समयको परिवर्तन र जनसंखयाको चाप बढेसंगै अस्पतालहरुको संख्या पनि बढिरहेको छ । अन्य क्षेत्रमा जस्तै पर्सा पिल्लाका शहरी र गा्रमीन क्षेत्रमा पनि विस्तारै स्वास्थ्य सेवाको सहज उपलब्धता हुन थालेको छ । विभिन्न क्लिनिक, पोलिक्लिनीक, प्याथोलोजि नयाँ नया अस्पतालहरुले अहिले वीरगंज शहर भरिभराउ छ । अस्पतालकै भिडमा थपिन पेगेको अस्पताल हो नारायणी वयोधा अस्पताल वीरगंज्को गण्डक नजिक रहेको यो अस्पताल विगत २ वर्षदेखि संचालनमा छ । राम्रो स्वास्थ्य उपचारका लागि कि राजधानि नत्र भारत दगुर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै आगामि दिनमा राम्रो स्वास्थ्यसेवाका लागि बाहिर जान नपरोस भन्ने धेयले उक्त अस्पताल संचालनमा ल्याएको बताउँछन नारायणी वयोधा अस्पतालका फ्यासिलिटि डाइरेक्टर डाक्टर रजनिस भारति । नारायणी वयोधा अस्पतालमा उपल्बध सेवा सुविधाको विषयमा केन्द्रीत रहेर अस्पतालका फ्यासिलिटि डाइरेक्टर डा. भारतिसंग गरिएको कुराकानी :-
१) नारायणी वयोधा अस्पताल वीरगंजमा नै किन ?
वीरगंज मात्रै होईन प्रदेश नं.२ मै राम्रो स्वास्थ्य सेवा लिनका लागि काठमाण्डौ वा भारत नै जानुपर्ने अवस्था छ । अझ स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा एउटै अस्पतालमा त पाइदै पाइदैन । यी कुरालाई मध्य नजर गर्दै नारायणी वयोधा अस्पताल संचालनमा ल्याइएको हो ।
२) यहाँ उपलब्ध सेवासुविधाहरु के के हुन त ?
सय शैया सहितको यस अस्पतालमा स्तरीय अत्याधुनिक उपचार उपकरणहरू उपलब्ध छन् । यी उपकरणहरूको प्रयोगबाट थुप्रै मेडिकल सर्जिकल र डायग्नोस्टिक सेवाहरु सहज रुपमा उपलब्ध रहेका छन् । नवीनतम् प्रविधिका उपकरणहरु, दक्ष तथा अनुभवी डाक्टरहरू, नर्सिङ स्टाफ एवं कर्मचारीहरूको समागम भएकाले नारायणी वयोधा अस्पताल प्रदेश दुईकै सबैभन्दा उपयुक्त उपचार सेवा प्रदायकको रुपमा स्थापित भएको छ ।
नारायणी वयोधा अस्पतालमा नविनतम प्रविधिहरू उपयोग गरेर विरामीको उपचार गरिन्छ । हामी सँग भएका डाक्टरहरू उच्च योग्यता र प्रशिक्षित हुनुहुन्छ । सघन उपचार कक्षहरूमा विशेष किसिमका सघन उपचार बेडहरु उपलब्ध रहेका छन् । आधुनिक र सुविधासम्पन्न प्रविधिको उपलब्धताले सघन उपचार कक्षमा रहेर उपचार गराउनुपर्ने बिरामीहरूको स्तरीय उपचार सम्भव भएको छ ।
हरेक बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण निगरानी र सेवा अस्पतालले नै प्रदान गर्ने छ । कुरुवाको रुपमा बिरामीका आफन्तजन बस्ने ठाउँको व्यवस्था छ । बिरामीका लागि आवश्यक औषधिहरू अस्पतालको आफ्नै फार्मेसीबाट उपलब्ध गराइन्छ जहाँ आवश्यक तापक्रम र आर्द्रता समेत मिलाएर औषधि सञ्चय गरेर राखिएको हुन्छ । बिरामीको उपचार तथा पुनःस्थापनाका क्रममा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष सहभागिता रहन्छ । अस्पतालमा बिरामीहरूको सुविधाका लागि प्रशस्त खुला ठाउँको व्यवस्था रहेको छ ।
यहाँ .१४ शैयाको सघन उपचार कक्षको व्यवस्था रहेको छ जहाँ आइसियु, एचडियु, एनआइसियु र पिआइसियु लगायतको सुविधा छ । हरेक सघन उपचार बेडरहरुमा आधुनिक मोनिटर, भेन्टिलेटर, मेडिकल ग्यासलगायतका सुविधाहरु रहेका छन् । जेनेरल वार्डहरुदेखि क्याबिनहरुसम्म समान किसिमको मेडिकल केयरको व्यवस्था गरिएको छ । हेलिकोप्टर र एम्बुलेन्समार्फत तत्काल रेस्क्युको साथमा २४ सै घण्टा कन्सल्ट्यान्ट सहितको इमरजेन्सी सेवासमेत उपलब्ध रहेको छ । सातै दिन तथा चौबिसै घण्टा डायलाइसिस सेवा उपलब्ध छ ।
३) अन्य अस्पताल र नारायणी वयोधा बीच के फरक छ र ?
