समाज रुपान्तरणको निमित्त मात्रै होइन । मुलुककै अमुल्य सम्पतिहरु मध्येको सम्पति भनेको युवा शक्ति हो । राज्यले पहिचान गर्न सके अदृष्य हुन्छ यो शक्ति । तर सक्कली सम्पतिको रुपमा युवालाई हेर्न सकिएन भने त्यो मुलुकका लागि नै ठूलो घाटा हुन सक्छ । अझ अर्काे शब्दमा भनौ भने देशको आमुल परिवर्तनको निमिक्त विकाशको सम्वाहक र राष्ट्र निमार्णको निमिक्त चाहिने प्रमुख श्रोतशक्ति भनेको युवा जनशक्ति हो । हाम्रो देशको राष्ट्रिय युवा नीतिले १६ बर्षदेखि ४० बर्षसम्म उमेर समूहलाई युवा भनेर मानेको छ । वास्तवमा बल, तागत, बुद्वि र विवेकको क्षमता उत्पादन गर्र्ने तय यसै उमेरले नै निर्धारण गर्न सक्दछ । हाम्रो देशमा युवा भनेर परिभाषित गरेको समुहको जनसख्या हेर्ने हो भने ४०.३५% प्रतिशत रहेको छ । यो भनेको नेपालको जनसख्या र नेपालको विकाश र निमार्णको निमिक्त पर्याप्त शक्ति हो । जस्लाई प्रयोग गर्न सक्ने हो भने साच्चै नेपाल बन्न समय लाग्दैन । यहाँको विकास पनि अन्य देशका दाँजोमा जान सक्छ । यसको लागि कतै उदाहरण खोज्नु पर्दैन । बरु नेपाललाई उदाहरणको रुपमा अन्य राष्ट्रले लिन सक्छन् ।
युवा शक्ति विदेशमा : नेपाल गरिब देश भएकै कारण गाँस, बाँस अनि कपासको जोहोले बाध्य भएर विदेशीन पर्ने बाध्यता भनिएको छ । भन्न अनि सुन्न समेत सजिलो वाक्य छ । गत २०७४ सालको श्रम सर्वेक्षणको तथ्याङ्कले प्रत्येक बर्ष ५ लाख श्रमशक्ति उत्पादन हुन्छ । तर नेपालमा रोजगारीको कारण प्रत्येक दिन बैदेशिक रोजगारीमा जानेको सख्या प्रत्येक दिन १ हजार जना अर्थात हरेक महिना ३० हजार र बर्षको हिसाबले ३ लाख ६० हजार श्रम शक्ति बाहिरिदै गरेको अवस्था छ । उमेरको हिसाबले हेर्ने हो भने १५ बर्षदेखि २४ बर्ष उमेरको समुह २१.४%, २५ देखि ३९ बर्ष उमेर समुह ११.६% प्रतिशत देखिन्छ बेरोजगारीको अवस्था । यसैलाई आधार मानेर हेर्ने हो भने बिदेशिने सख्या भनेको प्रत्येक बर्ष अत्याधिक मात्रामा रहेको पाइन्छ । श्रमशक्ति अन्य मुलुकमा पुगेपछि नेपाल कसरी घनाढ्य हुन सक्छ ? यो हेक्का मुलुकको नेतृत्व तहमा हुनेले सोच्न सकेको देखिदैन ।
राज्यको दायित्व : ज्ब–जब युवासँग जोडिएको शक्तिको कुरा उठ्ने गर्छ । तब–तब पहिलो दायित्वबोध माथि पनि प्रश्न उठ्ने गर्छ । स्वभावैले समाज परिवर्तनदेखि राज्यका विकाश निमार्णमा पहिलो भुमिका सहितको आशा युवाबाटै गरिन्छ । समाज परिवर्तनको मुख्यद्वार युवा जनशक्ति नै हो । तर यसो भनिरहँदा राज्यले युवाको लागि हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ । राज्यलाई युवा जनशक्ति तर्फ चासो नै भएन भने त प्रत्येक बर्ष राज्य पछाडी पर्दै जान्छ । यसको लागि नीति तथा कार्यक्रममा युवालाई रोजगारीताको निमित्त केहि न केहि अवसर र कार्यक्रम ल्याउन पर्छ ।
