हरेक चाडपर्वको आ–आफ्नो महत्व छ । हिन्दुधर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्य महाशिवरात्री पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीका दिन मनाइने यस पर्वमा देशभरका शिवमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो घुँइचो लाग्छ । दिनभर व्रत बसेर रातमा जाग्रामबस्नाले भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानी गरिएका पापबाट मोक्ष मिल्ने जनविश्वास रहिआएको छ ।
भगवान शिवको पूजा अर्चना गर्दै मनाइने महाशिवरात्री पर्व नजिकिए सँगै पर्साका शिवालयहरु बेहुली झैं सजाउन थालिएको छ । यस वर्ष फागुन १७ गते मंगलबार यो पर्व मनाइने भएको छ । देवी पार्वतीसँगै विवाह भएको दिनका रुपमा पनि लिइने महाशिवरात्री पर्वका लागि पर्सामा रहेको अलखिया मठ मन्दिरमा शिवरात्रीको तयारी तीव्र रुपमा भइरहेको छ । शिवरात्रीलाई लक्षित गरि मन्दिरलाई आकर्षक र झकिझकाउन बनाउन सौन्दर्यकरण कार्य तीव्र पारिएको अलक अलखिया मठ संचालक समितिका उपाध्यक्ष संजय जोशीले बताए ।
अघिल्ला दुई वर्ष कोरोना कहरका कारण भव्य रुपमा मनाउन नसकिएको शिवरात्री यसवर्ष भने मनाउने तयारीमा जुटेको उनको तर्क छ । उनी भन्छन ः अन्य वर्ष जस्तो भव्य नमनाएपनि यस वर्ष पूजाअर्चना, प्रसाद वितरण, धुनी बाल्ने लगायतका कार्यक्रम राखेका छौ । महाशिवरात्रीभर दर्शनार्थी, भक्तजनहरुको भिडलाई व्यवस्थापन गर्न प्रहरी प्रशासनद्धारा सुरक्षाकर्मी परिचालन गरिने छ । समितिले भक्तजनहरुको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाको समेत राम्रो व्यवस्था गरेको छ ।
भिडभाडलाई नियन्त्रण गर्न महिला र पुरुषको अलग लाईन राख्ने स्वयमसेवक परिचालन तथा अनुगमन व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।मन्दिरको व्यवस्थापन समितिले भक्तजनका लागि पूजामा सहजीकरण, यातायातको पार्किङ, सरसफाइ र खानपिन लाइ सुरक्षित बनाउन समेत विभिन्न तयारी गरेको उपाध्यक्ष संजय जोशीले बताए । यसवर्ष महाशिवरात्री सम्पन्न गर्न संचालक समितिले ३ लाख बजेट छुट्याएको छ ।मन्दिरको सौन्दर्यकरणका लागि आवश्यक रकम मन्दिरकै स्रोत (अतिथि सदन, सटर भाडा) बाट पुग्ने समितिका उपाध्यक्ष जोशीले बताए । विं.सं १९७२ सालमा यानिकी १०६ साल पहिले स्थापना भएको उक्त मन्दिरका पहिलो पूजारी भैरव गिरी थिए भने हाल अशोक गिरी छन् ।
पहिला पनि शिवरात्रि पर्व मनाएका हौ र यस वर्ष पनि धुमधामका साथ मनाउने तयारीमै छौ । महाशिवरात्री नजिकिए संगै मन्दिरको रंगरोगन, झालर लगाउने, श्रद्धालुको लागि बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको पूजारी अशोक गिरीले जानकारी दिए ।
शिवरात्रीको महत्व
मन्दिरका पूजारी अशोक गिरीका अनुशार शिवको अतिप्रिय रातलाई शिवरात्री भनिन्छ । फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौ सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए । यो रात भगवान मानवजातिको एकदम निकट आएका थिए, मध्यरात्रिको समय इश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ ।
यस कारण मानिसहरु शिवत्रीका दिन रातभर जग्राम बसिन्छ ।”धार्मिक मान्यता अनुशार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । र प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले युस दिनलाई महाशिवरात्री वा कालरात्रि भनिन्छ । भगवान शिव र पार्वतीको विवाह भएको दिनलाईको रुपमा पनि शिवरात्री मनाउने गरिन्छ । यस दिन विविाहित महिलाले आफ्नो श्रीमान्को लागि र अविाहित महिलाले आफूले भगवान शिव जस्तो पति पाउँ भनि विभिन्न मन्दिरहरुमा गएर पूजा गर्ने गर्दछन ।