सेवा सुविधाको मामलामा नारायणी वयोधाकोसंग यहाँका अस्पताल तुलना गनै मिल्दैन । किनकी हामीले यहाँको मूल्यमा काठमाण्डौका असपतालले दिने सेवा सुविधा दिइरहेका छौ । अन्य अस्पतालको वेड हाम्रो वेड, यहाँको वातावरण, वेलट्रेन डाक्टरहरु, लेबल थ्रि को आसीयु, क्रिटिकल केयर, जेनरल सर्जन फिजीसियन, न्यूरोलोजीष्ट (न्यूरो सर्जन), गाइनोक्लोजिस्ट, अर्थोपेडिक लगायतका स्वास्थ्य सेवा र त्यसका लागि आवश्यक उपकरणहरु र २४ घण्टा नै मल्टिपल केयरको व्यवस्था छ हामी कहाँ । यो प्रदेशमा न्यूरोको डाक्टर अभाव थियो ।
न्यूरोको पूरा सेटअप हामीसंग छ । जुन यहाँका अस्पतालमा छैनन् । हामीले हाम्रो तुलना काठमाण्डौका अस्पतालहरुसंग गर्न सक्छौ किनकी हाम्रो अस्पतालको व्यवस्थापन, यहाँको सेवा सुविधा सबै काठमाण्डौका अस्पताल सरह छन् । वातावरणले पनि विरामीको स्वास्थ्यमा ठूलो असर पर्छ । हामीले त्यसमा पनि ध्यान दिएका छौ ।
४) सेवा सुविधा अनुशार शुल्क पनि त महंगो होला नी ?
यो सुनेको करा मात्रै हो । ठूलो व्लिडिङ्ग हेरेर महंगो छ भनेर हुँदैन नि । त्यसको वास्तविकता बुझ्न अस्पताल आँउनु पर्ने हुन्छ । हामीले यहाँको अन्य अस्पतालको शुल्कमा काठमाण्डौका अस्पतालले दिने सेवा सुविध दिएका छौ । हामीले वीरगंजका अन्य अस्पतालमा भए सरहका शुल्क राखेका छौ । एउटा वाडको वेडचार्ज परवेड को १२ सय हो । जसमा बिरामीको साथमा कुरुवाको लागि पनि बस्ने व्यवस्था छ । फूल एसी रुम हो । सरसफाईमा पनि हामीले उत्तिकै ध्यान दिएका छौ ।
त्यो बाहेक अर्को एसी टिभि रुमको २२ सय चार्ज हो भने यदी कसैले सिङ्गल रुम लिन चाह्यो भने त्यसको रेट ४५ सय छ । यसरी हेर्दा जेनरल वाड लिदा र सिङ्गगल रुम लिदा त फरक हुन्छ नै । हामीले सर्भिस अनुशारको शुल्क लगाएका छौ । यहाँको सर्जिकल चार्ज पनि अन्य अस्पताल सरह नै छ । हाम्रो क्वालिटि कल्ट्रोल कसरी राख्नुपर्छ भन्नेमा हामी सचेत छौ । यहाँ शल्यक्रिया गराएका बिरामीहरुलाई डिसचार्ज पछि पनि उनीहरुको अवस्था कस्तो छ ? कुनै इनफेक्सन छ वा छैन्न भन्ने बारे जानकारी लिइरहेका हुन्छौ । यो काम हरेक महिना पर्सनलि म आफै हेर्छु ।
५) यस अस्पतालको लक्ष्य र उद्देश्य के हो ?
यो अत्याधुनिक सुविधासम्पन्न अस्पताल हो । यस अस्पतालको लक्ष्य नै बिरामी प्रति उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस अस्पताल स्थापनाको मुख्य उद्देश्य समुदायमा सुलभ र गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्नु रहेको छ । हरेक किसिमका स्वास्थ्य उपचारका लागी वीरगंज बाहीर जानुपर्ने बाध्यतालाई हटाउन यो अस्पताल स्थापना गरिएको हो ।