोध प्रदर्शनलाई यहाँले कसरी नियाल्नु हुन्छ ?
यो एउटा राजनीति स्टन्ट मात्रै हो । कांगेस साढे ४ वर्षदेखी कहाँ थियो ? नगर परिषद् हुँदा कांगेसले कहाँ बिरोध ग¥यो त ? प्रतिपक्षमा त कांग्रेस छ नि ? परिषद्मा सबैभन्दा पहिले हस्ताक्षर गर्नेमा कांंग्रेसकै प्रतिनिधीहरु रहन्थे । साढे ४ वर्षपछि चुनावको मुखमा कांग्रेसले राजनिति स्टण्डबाजी गरेर बिरोधको ज्ञापन गाहवामाईलाइ बुझाई रहेका छन् । यो कांग्रेसको राजनीति स्टण्ड मात्रै हो । सबै जनताले बुझेका छन् । एउटा कुरा नि । परिषद् भनेको के हो ? एउटा मिनी हाउस हो । विभिन्न एजेण्डामा महानगरको आय व्ययदेखी लिएर विकासको शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा छलफल हुनुपर्ने । तर खै कहाँ छलफल भएको देख्नु भएको छ ? परिषद् हुनुभन्दा पहिले परिषद्का सदस्यहरु कहाँ विकासका पुस्तिका पाउँँनुपर्ने हो । कहिले पुस्तिका पाएको र छलफल भएको देख्न पाउँनु भएको छ । संसद चल्यो भने एक दिन समाप्त भएको देख्नु भएको छ ?
परिषद् भनेको त मिनि संसद हो नि । तसर्थः यो सब मिली भगतमा काले काले मिली खाऊ भाले भन्ने चरितार्थ मात्रै हो । कांग्रेसले सशक्त रुपमा प्रतिपक्षको भुमिका निर्वाह गरिदिएको भए सायद केही न केही वीरगंजको मुहार फेर्न लायक काम भएको हुन्थ्यो । तर कांग्रेस नै वीरगंजका मेयर सरावगीसंग मिलेर आज वीरगंज के छ ? सबै जनताले महसुश गरिरहेका छन्् समयमा मुल्याङकन गर्ने छ भन्ने म विश्वस्त छु ।
१०) वीरगंज महानगरमा कांगेस, एमाले र जसपाबिच त्रिपक्षीय लडाई हुने चर्चा सुनिदै छ ? यहाँको स्थान कहाँ हुन सक्छ त ?
एउटा कुरा के साफ छ भने, एमालेले मेयरमा मलाई टिकट दिएको खण्डमा त्रिपक्षी लडाईको कुरै हुँदैन् । वीरगंजेली जनता मसंग छ । समयले त्यसको परिणाम दिन्छ । कांग्रेसले के गरेको छ र जसपाको मेयरले के गरेका छन् सबैले देखेको छ । तसर्थः त्रिकोणीय प्रतिस्पर्धा हुन्छ कि के हुन्न् आउने केही दिन अर्थात बैशाख ३० पछि जनताले हेर्न पाउनेछन् ।
११) तपाई त सबैको प्रिया नेता, पहिलेको चुनावको कमीकमजोरीलाई कसरी नियाल्नु हुन्छ ?
मेरो पनि केही कमीकमजोरी होला भने महसुश गरेको छु । वीरगंज महानगरमा नयाँ थपिएका वडा र गाउँहरुमा सायद म पुग्न सकेको थिएन । अर्काे आफ्नै पार्टीको उम्मेदवार अर्काे पार्टीमा कुदेर मलाई जुन हराईयो, त्यो पनि छ, र अर्काे ममा कुनै भएको कमीकमजोरी होला त्यसलाई सुधार गरेर अगाडी बढ्दै छु ।
१२) महानगर मै चुनाव लडे यहाँको मुख्य एजेण्डा के हुनेछ ?
मैले सुरुमै भने । पुर्वाधारको विकास त छदैछ । शिक्षा, स्वास्थ्य, युवालाई रोजगार नै मुख्य एजेण्डा हुनेछ । खासगरि यी कारणले बाहिरका मान्छे वीरगंज आउन चाहुन भन्ने वीरगंजको पहिचानको पनि सवाल छ ।
१३) विगतमा यहाँले गरेको बिरोध कांग्रेस झै यसपालि चुनावकै मुखमा गर्न सक्ने देख्न सकिन्छ कि ?
मैले बारमबार समाजिक संजालमार्फत पनि भन्ने गरेको छु । कि जसले राम्रो काम गर्छ उसको हौसला बढाउनु पर्छ । जसले गलत गर्छ उसको बिरोध गर्नु पर्छ । सुरुमा हामीले जुन जुलुश निकालेर, ठाउँ ठाउँमा पत्रकार सम्मेलन गरेर हामीले जुन बिरोध गथ्र्याै, त्यो कोरोनाले गर्दा बिचमा रोकियो । कोरोनाले गर्दा केही कमी आएको छ । तर समाजिक संंजालमार्फत बिरोध यथावतै छ । एउटा कुरा म अहिले के गर्छु भन्नुभन्दा पनि मैले जितेर ठाउँमा पुगेको खण्डमा मुल्या«कन त्यही बेला गर्ने । मैले जनतासंग गरेको वाँचामा कति खरो उत्रिन्छु वा उत्रिदैन् त्यो कुरा त्यही बेला सोध्नु होला ।
१४) अन्त्यमा धेरैले मधेश विरोधि पार्टीमा गएको आरेप लाग्दैछ त्यसलाई कसरी चिर्नुहुन्छ ?
फेरी म भन्छु । ममाथि पार्टी परिवर्तन गर्ने जुन आरोप लागिरहेको छ, र खासगरि विपक्षीले जसरी लगाईरहेका छन् । यसबारे एउटै कुरा भन्छु मैले बाटो मात्रै परिवर्र्तन गरेको हो लक्ष्य भनेको त्यही हो । मधेशी दलबाट न कहिले दुई तिहाई पुग्थ्यो न कहिले पुग्ने छ । भोलीको दिनमा मधेशी दलले पनि कांग्रेश वा एमालेसंग मिलेर मात्रै दुई तिहाई पुग्छ । अनि मधेशको मांग संविधानमा सुनिश्चित हुन्छ । मधेशी नेताले वीरगंजको जनतासंग वाँचा गरेर जसरी अन्याय गरे त्यसको लागि मैले यो निर्णय लिएको हुँ भने आग्रह गर्न चाहन्छु ।