क्षमता विकाशका तालिम, स्वरोजगार तालिम, बैक तथा बित्तिय क्षेत्रगत विस्तार, आर्थिक तथा स्रोत साधन, प्राविधिक हस्तान्तरण शिप मुलक कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, लक्षित समुदाय युवा तथा साना व्यावसायिको लागि सौलतमा कर्जा उत्पादन, सहुलितय व्याजदरमा कर्जा, व्याज अनुदान लगाएतमा थुप्रै महत्वपुर्ण योजनाहरु बिशेष गरी युवाहरुकै लागि भनेर नीतिगत रुपमा ल्याउन पर्छ । जुन अघिल्लो सरकारको पालामा धेरै सम्बोधन गर्न खोजिएको छ । वर्तमान सरकारले भने ती योजनालाई ओझेलमा पारेको छ । युवाका लागि ल्याएका दीर्घकालिन र फलदायी योजनालाई प्राथमिकतामा नपारिनु राम्रो संकृत होइन । कार्यक्रम आउदै गर्दा उत्साहित बनेका युवाहरु कार्यक्रम कार्यवन्यनमा नजादै फिर्ता लिने सम्मको हर्कतले निराश बनेका छन् । यतातर्फ वर्तमान सरकारले ध्यान पु¥याउन आवश्यक छ । पुँजीको बृद्वि, आन्तरिक रोजगारीको प्रवर्धन, प्रतिस्पर्दात्मक क्षमताको अभिबृद्वि जस्ता कुरामा ध्यान पु¥याउन जरुरी देखिन्छ ।
युवाको चासो : जब देशसँग जोडिएको विकाश अनि निर्माणको कुरा आउँछ । दुवै तर्फको आकर्षण उतिकै हुन जरुरी छ । आज राष्ट्रलाई युवा शक्तिको आवश्यकताको कुरा गरिरहँदा युवाले देश र जनताको लागि कति सर्मपित भइरहेका छन् ? सो पनि उतिकै चासोको बिषय बन्न सक्छ । देश बन्नको लागि आफ्नो घर बन्न पर्दछ । आफ्नो घर बलियो भए गाँउ यतिकै बलियो हुन्छ । त्यही गाँउ मिलेर समाज बन्ने हुँदा समाजकोलागि आजका युवा कतिको सर्मपित छन् ? यो चासोको बिषय हो । परिवर्तित समयसँगै कहिले काही नकारात्मक असर पनि परिरहेको हुन्छ । आफ्नै काम र कर्तव्यको लागि पनि मुख ताकेर बस्ने प्रवृधिको विकाश हुनु पक्कै पनि राम्रो संकेत होइन ।
हिजोआज युवामा पनि काम गर्ने ईच्छाशक्ति डगमगाएको हो कि भने झै लाग्छ । हुन त आलस्य पैदा गर्न प्रविधिको कारण पनि युवाहरुमा त्यो जोस र जागरमा ह्रास आएको हुनु पर्दछ । कृषि क्षेत्रमा नै हेर्ने हो भने हलो जोत्ने, खेत खन्ने, पहाड ढिस्को फोर्ने जंगलतिर गएर दाउरा काट्ने अधिकतम कार्य अब मेसिनले गर्देछ । जस्को कारण अब युवाहरुमा खेती किसानी तर्फ श्रम खासै युवाहरुको प्राथमिकतामा पर्न सकेको छैन । कृषि कर्म मात्रै होइन । कल कारखानामा काम गर्ने युवाहरुमा पनि अब हातले गर्ने, भारी बोक्ने र अन्य झमेलायुक्त काम गर्न आलश्य हुने युवाहरुको बानी राम्रो होइन । आफ्नै काम आफै गर्ने प्रविधि हावी हुनु पक्कै पनि राम्रो संकेत होइन । तर यसो भनिरहँदा युवालाई आफ्नो कर्तव्य र काम प्रतिको चासो नै छैन भन्न खोजेको चाही होइन । समयको माग अथवा प्रविधिको विकाशको आँकलन पहिले नै नगर्ने हो भने त्यसले भोली ठोस कार्यसम्पादनमा प्रभावकारी कदम उठाउन सकिन्न ।
त्यसैले युवाहरुको जनसंख्याको लाभलाई उच्चतम प्रयोग गर्दै समृद्व नेपाल सुखी नेपालीको दार्शनिक सिद्धान्तलाई फलिभूत बनाउन देशका कर्मठ युवाको भविष्यलाई राज्यले र राज्यको भविष्यलाई युवाको सकारात्मक सोच र कार्यले मात्र परिवर्तन गर्न सम्भव छ । राज्यको विकाश अनि बेरोजगारी अन्त्यको लागि पनि युवा शक्तिले समय अनुसारको उद्यम हासिल गर्न समय सापेक्ष शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतका क्षेत्रमा गहन रुपले सोचेर सम्झेर अगाडी बढ्नु पर्छ । अनि गाँस बाँस र कपासको बाध्यता देखाउदै श्रम शत्तिको दुरुपयोग गर्नु पनि हुन्न । युवाहरुले बिदेशिनु पर्ने बाध्यता र राज्यले युवा शक्तिको पहिचान गर्न नसक्नु कमजोरी यहि रहेको पाइन्छ । यसलाई समयमा नै किनारा लगाउन सकिएन भने युवा र देशको आगामी भविष्य सुन्दर हुनेमा प्रश्न झुण्डिरहन्छ ।