वीरगंज महानगरपालिका अन्तरगर्त रहेको माईराम पोखरीबाट परिवर्तित ग्रिन पार्क पोखरीको शनिवार उदघाटन समपन्न भएको छ ।
झण्डै अतिक्रमित भईसकेको पोखरीलाई निकै संघर्षपछि उक्त स्थानमा ग्रिन पार्क पोखरी (चिल्ड्रेण पार्क) निर्माण गरिएको छ । नवनिर्मित पार्कको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले रिविन काटि उदघाटन गरेका हुन् ।
एसियालि विकास बैंकको सहयोगमा वीरगंजमा सञ्चालित मझौला सहरि एकृकित वातावरणीय सुधार आयोजना अन्तरर्गत २०१४ बाट निर्माण सुरु भएको यस पार्कको निर्माण समपन्न भएर शनिवार महानगरलाई हस्तनान्तरण गरेको हो । कुल साढे ४ करोडको लागतमा चिल्ड्रेन पार्क निर्माण गरिएको परियोजना अधिकृत शैलेन्द्र श्रेष्ठले बताए ।
पौने ४ विग्हा क्षेत्रफलमा रहेको माईराम पोखरीलाई एनएमसि अस्पताल, विके प्रशाद, महेश मितल, शाक्य भवण लगायतकाले अतिक्रामण गरेपछि जम्मा १४ कठ्ठामा सिमित भएको थियो । तर नापी कार्यालयको नाप नक्शा अनुसार १९ कठ्ठामा कायम रहेको जग्गालाई खाली गराई चिल्ड्रेण पार्क निर्माण बनेको हो ।
निर्माण समपन्न भएको पोखरीमा वाटर फाउन्टेन, किड्स जोन, ओपन थिएटर, नृत्यगान स्थल, पिकनिङ्ग स्पोट, टेबल टेनिस स्थल, कोर्डिआर्ट, बच्चाहरुका लागी खेल्ने अलग्गै खेल मैदान, साझा घुमघाम गर्ने सिटि म्यानेजमेट, महिला पुरुषको लागी अलग्गै शौचालय लगायत सुविधा सहितको विहान मोर्निङ्ग वाक गर्न सक्ने हिसाबले समेत पार्क निर्माण गरिएको छ ।
हस्तनान्तरण लग्तै महानगरपालिका आफैले सञ्चालन गर्ने महानगरपालिकाका मेयर विजय सरावगीले बताए । उनले भने, पार्कमा ४ वर्ष अगाडी नै बनाउने डिजाईनहरु भएकाले तत्कालका लागी हामीले बढि भन्दा बढि उपयोगि बनाउने हिसाबले काम अगाडी बढाएका हौँ । पार्कमा झुला, प्राकृतिक जुस कर्णर, विहान विहान योगा क्लास लगायतको सुविधा समेत थपेर अगाडी बढाउने उनले बताएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत डा.भिष्म कुमार भुषाल, उपमेयर शान्ति कार्की लगायतको उपस्थिति रहेको थियो ।